कडा निषेधाज्ञाले दुध थन्कीदा किसान मर्कामा,परिकार बनाउन सिप र साधन छैन्

सागर परियार ।

दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण दुध विक्री नभएपछि जुम्ली किसान मर्कामा परेका छन् । संक्रमण दर दैनिक बढ्दै गएपछि औषधी पसल बाहेक सबै सेवा बन्द हुने गरी निषेधाज्ञा जारी भएपछि घरमै दुध थन्कीँदा किसान मर्कामा परेका हुन् ।

गुठिचौर गाउँपालिका ५ का व्यवसायीक भैसीपालक किसान विष्णु धिताल घरमा निषेधाज्ञाले दैनिक ४० लिटर दुध थन्कीएपछि घाटा व्यवहोर्नु परेको बताउँछन् । जुम्लामा कडा निषेधाज्ञा जारी भएसंगै दुध विक्री नहुँदा समस्या भएको उहाँको भनाई छ । विहानै ६ बजेर मोटरसाइकल हुईकाएर बजारका गल्लीमा दुध बचेर वार्षिक लाखौ कमाउने किसान धिताल लकडाउनले दुध बिक्री ठप्पै हुँदा समस्या भएको हो ।

किसान धितालले भने,“कुल १४ वटा भैसी छन् । जसमा ६ वटा दुहुना भैसी, २ ब्याउने र बाँकी पाँडा पाँडी छन् । तर दुध विक्री नहुँदा भैसीलाई दाना खुवाउने खर्च समेत उठाउन मुस्किल भएको छ ।”

भने,बजारमा दुध विक्री नभएपछि भैसीकै दुध भैसीकै बच्चालाई खुवाउन समेत बाध्य भएको किसान धितालको दुखेसो छ । सरकारी जागीर त्यागेर २०६२ सालदेखि भैसीपालनमा हुमिएका किसान धिताल दुध बेचेरै महिनामा २५÷३० हजार कमाउँछन् । दैनिक ४० लिटर दुध ल्याएर बजारमा बिक्री गर्ने उनको व्यापार आजभोली ठप्प भएको छ । जसका कारण दैनिक ५ देखि ६ हजार बराबरको घाटा व्यहोर्नु परेको किसान धितालले बताउनुभयो ।

रोग प्रतिरोधात्मक क्षामता बढाउन दैनिक अनिवार्य दुध खान आबश्यक रहेपनि निषेधाज्ञाले दुख विक्री समेत ठप्प हुँदा उपभोक्तालाई संगै किसानलाई असर परेको छ । दैनिक घाटा मात्रै व्यवहोर्नु पर्दा जुम्लाका भैसी पालक किसान भैसीलाई दाना कसरी खुवाउने चिन्तामा किसान छन् ।

पहिलो चरणको कोरोना संक्रमण रोकथामका लागि लकडाउन हुँदा दुध विक्री वितरण खुल्ला थियो । धितालले थप्नुभयो,“तर यसपाली दुध समेत बन्द गर्ने निर्णय गरेर उपभोक्ता व्यवसायी सबैलाई मार परेको छ । दुध ल्याउन भन्दै दैनिक फोन आउने गरेपनि जारी निषेधाज्ञाका कारण बजार जान सकेको छैन् ।”

स्वास्थ्य मापदण्ड पालना गरी माग गरेका उपभोक्ताका घरमा दुध पुराउने व्यवस्था गरिदिन समेत दुग्ध किसानले प्रशासनलाई माग गरेका छन् । गुठिचौर क्षेत्रका विष्णु धिताल संगै निषेधाज्ञाले दध विक्री नहुँदा २५ देखि ३० जना किसानको दुध घरमै थन्कीएको छ ।

दुधबाट घिउ छुप्री बाहेक अन्य परिकार बनाउन ज्ञान र साधन नभएको किसानको भनाई छ । नत तालिम पाएका छौ । नत औजार नै छ । दुध थन्काएर भैसी खुवाउनुको विकल्प छैन् ।

दुध बेचेरै घर खर्च, छोराछोरीको पढाई खर्च जुटाईरहेका किसान धितालले आफु जस्तै धेरै किसान दुध थन्कीँदा प्रत्यक्ष मारमा परेको दुध विक्रीको वाताबरण बनाईदिन अपि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस