नेपाली सेनाद्धारा विद्यालय भवन निर्माण


जुम्ला ः तातोपानी गाउँपालिका ४ गिडिचौर स्थित गणेश आधारभुत प्रथामिक विद्यालयको दुई कोठे भवन निर्माण गर्न शुरु गरेका छन् । भगवती दल गणका नेपाली सेनाको टोलीले उक्त दुई कोठे भवन माघ ५ गते देखि निर्माण कार्य शुरु गरेको हो ।

दुई कोठे भवन निर्माण कार्यमा जम्मा ९ लाखको लागतमा नेपाली सेनाको २ लाख ५० हजार र बाँकी रकम गाउँपालिका र वडापालिकाको रहेको छ । यसै महिना भित्र निर्माण कार्यालय सम्पन्न हुने उक्त विद्यालयले जनाएको छ ।

भगवती दल गणका गणपति सुशिल थापाका अनुसार स्थानीय स्तरमा तत्काल प्रतिफल प्राप्त हुने परियोजना उक्त निर्माण कार्य शुरु गरिएको बताए । उनले भने आवश्यकता अनुसार नेपाली सेनाको जनशक्ति प्रयोग गर्ने गरिएको छ । विद्यालयको गज निर्माण गर्ने क्रममा ६० जना जति जनशक्ति प्रयोग गरिएको अहिले दैनिक २० जनाले काम गर्दै आईरहेका छन् उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष धिरज जैशीले कक्षा ५ सम्म अध्ययन अध्ययपन भईरहेको यस विद्यालयमा भौतिक संरचना अभाव भएकोले नेपाली सेना र वडा तथा गाउँपालिकाको सहयोगमा दुई कोठे भवन निर्माण भईरहेको बताए । उनले यस विद्यालयको शैक्षिक गुणस्तरका लागि भौतिक संरचना देखि शिक्षक दरवन्दी सहित व्यवस्थापन गरिने बताए ।

तपाईको प्रतिक्रिया