
सागर परियार ।
जुम्लामा आज थप ५ जना दोस्रो लहरको कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पिसिआर जाँच गरिएका १६ जना मध्य ५ जनामा कोरोना पृष्टी भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निमित्त अस्पताल निर्देशक राजिब शाहले बताउनुभयो ।
उहाँका अनुसार संक्रमित हुनेमा चन्दननाथ नगरपालिका ६ का २ जना,चन्दननाथ ३ का १ जना र गुठिचौर गाउँपालिका ३ र ५ नम्बर वडाका १÷१ जना गरी ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । शुक्रबार थपिएका ५ जना सहित जुम्लामा दोस्रो लहरको जम्मा संक्रमितको संख्या १८ पुगेको छ ।
जुम्लाका आठ स्थानीय तह मध्य दोस्रो चरणको संक्रमणको भयावह रुपमा चन्दननाथ नगरपालिका र गुठिचौर गाउँपालिबाट शुरु भएको छ । स्थानीय प्रशासन तथा स्थानीयतहले लापरबाहि गरेकै कारण गाउँगाउँमा कोरोना फैलिसकेको नागरिक अगुवा राज बहादुर महतले बताउनुभयो ।
दैनिक संक्रमण बढ्दै गएको अबस्था सिधै नेपालगन्जबाट हवाई यात्रा गरी आउने नागरिकको चेकजाँच गर्ने व्यवस्था नमिलाउनु खतराको संकेत भएको समेत महतको भनाई छ ।
विगतको जस्तो जुम्लामा यस वर्ष कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासन, स्थानीय सरकार, स्वास्थ्य संग सम्बन्धी निकायको त्यति धेरै चासो समेत नराखेको पाईन्छ । जसका कारण संक्रमणले भयावह रुप लिने निश्चित भएको छ ।