जुम्लामा ११४ जना कोरोना संक्रमित निको भए


जुम्ला ः देशभरसहित जुम्लामा पनि फैलिएको दोस्रो लहरको कोरोना संक्रमणबाट संक्रमित भएका ११४ जना निको भएर घर फर्किएका छन् ।
बैशाख पहिलो सातादेखि हालसम्म कोरोना संक्रमितको सख्या ३११ पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाले ६ जेठमा सार्वजनिक गरेको तथ्यांक उल्लेख गरिएका छ ।

यसमध्ये ११४ जनालाई निको भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने यहाँ १९७ जना सक्रिय संक्रमित रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा २१ जना संक्रमितको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस