नौ हजार २३८ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोनाभाइरसका नौ हजार २३८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ४२४ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जनामा पोजेटिभ पाइएको बताउनुभयो । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या चार लाख २२ हजार ३४९ पुगेको छ ।
नेपालमा सक्रिय सङ्क्रमितको संख्या पहिलो पटक एक लाखभन्दामाथि पुगेको छ । प्रवक्ता डा. गौतमले हाल एक लाख एक लाख एक हजार ६३४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताउनुभयो । सङ्क्रमितको संख्या दैनिक वृद्धि हुँदै जाँदा र निको हुने संख्या कम हुँदा निको हुने दर ७४.९ प्रतिशत पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल एक हजार २४१ सङ्क्रमित हाल सघन उपचार कक्ष(आईसीयू)मा रहेका छन् । जसमध्ये २८५ जनालाई भेन्टिलेटरमा राखिएको छ ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामा तीन हजार ९२४ सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा काठमाडौंमा तीन हजार २५०, ललितपुरमा ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना सङ्क्रमित थपिएका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस