
सागर परियार ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला दोस्रो लहरको कोभिड रोकथाम तथा नियन्त्रणका लागि सबैको भरोसाको केन्द्र बन्दै गएको छ । दोस्रो लहरको संक्रमण रोकथामका लागि कर्णाली प्रतिष्ठानले कर्णालीका विभिन्न जिल्लामन विषशज्ञ चिकित्सक परिचालन गरेको छ ।
साविक कर्णालीको मुगु,कालिकोट,हुम्ला, डोल्पा र जुम्लाका आठै स्थानीयतह, पश्चिम रुकुम र बाँके जिल्लामा कर्णालीमा उत्पादित विज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी उपचारका लागि परिचालन गरिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा.रमेश भट्टराई कोरोना विरुद्धको लडाईमा कर्णाली प्रतिष्ठानको झण्डै दुई दर्जन जनशक्ति परिचालन भएको बताउँछन । उहाँका अनुसार कर्णालीको मुगुमा सहायक प्रध्यापक डा.सिद्धार्थ ध्वज खाती र मेडिकल अधिकृत डा. रेखा कार्की खटिएका छन ।
कालिकोटमा सहायक प्रध्यापक डा. रिबिन खापुङ र डा.सुबि बस्न्यात,हुम्लामा सहायक प्रध्यापक डा।माणिक न्यौपाने र ओटि सहायक राजबहादुर खत्री,डोल्पामा लेक्चर डा.अभिसेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिएका छन ।
यसैगरी पश्चिम रुकुममा सह प्रध्यापक डा.अनुप मंगल समाल र लेक्चर सिला थापा खटिएका छन । बाँकेमा सह प्रध्यापक प्रविण गिरीको नेतृत्वमा ६ जनाको चिकित्सक टोली पठाइएको छ । प्रतिष्ठानले जुम्लाका सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एक एक जना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ ।
पहिलो लहरको कोरोना नियन्त्रण र उपचारमा राम्रो भुमिका निर्वाह गरिरहेको कर्णाली प्रतिष्ठानले दोस्रो लहरमा पनि आफुलाई अब्बल सावित गर्न कसरत गरिरहेको छ । प्रवक्ता डा। रमेश भट्टराईले कोरोना नियन्त्रण र उपचारमा कुनै कसुर बाँकी नरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“पहिले सामान्य उपचारका लागि भौतारिने कर्णालीले अहिले कोरोना महामारीको समयमा देशकै भरोसाको केन्द्रका रुपमा आफुलाई विकास गरेको छ ।”
प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसियु,२४ बेडको एचडियु,तथा ८४ शैया गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. राजिव शाहले बताउनुभयो । हाल अक्सिजन प्लान्टबाट र ११० अक्सिजन सिलिण्डरले अक्जिसनको व्यवस्थापन भइरहेको छ ।
भने, विरामीको चाप बढ्दो क्रममा छ, उहाँले भन्नुभयो,“प्रदेश सरकार संग समन्वय गरेर थप ३६० सिलिण्डर खरिद प्रक्रिया शुरु भइसकेको छ । केन्द्र सरकार संगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरि अक्सिजनको व्यवस्थापन गर्न लागि परेको छ ।”
प्रतिष्ठानले पिसिआर जाँच, गाउँगाउँमा चिकित्सक खटाउने कार्यलाई निरन्तरता दिइरहेको छ ।