कर्णाली प्राविधिक शिक्षालयको पठनपाठन भर्चुअल माध्यबाट हुने


सागर परियार ।

कर्णाली प्राविधिक शिक्षालय जुम्लाको पठनपाठन भर्चुअल माध्यमबाट नियमित हुने भएको छ । कोरोना संक्रमणको त्रास बढेसंगै जुम्लामा बैशाख १५ गतेदेखि सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएपछि शिक्षालयले प्रविधिको प्रयोग गर्दै भर्चुअल, तथा म्यासेन्जर गुरुपको माध्यमबाट पठनपाठनलाई नियमित गर्ने भएको हो ।

गत वर्ष जस्तो विद्यालय कलेज बन्द हुँदा मज्जाले बस्ने,पठनपाठनतिर ध्यानै नदिने संस्कारको अन्त्य गर्दै यसपाली शिक्षालयले विद्यार्थी घरमा बस्दा पनि दैनिक ५ विषयको पठाई नियमित गर्ने योजना बनाएको शिक्षालय प्रमुख टेकेन्द्र थापाले बताउनुभयो ।

उहाँले कोरोना संक्रमणको त्रासले शैक्षिक संस्था बन्द गर्ने प्रशासनको निर्णय संगै शिक्षालयको भौतिक उपस्थितीमा पढाई बन्द हुने बताउनुभयो । तर नियमित पठनपाठनलाई भर्चुअल माध्यमबाट गर्न विद्यार्थीका अभिभावकहरु संग समन्वय गरिने उल्लेख गर्नुभयो ।

साथै शिक्षालय अन्य शिक्षक, सहायक शिक्षालयय प्रमुखय लगाय सबैलाई विद्यार्थीको र अभिभावकको नम्बर राखेर पठपाठन नियमित गर्न आबश्यक सल्लाह गर्न समेत निर्देशन दिनुभएको छ ।

कर्णालीका १० जिल्लाका सहित देशका विभिन्न जिल्लाका करिब ७ सय ३५ जना विद्यार्थी कर्णाली प्राविधिक शिक्षालयमा अध्ययनरत छन् । कोरोना संक्रमण नियन्त्रण नभए सम्मका लागि बैशाख १५ गतेबाट सबै विद्यार्थीलाई घर पठाइएको समेत शिक्षालय प्रमुख थापाले जानकारी दिनुभयो ।

टाढाका विद्यार्थी भएकोले घर पुग्न कम्तीमा ५ दिन लाग्ने र घर पुगे लगत्तै अभिभावक र विद्यार्थी संग समन्वय गरी दिनको ५ वटा विषय नियमित रुपमा भर्चुअल माध्यमबाट पढाई गरिने उहाँको भनाई छ ।

सबै विद्यार्थी संगै एनरोड मोबाईल छैन भन्ने बाहाना बाजी मानिने छैन् । शिक्षालय प्रमुख थापाले भन्नुभयो,“फेशबुक चलाउन,टिकटक चलाउन,महंगा लुगा कपडा लगाउन पैसा हुने अभिभावकले किनिदिने तर पढाईका लागि ८÷१० हजारको मोबाईल नकिन्ने कुरै हुदैन् । कडाईका साथ विद्यार्थीको पढाई अघि बढाइने छ ।”

साथै शिक्षालयका केहि विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने समस्या भएकोले घर फर्किदा कम्तीमा एक हप्ता छुटै कोठामा होमआइसोलेसनमा बस्न समेत आग्रह गरिएको छ । शिक्षालयका सबै प्रशिक्षकहरुले नियमित भर्चुअल माध्यमबाट पढाई गर्ने र सोहि पढाईका आधारमा पछि परिक्षा हुने भएकोले सबै विद्यार्थी भर्चुअल अध्यायनमा जोडिन सुझाब दिइएको छ ।

साढे ७ सयको संख्यामा रहेका विद्यार्थीहरु कोभिडका कारणले गर्दा घर फर्किन बाध्य भएका छन् ।
नयाँ शिक्षालय प्रमुखका रुपमा टेकेन्द्र थापा आएको करिब साढे २ महिनामै पठनपाठन, पूर्वाधार व्यवस्थापन,शिक्षकको नियमितता बढेको थियो । भने, शिक्षालयमा अनुकरणिय कार्यहरुपनि थुप्रै भएका थिए । भने विगतको भन्दा नियमित पठनपाठनले गती लिएको थियो । तर कोरोना संक्रमणको त्रास बढ्न थालेपछि सरकारको निर्णयलाई पालना गर्दै, जिउ

धनको सुरक्षाका लागि बाध्य भएर पढाई बन्द गर्नु परेको थापाको भनाई छ ।
अहिले कर्णाली प्राविधिक शिक्षालयमा कृषि बाली विज्ञान,फार्मेसी, वन विज्ञान,सिभिल ईन्जिनियररिङ, प्रि डिप्लोमा तह कृषि जेटिए र सब ओभरसियर कार्यक्रमहरु संचालित अबस्थामा रहेका छन् ।

बजेट अभावका कारण अझै पूर्वाधार विकास, मर्मत सम्भार, खानेपानी निर्माण लगायतका कामहरु अघि बढ्न सकेका छैनन् । दक्ष जनशक्ति उत्पादनमा हातेमालो गर्न तीनै तहका सरकारलाई शिक्षालयको विकासका लागि आर्थिक सहयोग गर्न समेत अपिल गरिएको छ ।

तपाईको प्रतिक्रिया