त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर ६ दाङका ४३ वर्षीय पुरुष, बैजनाथ ६ बाँकेका ६४ वर्षीय पुरुष र तुलसीपुर बाँकेकी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । वलीका अनुसार नेपालगन्ज मेडिकल कलेजमा उपचाररत डुडुवा ३ बाँकेकी ५० वर्षीया महिला, नरैनापुर ५ बाँकेका ४२ वर्षीय पुरुष र नेपालगन्ज १२ बाँकेकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ ।
यो संगै कोरोनाबाट बाँकेमा २१४ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १६३ जनाको मृत्यु भएको छ ।