सिडिओलाई बनमन्त्री आलेको फोन,मन्त्रीलाई सिडिओको पाँच माग

काठमाण्डौं । नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा संग टेलिफोन गरेर जुम्लाको कोरोना संक्रमणको अवस्थाको बारेमा जानकारी लिएका छन । बनमन्त्री आलेले जुम्लाको स्वास्थ्य अवस्था र कोरोना रोकथाम तथा नियन्त्रणका बारेमा जानकारी लिएका हुन ।

प्रमुख जिल्ला अधिकारी थापाले वनमन्त्री संगको कुराकानीमा कोरोना संक्रमितको संख्या, रोकथाम र नियन्त्रणका लागि उपलब्ध पुर्वाधारका बारेमा जानकारी दिए । उनले कोरोना संक्रमण फैलन नदिन गरिएका प्रयासका बारेमा जानकारी दिदै यहाँ आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग राखे ।

तत्कालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ६०÷६० अक्सिन सिलिन्डर भर्ने क्षमताका २ वटा बुअस्टरको व्यवस्थापन गर्न पहिलो माग राखेका हुन । अक्सिजन प्लान्टमा विद्युत आपुर्ति समाधान गर्न ३५० केभी को जेनेटरको व्यवस्था गरिदिन समेत माग गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

दिर्घकालमा एउटा अक्सिजन प्लान्ट एवं ३ हजार जति आर टि पिसीआर र एन्टिजिन किट लगायत स्वास्थ्य साम्रगीहरु उपलब्ध गराईदिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । उनले वन मन्त्रीज्यूको पहलवाट यथाशीघ्र माग बमोजिम साम्रगीहरु उपलब्ध हुने आशा समेत ब्यक्त गरेका थिए ।

वनमन्त्री आलेलाई सरकारले कर्णाली क्षेत्रको कोरोना संक्रमणको अवस्था बुझ्ने जिम्मेवारी दिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी थापाको स्वास्थ्य अवस्था निकै प्रतिकुल छ । उनी होमआइसोलेशनमा बसेरका छन । आफ्नो स्वास्थ्य अवस्था प्रतिकुलताका बीच समन्वयकारी भुमिका निर्वाह गरिरहेका छन । केही दिन पछि काममा फर्किने उनले बताए ।

प्रतिक्रिया दिनुहोस