संक्रमितका घरघरमै पोषिला आहारा पुराउदै मेयर सेजुवाल

सागर परियार । 

दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमित भएकाहरुलाई जुम्लाको चन्दननाथ नगरपालिकाले घरघरमै  पुगेर पोषिला आहारा,स्वास्थ्य सामाग्री र भिटामिन वितरण गरेको छ ।  नगरस्तरी विपद व्यवस्थापन समितिको बैठकले संक्रमितका घरघरमा पोसिला आहारा संगै स्वास्थ्य सामाग्री पुराउने निर्णय गरेसंगै जनप्रतिनिधि,स्वास्थ्यकर्मी र कर्मचारी कोसेली लिएर संक्रमितका घरघरमा पुगेका हुन् ।

चन्दननाथ नगरपालिकामा हालसम्म ६१ ज्ना संक्रमित छन् । जसमध्य ४३ जना होमआइसोलेनमा बसेका छन् । भने बाँकी कर्णाली प्रतिष्ठानको आइसोलेसनमा उपचारथ छन् । घरमा बसेका र अस्पतालबाट फर्किन गरी पहिलो चरणमा चन्दननाथका ५५ जना संक्रमितलाई घरघरमै पुगेर पोषिलो आहारा,स्वास्थ्य सामाग्री र भिटामिन दिइएको छ ।  भने,होमआइसोलेसनमा बस्दा अनपाउनु पर्ने उपाय सिकाउनुका साथै मनोबल उच्च पार्न परामर्श समेत दिइएको हो  । जिल्लाको पहिलो स्थानीयतहका रुपमा चन्दननाथले संक्रमितका घरघरमा पुगेर भेटघाट तथा पोषिला आहारा दिने कार्यक्रमले संक्रमित पनि खुसी भएका छन् ।

चन्दननाथ नगरपालिकाका १० वटै वडाकाका ५५ संक्रमितलाई निको नभए सम्मका लागि पुग्नेगरी घरमै पुगेर चना २ केजी,अण्डा १ क्यारेट,च्यावनप्रास १ बट्टा,१५ दिनका लागि भिटामिन सि र भिटामिन बि, साथै साबुन २ चक्की, सेनिटाइजर १ बट्टा र मास्क २ प्याकेट वितरण गरिएको चन्दननाथका विपद व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए ।

कोरोनालाई जित्ने रोग प्रतिरोधात्मक क्षामता बढाउन, संक्रमितको स्वास्थ्य स्थित बुझ्न जोखिम मोलेरै भएपनि संक्रमितका घरघरमा पुगेर पोषिला आहारा दिनुका साथै परामर्श दियएको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले बताईन् ।

नगरपालिकाका संक्रमितको जीवन रक्षाका लागि सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि खटिएको र सक्रमितका जस्तासुकै समस्या नगरपालिकाले समधान गर्ने समेत मेयर सेजुवालको भनाई छ । साथै,उनले कोभिड एम्बुलेन्सका लागि भ्यान भाडामा लिने,आबश्यकता अनुसार संक्रमित ओसार्न एम्बुलेन्स प्रशासनलाई दिने तयारी भएको सुनाईन् ।

चन्दननाथ नगरपालिका १ नम्बर वडाध्यक्ष जय बहादुर रावलले पोषिला आहारा स्वास्थ्य सामाग्ी सहित स्वास्थ्य स्थित बुझ्न घरमै गएपछि संक्रमित खुसी भएको बताए । साथै, सगाउँगाउँमा गएर साबुन पानीले हात धुन, विवाह भोज नगर्न र  मास्क प्रयोग गर्न दुरी कायम गर्ने अत्याआबश्यक काम बाहेक बाहिर ननिस्कने लगायतका विषयमा समेत स्थानीयलाई परामर्श दिएको अध्यक्ष रावललको भनाई छ ।

जिल्लाकै सबैभभन्दा बढी संक्रमित रहेको  चन्दननाथ नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियानलाई जोड दिइएको छ । भने, होमआइसोलेसनमा बसेकाहरुबाट संक्रमण फैलिने त्रास बढेकोले उनिहरुलाई सम्झाउने र पोसिला खानेकुरा दिने तथा स्वास्थ्यकर्मीले संक्रमितको नियमित निगरानी राखेको चन्दननाथका स्वास्थ्य संयोजक पृथ्वीनाथ योगीले बताए ।

चन्दननाथ नगर क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान भएको बजेट पनि नभएकोले नगरपालिकाको छुट्ै आइसोलेसन र कोभिड अस्पताल नभएको समेत योगीले उल्लेख गरे  । जुम्लाका कुल संक्रमित २ सय २४ जना मध्य ९० प्रतिशत संक्रमित होमआइसोलेसनमा बसेका छन् ।

 

उनिहरुको मनोबल उच्च बनाउन, संक्रमण फैलिन नदिन सबै स्थानीयतहले घरघरमा पोसिला खानेकुरा पुराउने, होमआइसोलेसनमा बस्दा अपनाउनु पर्ने उपाय,खानपानका बारेमा सिकाउने कुरामा जुम्ला अन्य सातै तहले जोड दिन आबश्यक देखिन्छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस