पत्रकार महासंघ जुम्लाको भवनमा ५ बेडको आइसोलेशन तयार


सागर परियार ।
नेपाल पत्रकार महासंघ जुम्लाले ५ बेडको आइसोलेशन तयार गरेको छ । जुम्ला सदरमुकाम खलंगा स्थित महासंघले आफ्नै भवनमा ५ बेडको आइसोलेसन तयार गरेको हो । दोस्रो लहरको कोरोना संक्रमण दैनिक बढ्दै गएको र पत्रकारहरु लाई पनि संक्रमण हुन सक्ने भन्दै तत्काल ५ बेडको आइसोलेसन पुर्वतयारी गरेको नेपाल पत्रकार महासघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।

उहाँका अनुसार हाल सम्म जुम्लामा कार्यरत स्थानीय तथा राष्ट्यि स्तरमा काम गर्ने कुनै पत्रकाहरुलाई संक्रमण नभएपनि पत्रकारहरु संक्रमणको उच्च जोखिममा रहेकोले गर्दा आइसोलेसन बनाइएको हो । तत्तकाल ५ बेडको आइसोलेसन तयार भएपनि पछि आबश्यकता अनुसार बढाउन सकिने छ ।

अध्यक्ष शाहीले भन्नुभयो,“जिल्लामा कार्यरत अधिकांश पत्रकार कोठा भाडामा बस्छन् । यदपी संक्रमित भईहालेमा पनि भाडाकै कोठामा बस्न सम्भव छैन् । अस्पतालले अक्सिजन दिनुपर्ने संक्रमित बाहेक अरुलाई भर्ना लिदैन् । त्यसैले महाँसघको आफ्नै भवनमा अक्सिजन आबश्यक नपर्ने संक्रमितका लागि आइसोलेसन बनाइएको हो ।”

महासंघकै भवनमा बनाइएको छुट्ै आइसोलेसनले पत्रकारहरुलाई राहत मिल्ने अध्यक्ष शाहीको भनाई छ । सक्भर कसैलाई संक्रमण नहोस भएपनि उनिहरुको राहत उद्दार तथा व्यवस्थापनका लागि महासंघले विभिन्न निकाय संग समन्वय अघि बढ्ने समेत उल्लेख गर्नुभयो ।
पत्रकारहरुको साथमा पत्रकार महासंघ छ भन्ने महसुश गराउने गरी कोरोना महामारीमा काम गर्ने समेत अध्यक्ष शाहीको दाबी छ ।

महासंघको भवनमा आइसोलेसन बनाउनका लागि सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको अब्बल गैर सरकारी संस्था पेश नेपालले सामाग्री सहयोग गरेको हो । पत्रकार महासंघको अनुरोधलाई स्वीकार गर्दै आइसोलेसन निर्माणका लागि पेश नेपालले ५ वटा फाईबर सिरक,१० वटा डस्ना, ५ वटा सिरानी, ३० मिटर पिपि फर्म ५ वटा तन्ना,५ वटा बाटा,५ वटा जग, ५ वटा गिलास ५वटा बाल्टी र ५ वटा रुमाल गरी करिब ५० हजार बराबरको ९ प्रकारका सामाग्री उपलब्ध गराएको हो ।

जिल्ला स्थित पत्रकारहरुको राहतका लागि कोरोना महमारीबाट सुरक्षित रहन आइसोलेसन निर्माणका लागि थोरै सहयोग गरेको पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताउनुभयो । महामारी संगै अन्य समयमा पनि पत्रकार महासंघ संग समन्वय सहकार्य गरी अघि बढ्ने समेत उहाँको भनाई छ ।

कर्णाली प्रदेशका १० वटा जिल्लाका महासंघ मध्य जुम्लाले पहिलो स्वागत योग्य कामका रुपमा आइसोलेसन तयार गरेको हो । महासंघकै भवनमा ५ बेडको आइसोलनेस तयार भएपछि जुम्लाका पत्रकार खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया