
जुम्ला । तिला गाउँपालिका ९ का दुर्गम गाउँहरुलाई सडकको पहुँचमा ल्याउन सडक निर्माण कार्य थालिएको छ । तिला ९ स्थित जिल्लाकै विकट रासा,मालापानी,ढिपु,सुडि र खोप्डी लगायतका गाउँहरु सडकको पहुँच पुराउन पूर्वाधार विकास कार्यालय जुम्लाले कोरोना कहरकै बीच पनि सडक निर्माण कार्यलाई नियमित अघि बढाएको हो ।
अहिले सम्म सडकको पुहँचमा नपुगेका दुर्गम बस्तीलाई सडकसंजालमा जोड्न कोरोना कहरका बीच पनि सावधानी अपनाउदै सडक निर्माणलाई अघि बढाईएको पूर्वाधार विकास कार्यालयका प्रमुख रुप बहादुर रावलले बताए । उनले भने,“कोरोनाको त्रास बढ्दै गएपनि विकास निर्माणलाई प्रभाव पारेको छैन् । जुम्लाकोट रासा मालापानी ढिपु,सुडि हुदै खोप्डी जोेड्ने उक्त सडक निर्माण तीन महिनाभित्र सकिनेगरी काम थालेका छौ ।”
विभिन्न कारणले उक्त सडकको ठेक्का भएपनि विभित कारणगत वर्ष रद्द भएको थियो । तर पूर्वाधार विकास कार्यालयले दुर्गमबस्तीलाई सडक पहुँचमा ल्याउन विशेष चासो रेखपछि रि टेण्डर गरेर यस वर्ष निर्माण थालिएको कार्यालय प्रमुख रावलले उल्लेख गरे । जिल्लाकै सबैभन्दा दुर्गम बस्तीहरु रासा मालापानी,ढिपु,खोप्डी र सुडिमा सडक पुराउन तिला गाउँपालिका ८ को मानेचौरबाट सडक निर्माणको शुरुवात भएको छ । जसको निर्माणको जिम्मा ईलाईट वाइएसएस निर्माण कम्पन्नीले पाएको छ ।
करिब ७ किलोमिटर लम्वाई ८ देखि १० मिटर सम्म चौडाई लगभग दुईलेनको सडक निर्माणका लागि करिब पौने ४ करोडको स्टमेट भएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख रावलले भने, “तर बजेट २ करोड ५० लाख आएको छ । भने निर्माण कम्पन्नी संग ठेक्का सम्झौता भ्याट सहित १ करोड ५७ लाखमा भएको छ ।”
आगामी आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्त सम्म निर्माण कार्य गरिसक्ने सम्झौता भएको छ । तर तिला दुर्गम मालापानी बस्तीलाई आउदो असार सम्मै सडकको पहुँच पुराउने गरी काम भईरहेको प्रमुख रावलको भनाई छ । जुम्लाकोट, रासामालापानी सडक निर्माणका लागि बजेट अभाव नरहेकोले असार महिना करिब ६० देखि ७० प्रतिशत काम सक्ने लक्ष्यका साथ दुईवटा मेसिन प्रयोग गरेर सडक निर्माण भईरहेको पूर्वाधार कार्यालयका प्रमुख रुप बहादुर रावलले जानकारी दिए ।
सडक पहुँच विस्तारमा पूर्वाधार कार्यालय
रासा मालापानी,सुडि ढिपु जस्ता जुम्लाका दर्जनौ दुर्गम बस्तीहरुलाई सडक संजालको पहुँचमा ल्याउन पूर्वाधार विकास कार्यालयले उल्लेखीय रुपमा काम गरिरहेको छ । जुम्लाका आठै स्थानीयतहका दुर्गम बस्तीमा सडक पुराउन मन्त्रालय धाउदै बजेट जुटाई सडक निर्माण भईरहेका छन् ।
एयरपोर्ट,उर्थु,पटमारा हुदै खाली मुगु जोड्ने सडकमा पनि पूर्वाधार कार्यालय करोडौ लगानी गरेर पातारासी दुर्गम बस्तीलाई सडकको पहुँचमा ल्याएको छ । भने, मुगुको राराताल हुदै खाली भएर जूम्ला आउने पर्यटकका लागि पनि राहत भएको छ ।
त्यस्तै सिंजा गाउँपालिका सनिगाउँ भाडगाउँलाई पनि सडकको पहुँँचमा ल्याउने गरी काम भईरहेको छ । जुम्ला हुदै डोल्पा जिल्ला जोड्ने सडक निर्माणमा पनि पूर्वाधार विकास कार्यालयले अग्रसरताका साथ काम गरिरहेको छ ।
जुम्लाका आठै स्थानीयतहका बस्तीबस्तीमा सडक पुराउने लक्ष्यका साथ काम गरिरहेको पूर्वाधार विकास कार्यायका अधिकांश योजनामा बजेट अभाव रहेको कार्यालय प्रमुख रुप बहादुर रावल बताउँछन् । थोरै सडक निर्माणका लागि पनि माटो बजेट चाहिने तर विनियोजन आबश्यकता अनुसार नहुँदा निर्माणमा समस्या हुने गरेको छ ।
तरपनि जुम्लाका दुर्गम बस्तीलाई आउदो २÷३ वर्षभित्र ग्रामिण सडकको पहुँचमा पुराउने लक्ष्यका साथ सडक निर्माण कार्यलाई दुर्तगतीमा बढाई रहेको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ ।
गाउँगाउँमा सडक पुराएर नागरिकले राहत महसुश गरेपनि जुम्लाका सयौ बस्तीलाई कर्णाली राजमार्ग संग जोड्ने पूल निर्माण कार्यलाई समेत प्रथामिकता दिनुपर्ने नागरिक अगुवाको जोड छ । अबको एक वर्षभित्र जुम्लाका सबै बस्तीमा सडक पुग्ने विश्वास छ । तर अब प्रथामिमकताका साथ पुल निर्माण अघि बढाउनु पर्ने नागरिक अगुवा राज बहादुर महतको भनाई छ ।
पूर्वाधार विकास कार्यालय गाउँगगाउँमा सडक पुराउन महत्वपुर्ण योगदान दिएकोमा प्रसंशा गर्दै नागरिक अगुवा महतले निर्माण भएका संरचनाको गुणस्तर नापजाँचमा कुनै कन्जुसाई नगर्न समेत सुझाब दिए । दिर्घकालिन पूर्वाधार विकासमा जुटन समेत उनको आग्रह छ ।