
सागर परियार ।
जुम्लामा दोस्रो लहरको कोरोना संक्रमण संगै कृषि क्रान्ती शुरु भएको छ । कोभिडमा प्रतिदिन डेढ सयले रोजगारी पाउने, आर्थिक आम्दानी बढाउने र लाखौ वर्गमिटर बाझो जग्गालाई उपयोग गर्ने लक्ष्यका साथ जुम्लामा कोरोना कहर संगै कृषि क्रान्ती शुरुग भएको हो ।
जुम्ला गुठिचौर गाउँपालिका ५ काडाखोला जलजलामा नेपालकै ठुलो फुजि स्याउँ बगैचा स्थापना गरिएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीको करिब ८ करोड व्यक्तिगत लगानीमा देशकै नमुना र ठुलो स्याउ बगैचा निर्माण भएको हो । जुन बगैचाको शुक्रबार कर्णाली प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले फुजि स्याउ रोपेर बगैँचा प्रारभ्भ भएको घोषणा गर्नुभयो ।
बगैचा निर्माणका लागि ८७ जना स्थानीयबाट लिजमा लिइएको एक लाख ५० हजार बर्गमिटरमा फैलिएको नमुना बगैचामा एकैसाथ शुक्रबार ३० हजार फुजि स्याउका विरुवा रोपिएको छ । ८ करोड लगानीमा पुर्वाधार सहितको सुविधा सम्पन्न प्राविधिक जनशक्ति सहितको नमुना स्याउ बगैँचा निर्माण भएको छ । ८७ जनाको १ लाख ५० हजार वर्ग मिटर जग्गा ३० वर्षका लागि लिजमा लिइएको छ ।
उक्त नमुना बगैचाबाट कोरोना कहरकै बीच दैनिक करिब १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । भने,स्याउ बगैचालाई एक गौरवको परियोजनाका रुपमा हेरिएको छ । व्यक्तिगत लगानीमा बगैचा निर्माण भएपनि कर्णालीको आर्थिक विकास, किसानको जीविकोपार्जन र रोजगारी सृजनामा कोशेढुंगा सावित हुने कृषि सचिव डा. राजेन्द्र प्रसाद मिश्रले बताउनुभयो ।
उहाँले भन्नुभयो,“दोस्रो लहरको कोभिडबाट देश आक्रान्त छन् । फेरी उद्योग कलकारखाना बन्द भएका छन् । आर्थिक आम्दानी, उद्यमशीलताका काम रोकिएका छन् । तर देशकै नमुनाका रुपमा जुम्लामा ३० हजार विरुवा रोपिएको स्याउ बगैचा लकडाउनकै बीच स्थापना भएपछि खुसीको सन्देश दिएको छ ।”
देशको नमुना र कर्णालीको सान स्याउ बगैचा उद्घाटनका लागि कोरोना कहरका बीच पनि जोखिम मोलेर आफु जुम्ला पुगेर किसान, उद्यमी भण्डारीलाई हौसला दिन जुम्ला पुगेको कृषि मन्त्रालयका सचिव मिश्रले उल्लेख गर्नुभयो ।
साथै उहाँले नेपालको ठुलो स्याउ बगैँचा मात्र नभई कृषि तालिम केन्द्रका साथै फुजि स्याउ अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । नमुना बगैचाबाट उत्पादित स्याउको स्याउको प्रशोधन,बजारीकरण,कृषि सडक निर्माण लगायतका प्राविधिक सहयोग भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले गर्ने समेत प्रतिबद्धता गर्नुभयोे ।
व्यक्तिगत ८ करोड लगानी गरेर कृषि क्रान्ती शुरु गरि सरकारलाई कृषि क्षेत्रमा लगानी गर्न बाध्य बनाएको र उद्यमी मिन बहादुर भण्डारीको कृषिकर्मलाई थप बलियो र दिगो बनाउन प्रदेश सरकारले आबश्यकता अनुसार लगानी गर्नेमा दुईमत नहरको समेत आह्वासन दिनुभएको छ ।
कोरोना रोजगारी खोसियो, आम्दानी घुम्यो भनेर उर्वर बाँझो जग्गा टुलुटुलु हेरेर बस्ने यूवाहरुका लागि गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारी उत्प्रेरणाको स्रोत बनेको र भण्डारीको श्रमलाई प्रदेश सरकारले उच्च सम्मान गर्ने उल्लेख गर्नुभयो । बगैचामा रोएिका ३० हजार विरुवा मध्य कम्तीमा १ हजार विरुवा मात्रै जोगाउन सके पछिको पेन्सन हुने समेत उनको भनाई छ ।
साथै स्याउ सुपरजोन कार्यालय जुम्लाले नमुना स्याउ बगैचा निर्माणका लागि ५ हजार विरुवा र थोपा सिचाई गरी ४६ लाख बरारको सहयोग गरेको सुपरजोनका प्रमुख नवराज भण्डारीले बताए । लामो प्रयास र संघर्षबाट देशकै ठुलो बगैचा निर्माण भएको र सरकारी निकाय सुपरजानको मात्रै सहयोग रहेको उनको भनाई छ ।
आर्थिक विकास र रोजगारीको आधार
गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले देशकै ठुलो र नमुना बगैचा स्थापनाले जुम्लाको आर्थिक विकास र रोजगारी सृजनामा टेवा पुराउने विश्वास गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“अबको एक वर्षपछि पाँच सय किसानले रोजगारी पाउने छन् । हरेक किसान लाखौका दरले कमाउने छन् । गत वर्ष लकडाउनदेखि शुरु गरिएको बगैचा निर्माण कार्य एकवर्षपछि पुर्णता पाएर विरुवा रोपिएको छ ।”
कृषि सचिव आएर बगैचामा विरुवा रोपि उद्घाटन गरेर हौसला दिएपछि खुसी लागेको भन्दै फुजि स्याउको विशाल बगैँचा जुम्लामा स्थापना भएको सन्देश फैलाउने अवसर मिलेको उल्लेख गर्नुभयो । उहाँका अनुसार हाल सम्म करिब ८ करोड खर्च भइसकेको छ । १ लाख ३० वर्गमिटरमा फैलिएको बगैचामा ३० हजार विरुवा रोपिसकेका छौ ।
हाल एक दिनमा करिब डेढ सय जनाले रोजगारी पाएका छन् । भने, गुठिचौर एग्रो फार्म प्रा.लिमा पुर्णरुपमा काम गर्ने एक जना आयोजना प्रमुख,२ जनालेखापाल १ जना ओभरसियर, २ जना स्टोर किपर २ जना रहेका छन् । साथै, हेल्पर १२ जना,जेटिए ४ जना चौकीदार ४ जना,२ जना सहजकर्ता,३जना चालक र ३ जना सहचालक गरी करिब ५० जना जनशक्ति राखिएको छ । उननिहरुले बढीले केरोना कहरमा रोजगारी पाएका छन् ।
लगानीकर्ता मिनबहादुर भण्डारीले विगतमा जडिबुटी ब्यापार गर्दा कमाएको रकम स्याउ खेतीमा लगानी गरेका हुन् । अन्यले व्यक्तिले कमाएर सुर्खेत नेपालगन्ज घर बनाएका छन् । उहाँले थप्पुभयो,“तर मैले आफ्नै भुमिमा स्याउ बगैँचामा लगानी गर्न पाउँदा खुसी छु ।
साथीभाईले रोजगारी पाउने,बाझो जग्गा सदुपयोग हुने लक्ष्यले आफ्नै ठाउँमा लगानी गरेको छु । अझै मलजल, सिचाई, प्राविधिक सहयोग, रोगकिरा नियन्त्रणमा प्रदेश तथा स्थानीय सरकार संग सहयोगको अपेक्षा छ ।” अहिले बगैचामा करिब २३ लाख बराबरको अर्गानिक मल हालिएको छ ।
उद्यमी तथा लगानीकर्ता मिनबहादुरले दुई बर्ष अघि आफ्नै जग्गामा २ हजार ६ सय फुजि स्याउका बिरुवा रोपेर परिक्षण गरिसकेका थिए । जसमध्ये २ हजार २ सय विरुवाले फल दिदै आएका छन । त्यसको सपलता संगै करोडौ लगानी गरेर देशकै ठुलो बगैचा निर्माण जुटेका हुन् ।
देशका ठुला ठुला कृषि विज्ञ अनुभवी किसानको सल्लाह सुझाबका आधारमा बगैचा निर्माण गरिएकोले सफल हुने भण्डारीको विश्वास छ । हाल जुम्लाको ३ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ उत्पादन हुदै आएको छ ।