
जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर विधिवत, प्रकृया पुर्याएर नगरिएको कारण सो पद हाललाई खारेज गर्ने सहमति भएको अध्यक्ष उपेन्द्र यादवले बताए ।
भक्तपुरको रिसोर्टमा भएको सांसदको छलफलले महतोलाई संसदीय नेतामा चयन गरेको थियो । उनी संसदीय दलको नेतामा चयन भएको कुरा पार्टीबाट आधिकारीक जानकारी नगराइ ठाकुरको आधिकारिक फेसबुकबाट गराइएको थियो ।
महतोलाई पार्टीका शीर्ष नेता तथा विभिन्न व्यक्तिहरुले बधाई पनि दिएका थिए । जसपाका अध्यक्ष यादव समूहले महतोलाई संसदीय दलको नेता बनाएकोमा आपत्ति जनाउँदै आएको थियो ।
प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार