जुम्लामा हाल सम्म ११६ जना कोरोना मुक्त

जुम्ला ।

 प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार ११६ जना संक्रमिले कोरोना जितेर घर फर्किएका छन । बैशाख ८ गतेदेखि हाल सम्म ३२१ जना संक्रमित भएकोमा ११६ जना संक्रमितले कोरोना जितेका हुन । कोरोना संक्रमित थपिदँै गएपछि निको भएर घर फर्किनेको संख्या पनि राम्रै देखिएको छ ।

शुक्रवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५१ जनाले पिसिआर परिक्षण गरेकोमा १२ जनामा पोजेटिभ देखिएको थियो । ३९ जनाको नेगेटिभ रिर्पोट आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

यसैगरी ८४ जनाले एन्टीजेन परिक्षण गरेकोमा सबैको रिर्पोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार २३ जना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस