अब आर्थिक विकास र समृद्धिको केन्द्रः कर्णाली प्रदेशलाई बनाऔ

नरेन्द्रनाथ योगी

आज भोलि सबै राजनैतिक दलहरुले आर्थिक विकास र समृद्धिको बहस गरि रहेका छन । तर ती बहसहरुले साझा रुप ग्रहण गरि कार्य योजनाहरु बनाउन सकेको अवस्था छैन । ती बहसहरु जनता र कार्यकर्ता आकर्षण गर्ने माध्यम मात्र बनाईएका छन । आर्थिक विकास र समृद्धिको विषयलाई लिएरु नयाँ शक्तिले पार्टी माक्र्सवादको एतिहासिक भौतिकवादको द्धन्दवादको नियमलाई समृद्धिकरण गर्ने भनेर ७,१५ र २५ बर्षिय आर्थिक मार्ग चित्र बनाएको छ । अहिले त्यो पार्टीले कार्यकर्ता तहमा मुख्य एजेण्डा बनाएको छ। व्यवहारमा खासै नयाँ शक्ति पार्टीले पनि अढाई बर्षको अवधिमा मोडेल कार्यक्रमहरु दिन नसेको अवस्था छ ।उसले आर्थिक विकास र समृद्धिलाई कार्यान्वयन गर्न नितिगत रुपमा मुलुकमा स्थायी सरकारको कल्पना गरेको छ । त्यो स्थायी सरकारका लागि मुलुकमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय शासन र व्यवस्थापिका ससद पुर्ण समानुपातिक हुन पर्छ चनेको छ । त्यसको लागि जारी सविधानमा शसोधन हुनु पर्छ भनेको छ । अनि समतामुलक समृद्धि,समानुपातिक समावेशि,शुशासन,सदाचार,स्वाधिनता,सहभागिता मुलक लोकतन्त्र र समुन्नत समाजवादलाई पार्टीको ५ स को कार्यदिशा बनाएको छ । यी विचार र कार्यदिशा कार्यान्वय वा लागु गर्न स्थानीय निकाय, प्रदेशसभा र व्यवस्थापिका ससदमा बहुुमत वा निर्णायक सिट सख्या आवश्यक रहेको जिकिर गरि रहेको छ ।तर दुर्भाग्यवस नयाँ शक्ति पार्टीले स्थानीय ,प्रदेशसभा र प्रतिनिधिसभाको तीनै निर्वाचनमा साकेतिक उपस्थिति मात्र गराउन सफल भएको छ । ५ वा १० बर्षसम्म यो नयाँ शक्ति पार्टीले आफना एजेण्डाहरु कार्यान्वयन गराउनेसक्ने सम्भावना कम छ । निर्वाचनमा स्थानीय निकाय देखि प्रतिनिधिसभासम्म महत्वपुर्ण भमिका निर्वाह गर्न सक्ने वा आवश्यकता परेमा नयाँ शक्तिले भने जस्तै एजेण्डा लागु वा कार्यान्वयन गर्न सक्ने सिट सख्या एमाले र माओवादी केन्द्रसँग छ । तर प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय शासन र व्यवस्थापिका ससद पुर्णसानुपातिकका मुद्धाहरु एमाले र माओवादी केन्द्रले छोडि सकेका छन अर्थात यी दुवै पार्टीको चुनावी घाषणा —पत्रमा उल्लेख छैन । तर पनि निति,सिद्धान्त र कार्यदिशा वीना यी दुवै दलले आर्थिक विकास र समृद्धिका विषयहरु उठाउदै आएका छन । हावा विनाको बल उफ्रन सक्छ कि सक्दैन त्यो नेपालको राजनितिमा हुेर्न बाँकी नै छ ।यता नयाँ शक्ति पार्टीले पनि आफनो ससदिय शक्ति विना ५ देखि २५ बर्षसम्म पार्टी र कार्यकर्ताहरुलाई बचाएर कसरी अगाडि लान सक्छ ।त्यो आफैमा चुनौती र कठिन विषय छ । नयाँ शक्ति पार्टीले राजनैतिक विचारको रुपमा बाम लोकतान्त्रिक समुन्नत समाजवाद ,आर्थिक विकास र समृद्धि तथा ५ स लाई पार्टीको कार्यदिशा बनाएर अढाई बर्षमा भावी कार्ययोजनाहरु बनाई यो मुलुकमा लागु गर्ने पार्टी भित्र बहस गरेर पार्टी सगठन विस्तार गर्ने योजना छ । यो पार्टी आन्तरिक आन्तरिक सगठन निमार्ण, स्थानीय ,प्रदेश र व्यवस्थापिका ससदको निर्वाचन छोटो समयमा फेस गर्न व्यस्त भएर हो कि ? तर आन्तरिक रुपमा पनि नमुना सगठन र उत्पादनका आर्थिक कार्यक्रम लागु गर्न नसक्दा पार्टीमा नेता कार्यकर्ताहरु चिन्तीत नै देखिन्छन नयाँ शक्ति भित्र । अहिले मुलुकमा आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन र आत्मनिर्भर भई स्वाधिन,स्वाभिमान र स्वतन्त्रतामा टेकी रहन यो एजेण्डा नयाँ शक्तिले उठाएको सही हुदा—हुदै पनि कार्यान्वयन पक्षमा यो पार्टीलाई निल्नु न ओकाल्नु भएको जानकारहरु बताउन्छन् । स्वयम् पार्टी पनि प्रतिपक्ष मै बसेर यो एजेण्डा लागु गर्ने जमर्को गरेको छ । कतै आर्थिक विकास र समृद्धिको एजेण्डा नयाँ शक्तिले उठाउने त्यसको कार्यानवयनको फाईदा सरकारमा रहने पार्टीहरुले गर्ने हुनकि भन्ने चिन्ता पनि नयाँ शक्तिका नेता कायकर्ताहरुलाई लागेको छ । नेतृत्व तहमा यो ऐजण्डा छिटो कार्यान्वयन गर्नका लागि ससदमा सहभागी एजेण्डा मिल्ने पार्टीसँग कार्यगत वा मोर्चा बनाएर अगाडि बढने कि भन्ने तर्क उठे पनि पार्टी नेतृत्व यो विषयमा सहमत देखिदैनन । अहिले नयाँ शक्ति पार्टी आन्तरिक रुपमा विचार र सगठनमा जसरी भए पनि एक रुपता ल्याउने तयारी मै छ ।
नेपाल भौगालिक विविधता,विशिष्टता र साधन श्रोतको प्रचुर उपलब्धता भएको मुलुक हो । तिनै श्रोत—साधनको समयोचित परिचालन, व्यवस्थापन र सरक्षण तथा प्रबद्र्धन गर्न नसकदा नै धनी देश गरिव हुँनु परको छ । आर्थिक विकास र समृद्धिको सम्भावनै सम्भावनाहरु रहेको देश हुँदा हुँदै पनि समय मै कार्य योजना बन्न नसक्नु, वैदेशिक हस्तक्षेप,घेरावन्दी र खुला सिमाना तथा प्रविधिको विकासको अभावमा समस्यामा र मुलुक भष्ट्राचारको दल—दलमा फसि रहनु आदि कारणले मुलुक अगाडि बढन सकेको छैन ।
आर्थि विकास र समृद्धिको केन्द्र छनौट कर्णाली प्रदेशलाई गरौः
आर्थिक विकास र समृद्धिका लाग् ि कर्णाली प्रदेश सबै भन्दा बढी साधान श्रोतले सम्भावनायुक्त भएकोले यो प्रदेश उपयुक्त छ । अहिलेसम्म विकास र राजनैतिक दृष्टिकोणले पछि परेको कारणले पनि यो प्रदेशलाई आर्थिक विकास र समृद्धिको केन्द्र बनाउने आधार बन्न सकछ । यस प्रदेशलाई अगाडि ल्याउन अन्य दलहरुको पनि सर्थन जुटाउन सजिलो बन्न जान्छ ।यसको भरमजद्धुर प्रयास र उपयोग गरिनु पर्छ भन्ने कुरा यो आलेखको आशय रहेको छ । यो प्रदेशमा राज्यले हृदय खोलेर गुरु योजना सहित ठुलो लगानी र जनशक्ती परिचालन गर्ने हो भने यसले मुलुक धान्ने आयआर्जन दिन सक्ने निश्चित छ । राज्य र पार्टीहरुले कर्णाली प्रदेशमा लगानी गरेर आर्थिक विकास र समृद्धिको केन्द्र बनाउन सकिने धेरै सम्भावनाहरु रहेका छन् । तर राज्य सञ्चालनमा रहेका पार्टी र आर्थिक विकास तथा समृद्धिको कार्ययोजना बोकेका दलहरुले कर्णाली प्रदेशलाई आर्थिक विकास केन्दको रुपमा लगानी गर्ने वातावरण बनाउन सक्नु पर्छ ।त्यसो हुँन नसक्दा कर्णाली क्षेत्रलाई राज्य,पार्टी , विज्ञ ,विश्लेषक,योजनाकार र विद्धावानहरुले त्यहाँको अपार बैभव एवम् साधन श्रोतलाई आ—आफनो प्रोफाईल बनाउने गरेको पाईन्छ । त्यसमा पनि पार्टीहरुले कर्णाली क्षेत्रको मुद्धा(समस्या ) उठाएर पार्टीभित्र र बाहिर त्यहाँ नेतृत्व र जनतालाई भोट बैक बनाएका छन भने कर्मचारी र विज्ञ हूँ भन्ने डाक्टर साहेवहरुले पारिश्रमिक ( तलब, भत्ता, सेवा सुविधा वा पैसा बढी कमाउने थलोको रुपमा उपयोग आदि)बढी पाउने र ग्रेड बढाउने (कर्मचारी प्रोफाईल बढाउने ) क्षेत्रको रुपमा उपयोग गरिएको पाईन्छ। उद्योग व्यावसायी र ब्यापारीहरुले त्यहाको दिर्घकालिन आर्थिक विकास र समृद्धिका लागि लगानी गर्नु भन्दा पनि त्यहाको साधान श्रोतको दोहन गरि रातारात पैसा कसरी बढी कमाउने भन्ने प्रतिस्पर्धा गरिको पाईन्छ । एकतन्त्रीय कालमा कर्णाली क्षेत्र एकतन्त्रीय शासकहरुका लागि डाँफे, च्याखुरा,कालिज,कस्तुरी(मृर्ग),अत्तर,हाँत्तीजडा , विविध प्रकारका बाजहरु नजराना र शिकार खेल्ने आदि क्षेत्रको रुपमा उपयोग गदै आएको कर्णाली क्षेत्र २१ औ शताब्दीमा डलर खेती,भोट बैक, प्रोफाईल,तलबभत्ता ,डाटा कलेक्शन, टुरिष्टहरुका लागि रमेटरियल्स र गरिवको फोटो बेचर रकम सकलन गर्ने भण्डार बनाईएको छ । अनि एनजिओ र आईइनजिओ लागि माग्दै ठगी खाने क्षेत्रको रुपमा कर्णाली क्षेत्र उपयोग भएको छ । कर्णाली क्षेत्र मात्रै होईन, नेपालका सुप मध्यमाञ्चल र पुर्वका हिमाली तथा पहाडी क्षेत्रहरुको उपयोग पनि त्यस्तै त्यस्तै ढगले भई रहेको छ । अहिले तराई तथा मधेशले सिगो झण्डै ८० प्रतिशत भुगाग माथि शासन गर्ने सविधान र कानुन बनाईए पछि नेपालका मै हँु भन्ने पार्टी,नेता र बुद्धिजिवि(थिङ्कटयाङ्क)हरु पनि बढी उतैका पक्षपाति भएका छन । नेता ,पार्टी ,बुद्धिजिवि र कानुन(मुल )पनि मधेश र तराईको पक्ष लिने गरि बने पछि स्वतन्त्रता,समानता,स्वाधिनता र समावेशिता तथा सहभागिता के के हून सबै उतैको पक्षपाती भएको छ । अनि वस्ती र जनघनत्व उतै बढने भै हाल्यानी । अनि छिमेकि मुलुक भारत पनि मधेश र त्यस्ता नेता, पार्टीलाई मन पराउने नै भयो । जता बलियो उतै ढलियो भएको छ नेपालको राजनिति । भनिन्छ जसको तरबार उसैको हून्छ ,ठुला दरबार । त्यसैले नेपालको सन्तुलित विकास र समृद्धिको लागि सघर्ष गर्नै पर्छ । तर पनि सम्भाव्यतालाई नयाँ पार्टी र नयाँ विचारले पनि सोच्नु पर्छ र गम्भिर हँुनै पर्छ भन्ने मान्यताका साथ यो आलेख तिनै आर्थिक विकास र समृद्धि चाहने पार्टी र नेताहरुलाई घचघच्याउन तयार गरिएको हो । यसमा तथ्याङ्क भन्दा पनि व्यवहारिक पक्ष प्रस्तुत गरिएको छ । आवश्यकता परेमा योजना र तथ्याङ्क सहित अर्को आलेख तयार गरिने छ ।
विधुत,पर्यटन र खानी उत्खनका क्षेत्रहरुः
नेपाल जैविक विविधताको धनी देश हो । हजारौँजाति प्रजातिका जडिबुटीहरु नेपालमा पाईन्छन् ।तर ती सबै जडीबुटी एवम् अनउत्पादक भएका छन् । त्यसो हूनुको मुख्य कारण नै राज्यको प्रचारमुखी योजना र कनिका छढनेइ विकास योजनाहरुको वितरण तथा मुल्याङ्कन नै हो । कर्णाली क्षेत्रमा रहेको बृहत्तर साधन श्रोतको अध्ययन अन्वेषण गरि त्यसको सरक्षण र सबद्र्धन गर्न सकिने सम्भावना हुदा हूदै पनि राज्य बेखबर अवस्थामा छ । नेपाल मन्दिरै मन्दिर , हिमालै हिमाल तालै ताल , जडीबुटी मनोरम दृश्य र विद्युतको ठुलो सम्भावना तथा मनल्याभ्याउने औषधी जन्य विरुवा(वोट)हरु भएको देश हो । त्यसमा पनि कर्णाली क्षेत्रमा अपार मात्रामा वैभवशाली जडीबुटी, जलश्रोत, खानी, पर्यटन, अगार्निक फलफुल उत्पादन ,तरकारी खेती पशुपालन ,तेलजन्य विरुवा आदि भएको भर्जिन प्रदेश हो । नेपालमा सरकारी तथ्याङ्क अनुसार ८३ हजार मेघावाट विद्युत नेपालमा उत्पादन हुन्छ । एशिया मै सबै भन्दा बढी विद्युत उत्पादन हुने मुलुक नेपाल हो । कर्णालीमा ३२ हजार (सरकारी तथ्याङ्क) मेगावाट विद्युत उत्पादनको क्षमता छ ।विज्ञ विश्लेषकहरुको तथ्याङ्कमा कर्णालीमा ३९ हजार देखि लगभग ४१ हजार मेगावाट जल विधुतको सम्भावाना रहेको छ । कर्णाली नदीबाट मात्र १० मेगावाट विधुत उत्पादन क्षमता छ । कर्णाली प्रदेशमा रहेको भुभाग माथिल्लो कर्णाली परियोजनाबाट मात्रै ४१८५ मेगावाट विद्युत क्षमता रहेको कुरा भारतीय कम्पनी जिएमआरसँग आयोजनाको सम्झौता गर्दा चर्चा विचर्चा भए कै हो । त्यो विद्युत उत्पादन आयोजनाको सम्झौताको सही नभएको कुरा नेपाली जनताको रहेको छ । नेपाली विज्ञहरुको भनाईमा वुढीगढकी आयोजना जस्तै माथिल्लो कर्णाली विधुत आयोजनालाई राष्ट्रिय गौरवको आयोजना मानी आफै बनाउनु पर्ने भन्ने छ । खानी उत्खननको दृष्टिमा मुगुको डोल्फु माग्रीको तामा खानी , दैलेखको दुुल्लु श्रीस्थानमा पेट्रोल उत्पादन, कालिकोट भत्र्तामा पत्थर ढुगा खानी , सुर्खेत लाटी कोईली,देउती बज्यै र काक्रेबिहार,सल्यानको स्वर्गद्धारी आदि । कर्णाली नदीको वालुवामा सुनका कणहरु पाईने कुरा ५÷६ बर्ष अगाडि देखि नै चिनिया कम्पनीहरुले अनुसन्धान गरि सकेको अवस्था छ । त्यस्तै यो प्रदेशमा तोतोपानीका मुल, तालतलैया, धार्मिक पयटन केन्द्,पानीका फोहोरा आदि सम्भावनै सम्भावना रहेको क्षेत्र हो कर्णार्ली प्रदेश । देशका विभिन्न स्थान र क्षेत्रमा खानी तथा पेट्रालियम पदार्थको उत्खननको शुरु र देशै भर जलविधुत उत्पादनको चर्चाले साच्चै नेपाल सम्भावनै सम्भावनाले भएको धनी देश हो भन्ने कुरामा दुर्इृ मत छैन । यीनीहरुको उचित व्यवस्थापन, परिचालन, सरक्षण र उत्पादन गर्ने काम भन्दा हल्लाखल्ला बढी भएको छ , तर लगानीमा राज्यको ठोस योजना र ध्यान पुगेको छैन । विभिन्न पार्टीहरुमा कर्णाली प्रदेश लगायत हिमाली तथा पहाडी दुर्गम क्षेत्रका मुद्धा र समस्याबारे जसरी तराई—मधेशका मुद्धामा वहस र छलफल हुन्छन् । त्यती कर्णाली प्रदेश र त्यहाँका मुद्धाबारे बहस हुँदैन । त्यसैले त्यहाँका समस्याहरु साकेतिक रुपमा मात्रै हल हुन गएका हुँन । योजनाबद्ध रुपमा त्यहाँका मुद्धा र समस्याका सम्बन्धमाको बहस गर्ने एजेण्डा प्रस्ताव गरिएको हूँन्छ नत कर्णालीको विकास र समृद्धि नै नेपालको समृद्धि हो भन्नेहरु योजनाबद्ध प्रस्तुत सक्छन् । त्यसैले हिमाल,पहाड् र तराई—मधेशका मुद्धाहरुलाई सम्भावनाका आधारमा अध्ययनका साथ सुचिकृत गरि समानता र सन्तुलन ल्याउने काम सरकारमा बसेका र आर्थिक समृद्धिका एजेण्डा बोकेका जिम्मेवार दल र नेताहरुको हो । हामी भन्छौ हिमाललाई दुखे तराई रुने र तराईलाई दुःख परे पहाड रुने वा सबै समास्यालाई समान सम्झने र सन्तुलन मिलाउने निति बनाईनु पर्छ ।त्यसैले भन्ने गरिन्छ ,हिमाल, पहाड र मधेश—तराई कोही छैन ,पराई ।
जडीबुटीहरुको उत्खनन र सरक्षण तथा प्रबद्र्धनका लागिः
यिनीहरु मध्य धेरैजसो बहुमूल्य जडिबुटीहरु कर्णालीमा पाइएका छन् । विश्व प्रख्यात एवम् बहुमूल्य जडिबुटीहरु जस्तै यार्चागुम्बा ( जीवनबुटी ) , केशर, गुच्चिच्याउ , सतुवा (तीनपाते र सातपाते ) , बनल्हसुन , जंगली मूला,अत्तिस , कटुको (कुटकी) , पा“चऔले ( हातेजरा ), जटामसी , निर्विषी , विषमा ,गै¥ह जडिबुटीमा सिलाजित , देवदार , लोठसल्ला , विषजरा , तितो ( चिराइतो ) , सुगन्धवाल आदि ७०० देखि २००० भन्दा बढी जाति प्रजातिका जडीबुटी र १४०० औषधी जन्य विरुवा कर्णालीको बन जगल र भुमिमा रहेका छन ।ँअहिलेसम्म तीहरु जंगलमा सिमित छन् र लोप हुने खतरा बढी रहेको छ । यिनी मध्य केशर जंगलमा नपाइने भएकोले यो घरेलुकरण भैसकेको छ । अन्य केही जडिबुटी जस्तै तितो , अत्तिस, कटुको , सुगन्धवाल, जटामसी आदिको घरेलुकरण गर्न थालिएको छ । यिनीहरु मध्य यार्चागुम्बा , गुच्ची च्याउ , पा“चऔंले , सतुवा , वनल्हसुन आदिको घरेलुकरण गर्न आवश्यक तयार गरनु पर्छ । यिनीहरुको घरेलुकरण गर्न अनुसन्धान गर्न नितान्त आवश्यक भएको छ । यिनीहरुबाट हजारौं हजार देखि लाखौ रुपैयाँप्रतिकीलो आन्दानी हुने भएकोले यी जडीबुटीहरुको छिटैँलोप हुने सम्भावना बढी छ । यीनीहरुको संरक्षण,सबद्र्धन र व्यवस्थापनको लागि छिटोभन्दा छिटो सरकारी नीति नियम , ऐन र सरोकारवाला निकाय सचेत हुनु पर्छ । सरकारी सरकारवाला निकायका जिम्मेवार व्यक्तिहरु जसरी भए पनि कमाउ धन्दामा छन । केही गर्न खोज्नेहरुलाई राजनितिको आँखाले हेर्ने व्यवहार देशव्यापी रुपमा ब्याप्त छ ।
यिनीहरुको संरक्षण एवम् संवद्र्धन गदै खेती प्रविधिको विकास गरि निजि जग्गामा खेती विस्तार गर्न अत्यन्त आवश्यक छ । यस प्रविधिका लागि राज्य स्तरबाट गम्भिर एवम् दिर्घकालीन अनुसन्धान कार्यको थालनी गर्र्नुछ । तर दुःखको कुरा के भएको छ भने राज्य सञ्चालन गर्ने र गर्छु भन्ने पार्टी र नेताहरु यस विषयमा गम्भिर एवम् सम्वेदनशील भएको पाईदैन । राज्यले मुलुकमा भएको श्रोत साधनको समयोचित परिचालन गर्न नसक्दा जनशक्ति विदेशमा पलायन हुने क्रम दिनप्रति दिन बढी रहेको छ ।यसलाई रोक्ने विकल्प नत सरकार सञ्चालन गर्नेहरुले गरेका छन नत सरकार बाहिर बसेका दलहरुले कार्यक्रम ठोस रुपमा ल्याउन सकेका छन ।स्वदेशमा उपलब्ध श्रोतसाधनको उपयोग गरि उद्योग व्यवसायहरुको विकास गरने हो भने विदेश पलायन हुने जनशक्तिलाई रोक्न सकिन्छ । यति पनि गरन पनि सरकार तयार छैन । नेपालका शिक्षित युवा शक्ति कृषिकार्यमा संलग्न हुन अर्थात् हलोकोदालो समाएर काम गर्न र ढुड्ड माटोसंग खेल्न लाज मान्छन् । विदेशमा विदेशीको सौचालय (चर्पी) सझा गर्न , झाडु लगाउने, मलबाक्ने, भाडावर्तन सफा गर्न पलायन हुन्छन् । तर आÇनै देश गाउँ ठाउमा कृषक बन्न लाज मान्ने गर्दछन् ।
भरपर्दो खेती गरी उत्पादित वस्तू (जडिबुटी)को बजार नपाउने या बिक्रि नहुने समस्या हिजो पनि थिएन आज पनि छैन र भोलि पनि हुने छैन । त्यसका लागि बैकल्पिक बजारको खोजी गनै पर्छ । पहिलेदेखि हाम्रा जडिबुटीहरु छिमेकी देश भारत र चीनमा विक्रि हूदै विदेशी मुद्रा आर्जन हुदै आएको छ । अब हामीले हाम्रो साधन श्रोतको उपयोग गर्न र त्यसबाट उत्पादित सामानहरुको निर्यात गर्ने तर्फ बढी ध्यान दिनु आवश्यक छ । हाम्रो कच्चा उत्पादनलाई हाम्रै मुलुकमा तयार गरि व्यापाकता दिन सक्ने हो भने देश चलाउन विदेशीसंग भिख मान्नु पर्दैन ।हाम्रा उत्पादनको खोजी उनीहरु गर्न वाध्य हुँनुछन् ।
हामीले हाम्रो उत्पादन क्षमताको सदुपयोग गर्न व्यवस्थापन नहुँदा हाम्रा लाखौ लाख युवा जनशक्ति विदेश पलायन भएर उनीहरुको रेमिटयान्सको भरमा देश चलाउने र रमाउने हाम्रा राजनेताहरुका कारण हामी सम्पन्न हूदाहुदै विपन्न र अपमानित हुनु परेको हो । अब त्यसो हुन नदिन केही सम्भव विषयमा हाम्रो ध्यान पुग्नै पर्छ ।

अव के गर्ने त हामी ले ?
कर्णाली लगायत देशभरको साधनश्रोतको उपयोगमा आम धारणा बनाउनका लागि हामीहरुले सम्भाव्यताको गहिरो अध्ययन आ—आफनो क्षेत्रबाट गर्नु पर्छ । स्वाभिमान, स्वाधीनता प्रेमी एवम् देशभक्त नागरिकहरुले संगठित भई आÇनो व्यवसाय वा पेशाको नेतृत्व आफैलै गर्दै यहाँभएका प्रकृतिले हामीलाई दिएका बरदानहरु (प्राकृतिक सम्पदाहरु), अपार जलश्रोतको भण्डार,बहुमूल्य जडिबुटी खेतीका लागि उपयुक्त यहाँको हावापानी, पर्यटकीय स्थल , मनोहर दृश्यहरु , फलफुल उत्पादन , पशुपालन , जडिबुटी खेती आदिको अधिकतम उपयोग गर्न लागिहाल्नु पर्छ । जडिबुटी उत्पादन तथा व्यवस्थापनका लागि निम्नानुसार तत्कालीन एवम् दीर्घकालीन योजना तर्जुमा गरिहाल्नु पर्छ ः

—श्रोत साधन (जडिबुटी) को पहिचान , सम्भाव्यताको ठोस अध्ययन , अनुसन्धान , तालिम, तल्लोस्तरमा पाठयपुस्तकको तयारी,उत्पादन , संरक्षण , प्रशोधन , लागनीकर्ताको खोजी र सम्झौता,बित्तीय बैकको निमार्ण, स्थानीय तथा राष्ट्रिय बजार व्यवस्थापन , अन्तराष्ट्रिय बजारमा पहुच र सम्बन्ध विस्तार , जडिबुटी विषयका विद्यालय विश्वविद्यालयकोे स्थापना , चालु विद्यालयहरुका पाठयपुस्तकहरुमा जडिबुटी विषयको व्यवस्था , सबै जडिबुटी कृषकहरुका लागि केही समयका लागि अनुदान ,कम ब्याज दरमा कर्जा, प्रशोधनका उपकरण , आवश्यक सामग्री उपलब्ध गर्ने व्यवस्था र इमान्दार एवम् कर्मठ व्यवसायीहरुलाई उत्साहित गर्न पुरस्कार र सम्मानको व्यवस्था , एक गाउपालिका र नगरपालिकाका एक व्यवसायको निति,प्रत्यक गाउ ठाउमा सहकारी संघ संस्थाको स्थापना र सञ्चालन गर्नु पर्छ अनि हरेक व्यवसायीद्धारा उत्पादित वस्तहरुको सामुहिक संकलन भण्डारण, खरिद बिक्रिको व्यवस्था, सुरु प्रयोगशाला स्थापना , सरोकारवाला र संघ संस्थाहरुको उचित एवम् अधिकतम उपयोग गरिनु पर्छ ।
नेता कार्याकताहरुले पनि काम गरि खाने होः
— मुलुकका राजनैतिक दलका नेता, कार्यकर्ताहरुलाई श्रम गरेर खान प्रेरित गराउनु पर्छ । दलहरुले आ—आफनो दलमा विभिन्न सम्भाव्य उत्पादन र बजारीकरणका सम्बन्धमा प्रशिक्षण गराउनुु पर्छ । अब दलहरुले भाषण गरेर ,आश्वाशन देखाएर पार्टी सगठन गर्ने पुरानै व्यवहार दोहोरयाउन थाल्यौ भने हामीमा कुनै नयाँपन आउने छैन । त्यसैले न्युनतम् पनि १०—१५ बर्षसम्म मुुलुक भित्र विकेन्द्रित साधन—श्रोत र जनशक्तिलाई केन्द्रित गरेर श्रममुखी ,उत्पादनमुखी बाहिरको सिप र अनुभवलाई स्वदेशमुखी बनाउन सकेमा मात्रै मुलुकले परनिर्भरताबाट मुक्ति पाउन सकिन्छ । हामी नेता कार्यकर्ताले मात्रै रोजगार सृर्जना गर्न सक्यौ र हामी रोजगारमुखी भयौ भने हामीबाट जनता र वेरोजगार युवाले सिक्नेछन् । अनि भन्ने छन् । नेता र दलहरु सुध्रिए छन । हामी जनता पनि रोजगारमुखी बन्नौ । अरुको मुख ताक्ने होईन , आफै श्रम गरेर बाँच्चौ । अरुको श्रम मिठो हँदैन । आफनै श्रम मिठो हँन्छ भन्ने उदाहरण दल र नेताहरुबाटै शुरु हँनु पर्छ । अब गफ गरेर। भुट्टा आश्वाशन बाँडेर ,लोभलालच देखाएर ,तडकभड्क गरेर, न देश बन्छ ,न त पार्टी नै बलियो हँुन जान्छ ।त्यसैले नेताहरुले पनि काम गरेर खाने, कार्यकर्ताले पनि काम गरेर खाने र जनताले पनि काम गरेर खान सिके पछि मात्र श्रममा समानता र सुन्तुलन आउन्छ । त्यति वेला मात्रै सबै बराबर समान अभियान्ता भन्न सकिन्छ । काम सबैले आफना क्षमता र अनुभव अनुसार अर्थात सिप अनुसार गर्ने वातावरण बनाउनु पर्छ । सधै चन्दा,लेभी र प्रवेश शूल्कले मात्रै पार्टी र देश चल्दैन । अब सबै आदेशकर्ता होईन,पालनकर्ता बन्न सक्नु पर्छ । तब मात्र हाम्रो मार्ग वा उद्धेश्यले सार्थक परिणाम पाउन सकिन्छ । अन्यथा गफ र कागजी वहसले कुनै सार्थकता पाउन सक्ने देखि दैन ।आत्मरतिले मात्रै कुनै सार्थक परिणाम पाउन सकिेने छैन । व्यवहार मै सम्भावनाहरुको खोजी गदै समयमा फड्को मार्ने आयोजना बनाएर कार्यान्वयनमा जाने प्रयास नै सफल प्रयास हुन्छ । आ विचारको प्रचारको आदर्शले मात्रै मुलुक आफै आर्थिक विकास र समृद्धि हुन सक्दैन । विचार प्रचारको आदर्शले मात्रै कुनै पनि मुलुक वा विश्व समृद्ध हुनु भए कार्लमाक्सले आजभन्दा झण्डै द्द सय बर्ष पहिले दाशक्यापिटल नामक किताब नै प्रचारमा ल्याएका थिए । जर्मन मै उनको विचार कार्यान्वयन हुन सकेन ,त्यसैले मुलुकले आर्थिक विकास र समृद्धिको फड्को मार्न साना भन्दा साना व्यवहारिक कार्यक्रम र क्षेत्र केन्द्ति नमुना कार्यक्रम र सगठनको आवश्यक छ ।

लेखकः अधिवक्ता ,पत्रकार तथा नयाँ शक्तिका केन्द्रिय नेता हुनु ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस