कर्णालीकै नमुना सोलार वाटर लिफ्टिङ्ग प्रविधिबाट सफल स्याउ खेति


नन्दराम जैशी
जुम्ला । पानीको स्रोतहरू उपलब्ध हँुदाहदै पनि कर्णालीमा यस्ता थुप्रै समुदायहरू छन, जहाँ सिचाईको अभावले आफुले चाहेको कृषि ब्यवशाय गर्न सकिरहेका छैनन् । पानी त छ तर भौगोलिक कठिनाइले गर्दा त्यो पानी कृषकको खेतबारी सम्म पु¥याउन चुनौती छ । स्याऊ खेतिको प्रचुर सम्भावना छ, कृषकले स्याउका बोट त रोपेका छन, तर सिचाईको अभावले गुणस्तरिय र आशा गरे अनुसारको फल लिन सकेका छैनन्, तिनै स्थानहरू मध्ये एक हो, जुम्लाको तातोपानी गाँऊपालिकामा पर्ने धौलापानी गाँऊ ।

यस गाँउको बाँझाराउल भन्ने ठाँउमा कृषकहरुको प्रसस्त खेतियोग्य जमिन छ, तर पानिको उपलब्धता नहुदाँ उक्त ठाँउलाई जुम्लाको मरुभुमिका रुपमा चिनिन्थ्यो । यकातिर कृषकको भोको पेट, अर्कोतिर प्रसस्त खेतियोग्य जमिन बाँझै । आकाशे पानिको भरमा बाँझाराउलमा खेति गर्दै आएका कृषकहरुले केहि बर्ष समयमै पानि नपर्दा खेति गर्न पनि छोडेका थिए । तर अहिले त्यहि बाँझो जमिन स्याउ खेतिले हराभरा भएपछि कृषकहरु मात्र खुसि नभई सबै सरोकारवाला पनि दंग छन् ।

सुख्खा क्षेत्रमा सिचाई सुविधा पु¥याई व्यवसायीक रुपमा उत्पादनलाई प्रबद्धन गर्ने उद्देश्यका साथ धौलापानीमा सोलार जडित पानी तान्ने पम्प (सोलार वाटर लिफ्टिङ्ग पम्प) योजना प्रविधिले स्याउ खेति सफल बनाएको हो । शुरमा उक्त प्रविधिबाट ३५ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने गरी ३६ रोपनी सुख्खा जमिनमा ४ सय ८० वटा स्याऊका विरुवा रोपिएकोमा यो बर्ष जग्गा रोपनी बढ्नुकासाथै ७० घरधुरी लाभान्वित हुदै, करीब २५ सय स्याउका विरुवा रोपिएका छन् ।

दैनिक २० हजार लिटरसम्म पानी तान्ने क्षमता भएको यस योजनाबाट धौलापानी क्षेत्रमा कृषकहरुले व्यवसायिक स्याउ खेति शुरु गरेका हुन् । तिला नदीको पानी दुई चरणमा फिल्टर गरि पम्पको सहायताले पाईपबाट १ सय ७० मिटर माथि तानिएको पानी व्यबस्थित तरिकाले संकलन गरि कृषकहरुले सुख्खा मौषममा पालैपालो आफ्नो बगैचामा सिचाई गर्ने गरेका छन् । सोहि ठाँउमा स्याउ बगैचालाई पायकपर्ने हिसाबले कूल ५० हजार लिटर क्षमता भएका ३ वटा पोखरीहरू निर्माण गरिएको छ, भने पिउने प्रयोजनका लागि १ हजार लिटरको ट्याङ्की पनि जडान गरिएको छ । साथै बाँझो रहेको बाँकीे जमिनमा पनि कृषकहरूले विस्तारै स्याऊको बिरुवा सार्ने योजना बनाएका छन ।

युरोपियन युनियन, जर्सि ओभरसिस एड र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको १५ लाख ५१ हजार ९ सय ९५ रुपैया आर्थिक सहयोगमा निर्मित विकास परियोजना अन्र्तगत (सोलार वाटर लिफ्टिङ्ग पम्प) परीक्षणका रुपमा शुरु गरीएको यो प्रविधि कर्णालीकै नमुना योजना हो । यस प्रविधिको प्रद्र्धशनबाट कर्णालीका अन्य जिल्ला र स्थानमा पनि यस्तै खालका नविनतम प्रविधि सहितका योजनाहरूको माग बृद्धि भैरहेको छ, भने यस प्रविधि विस्तारसँगै सफल बनाउन बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाले अग्रसरता देखाईरहेका छन् ।

यस प्रविधिको निमार्णबाट धौलापानी गाँऊमा कृषि वस्तु उत्पादनमा बद्धि भई कृषकहरूको आम्दानी बढ्ने देखिन्छ । ‘यस प्रविधिले हाम्रो बाँझो जग्गा सदुपयोग भयो, यसै ठाँउमा सोचेजति स्याउ लगाउन पाईने भो, कमाउनका लागी अब कालापहाड जान छुट्छ, हाम्रा दुखका दिन गए’ स्थानिय कृषक मिन बहादुर बुढ्थापाले भने, नदिबाट एकघण्टाको समय लगाएर एक गाग्रि पानि बोकेर एउटा विरुवा हुर्काउन संभव थिएन । यस प्रविधिले कृषकको समय र दुख ब्यवस्थापन भएको कृषक छक्क भण्डारीले बताए । उनिजस्तै यहाँका हजारौ कृषकले बाँझो जमिनमा शुरु भएको स्याउखेतिसँग खुसि साटेका छन् ।

बगैंचा व्यवस्थापनमा ब्यस्त छन् कृषक


हिजोआज धौलापानिका कृषकहरु अन्य सबै घरायासी काम छोेडेर स्याउ बगैचा व्यवस्थापन कार्यमा तिब्र लागीपरेका छन् । स्याउ बगैचा व्यवस्थापनका लागी उपयुक्त समयनै यतिखेर भएकाले यहाँका कृषकहरु दैनिक बगैचा स्याहारमा लागेका हुन् । दुई÷चार दिनमा गरेको बगैचा व्यवस्थापन कार्यले कृषकहरुको बार्षिक आय निर्धारण गर्ने गर्दछ । स्याउबाटै जिविकोपार्जन गर्ने कृषकहरुका लागी यो एउटा अवसर पनि हो । यतिखेर जतिसक्दो चाँडो र राम्रोसँग बगैचा ब्यवस्थापन गर्न सक्यो त्यति धेरै गुणस्तरीय स्याउ उत्पादन हुने कृषकहरु बताउछन् ।

‘स्याउलाई यो समय नै मल खात दिने र काट्छाट् गर्ने समय हो, यो समयमा विरुवा सुस्त हन्छ, यतिखेर बगैचा ब्यवस्थापन नगरेपछि गर्न पनि मिल्दैन, त्यसैले सबै घरपरीवार दिनभरी बगैचा ब्यवस्थापनमा ब्यस्त हुन्छु’ युवा तथा स्याउ कृषक मनऋषी न्यौपानेले भने, ‘मेरो भविष्य स्याउ खेतिमै निर्धारण गरेको छु, छोराछोरीको भविष्य यसैले बनाउँछ, त्यसैले छोराछोरी सरह स्याउ विरुवा काँटछाँट र हेरचाहमा ब्यस्त छुँ’ ।

अर्का कृषक हरीकृष्ण न्यौपानेले भने, ‘यो समय एक विरुवालाई काट्छाट् गर्दा अर्को विरुवालई असर नपर्ने भएकोले विरुवा काट्छाट् गर्न उपयुक्त समय छ, यतिबेला विरुवा राम्रोसँग काँटछाँट भएमा पछि स्याउको दाना रङ्गले भरिपूर्ण हुनुका साथै उत्पादनमा वृद्धि र गुणस्तरीय कायम हुन्छ’ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटाका अनुसार किसानहरुले स्याउ संकलन गरी सके पछि भदौँ देखि फागुन महिनासम्म विरुवा सुस्त हुन्छ, यो भनेको विरुवालाई काट्छाट् गर्ने समय र विरुवाले गर्भधाररण गर्ने समय पनि हो । ‘गुुणस्तीय स्याउ उत्पादनका लागि स्याउ वगैँचा व्यवस्थापन गर्न आवश्यक हुन्छ, पुस महिना देखि फागुन महिनासम्म वगैँचा व्यवस्थापन गरि सक्नु पर्दछ, पहिले भन्दा २÷३ वर्षयता कृषकहरु वगैँचा व्यवस्थापन गर्नमा जागुरुक छन्’ उनले भने, ।

तपाईको प्रतिक्रिया