दैलेखमा जीप दुर्घटना: जुम्लाका दुई जनाको मुत्यु


सागर परियार ।
दैलेखमा जीप दुर्घटना हुदा जुम्लाका दुईजनाकाे मृत्यु भएकाे छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लू नगरपालिका–३, स्थित स्याला भन्ने ठाउमा मा जिप दुर्घटना हुँदा मंगलबार विहान घटनास्थलमै दुई जनाकाे मृत्यु भएकाे ।

जुम्लाबाट सुर्खेततर्फ जादै गरेको बा २० च ७१५ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

जीप दुर्घटनामा परि ज्यान गुमाउनेमा जुम्लाको गुठिचौर गाउँपालिका ४ का ३८ वर्षिय जिप चालक रामहरी न्यौपाने र सोही ठाउँकी २७ वर्षिय राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुप श्रेष्ठले जानकारी दिनुभयाे ।

उहाँका घटनाको प्रारम्भिक अनुसन्धान भइ रहेको छ । के कति कारण दुर्घटना भएकाे अनुसन्धान पश्चात खुल्ने छ ।

तपाईको प्रतिक्रिया