जुम्लाका घरघरमा १५६ संक्रमित,१५५ बेड आइसोलसेन र ३५ बेड कोभिड अस्पताल रित्तै

सागर परियार ।

जुम्लामा हाल सम्म १ सय ९९ जनामा कोरोना संक्रमण पृष्टी भएको छ । दोस्रो लहरको संक्रमण फैलिए संगै बैशाख ९ गतेदेखि हाल सम्मको तथ्यांक अनुसार १ सय ९९ जनामा संक्रमण पृष्टी भएको हो ।

जसमा ३ सय ९ जनामा पिसिआर जाँच गरिएकोमा १ सय ११ जना र आठै ८ सय ११ जनाको एन्टीजेन परिक्षण गर्दा ८८ जनामा गरी १ सय ९९ जना व्यक्ति संक्रमित भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

उहाँले परिक्षणको दायरालाई बढाइएको र संक्रमण भयावह भइसकेकोले मितको व्यवस्थापनमा सबै निकाय जुट्न आबश्यक रहेको जानकारी दिनुभयो ।

जम्मा संक्रमित मध्य हाल हाल सम्म २६ जना विरामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भईरहेको निमित्त अस्पताल निर्देशक राजिव शाहले बताउनुभयो । उहाँका अनुसार अहिले सम्म १७ जना डिस्चार्ज भएका छन् । भने बाँकी १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा बसेका छन् ।

हाल सम्म चन्दननाथमा नगरपालिकामा ५२ जना संक्रमित भएका छन् । भने, पातारासीमा ३१ जना, गुठिचौरमा २४ जना, तातोपानीमा ४ जना, तिलामा १० जना, हिमा २ जना सिजामा ७ र कनकासुन्दरीमा ३२ जना र अन्य ३० जना गरी जम्मा १ सय ९९ जना संक्रमित भएका छन् । जम्मा संक्रमित मध्य करिब ८५ प्रतिशत संक्रमितहरु होमआइसोलेशनका नाममा गाउँगाउँमा खुलेआम हिडिरहेका छन् । जसले गर्दा संक्रमणको जोखिम बढेको छ ।

प्रत्यक स्थानीयतहमा ५÷५ बेडको कोभिड अस्पताल र आठ स्थानीयतहमा मध्य ६ पालिकामा गरी १ सय ५५ बेडको आइसोलेसन भएपनि व्यवस्थापन नहुँदा संक्रमित घरमा बस्न बाध्य भएका छन् । होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने उपायहरु थहा नभएकै कारण गाउँ गाउँमा संक्रमण फैलिएको सिंजाका स्थानीय चन्द्रविर तिरुवा बताउँछन् ।

संक्रमित घरघरमा, १५५ बेड आइसोलेसन रित्तै
जुम्लाका चन्दनाथ नगरपालिका र तिला गाउँपालिका बोहक ६ स्थानीयतहमा ५÷५ बेडको कोभिड अस्पताल निर्माण भएका छन् । भने,हिमामा २० बेड,पातारासीमा ३० बेड, गुठिचौरमा ५ बेड, कनकासुनदरीमा ५० बेड, तातोपानीमा २० र सिंजामा ३० बेड गरी १ सय ५५ बेडको आइसोलेशन तयार भएका छन् ।

तर दैनिक संक्रमित बढेर १ सय ९९ पुगेका छन् । ती मध्य १ सय ५६ जना घरघरमा बसेका छन् । तर स्थानीयतहका आइसोले र कोभिड अस्पताल भने रित्तै छन् । यसबारे आठै स्थानीयतका प्रमुखहरु अहिले सम्म मौन अबस्थामा बसेका छन् ।

नागरिक समाजका अध्यक्ष राज बहादुर महतले विगतको जस्तो प्रशासन, स्थानीयतहको संक्रियता नभएकै कारण संक्रमण बढ्न थालेको उल्लेख गर्नुभयो । आइसोलेशन कोभिड अस्पताल रित्तै राखेर होमआइसोलेसनमा संक्रमित पठाउने नीतिले कोरोना रोकथाम तथा फैलिने सम्भावना बढेकोले तत्तकाल आइसोलेसन संचालनमा ल्याउनु पर्ने उहाँको सुझाब छ ।
संक्रमितलाई घरमा पठाएर कोभिड अस्पताल र आइसोलेशन रित्तै राख्नु स्थानीयतहको कमजोरी हो ।

संक्रमित सिंजाका चन्द्रविर तिरुवाले भन्नुभयो,“गाउँमा संक्रमण फैलि सक्यो । प्रतिष्ठानमा पिसिआर जाँच गरेर पोजेटिभ भएपछि पालिकाको आइसोलेसनमा जानुभन्छ । पालिकामा आउँदा आइसोलेसन, कोभिड अस्पतालको अबस्था भद्रगोल छ । बाध्य भएर घरमा बस्छौ ।”

यता तिला गाउँपालिकाले मात्रै ५ बेडको कोभिड अस्पातलमा ३ वटा अक्सिजन सिलिण्डर र एमविविएस डाक्टर सहित संक्रमितको उपचारका लागि तयारी अबस्थामा रहेको स्वास्थ्य शाखा संयोजक गणेश शाहीको भनाई छ ।

साथै,तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाईले कोभिड अस्पतालमा दुई पटक विज्ञापन गर्दा पनि एमविविएम डाक्टर नआएको र अक्सिजन ग्याँस ल्याउने तयारीमै रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस