रुपान्तरित विकृती र समाधानका उपाय


नन्दराज आर्चाय जुम्ला । “हिस्टेरिया” शब्दको उत्पत्ति आजभन्दा झण्डै दुई हजार वर्ष पहिले भएको हो । त्यत्तिबेला महिलाहरुमा अचानक बेहोस हुने, हात खुट्टा लल्याक लुलुक हुने, दाँत टम्म कस्सिएको हुने आदि समस्या देखियो । त्यस समयमा यस्तो समस्यालाई महिलाहरुको यौन समस्यासँग तुलना गरेर हेरियो । यही भएर त्यसलाई ग्रीक चिकित्सक हिप्पोक्रेटस ९ज्ष्उउयअचबतभक० ले हिस्टेरिया भनी नामाकरण गरे । जुन आजसम्म पनि प्रचलनमा छ ।

हजारौं वर्षसम्म यो समस्यालाई महिलाहरुको समस्याको रुपमा मात्र हेरियो । तर, समयको परिवर्तनसँगै यो समस्या रजश्वला शुरु नभएका केटीहरुमा, रजश्वला रोकिइसकेका महिलाहरु र पुरुषहरुमा समेत भेटिन थाल्यो । जसकारण पहिलेको तथ्यमा प्रश्न चिन्ह लाग्यो । यस विषयमा गरिएका अनुसन्धानले के देखाएको छ भने हिस्टेरिया ल्याटिन शब्द हो । ल्याटिन भाषामा हिस्टेरिया महिलाको यौन प्रजनन अंग पाठेघर ९ग्तभचगक० सँग सम्बन्धित छ ।

त्यही आधारमा यसलाई हिस्टेरिया भनियो । तर, आजभोलि यो समस्या महिला पुरुष सबैलाई हुने तथ्य भेटिएपछि मानसिक रोगको वर्गिकरणमा हिस्टेरियाको साटो रुपान्तरित विकृती  भनिन्छ ।
अनुसन्धानकर्ताका अनुसार रुपान्तरित विकृतीको यौनसँग कुनै सोझो सम्बन्ध छैन । खासमा यो समस्या तनावसँग सम्बन्धित छ । तनाव नभई रुपान्तरित विकृती हुँदैन र हुन पनि सक्दैन । तनावको प्रकार जस्तो पनि हुन सक्छ । पढाईको तनाव, नाता सम्बन्धको तनाव, ईज्जतको तनाव, आर्थिक तनाव, पारिवारिक तनाव आदि । यौनसम्बन्धी समस्याले पनि तनाव उत्पन्न गर्न सक्दछ ।

तनावले व्यक्तिलाई भित्रभित्रै पिरोलिरहेको हुन्छ । उसले तनावको असर सहजै व्यक्त गर्न नसकेपछि अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रुपमा परिवर्तन ९ऋयलखभचत० हुने हुनाले आजकाल यस समस्यालाई रुपान्तरित विकृती ९ऋयलखभचकष्यल मष्कयचमभच० भनिन्छ । वास्तवमा अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रुपमा प्रकट हुने अवस्था नै रुपान्तरित विकृती हो ।

यसरी मानसिक तनावको परिणामस्वरुप शरीरले देखाएको प्रतिक्रियाको रुप नै रुपान्तरित विकृती हो । जसअनुरुप यसका लक्षणहरु फरक फरक हुन सक्छन् । खासगरी रुने, कराउने, चिच्याउने, बेहोस भएर ढल्ने, आँखा झिमझिम गर्ने आदि सामान्य लक्षणहरु हुन् । यहाँसम्म कि देवी देवता बनेर काँप्ने, बक्ने आदि पनि हुन सक्छ ।

के हो त कारण ?
हाम्रो समुदायमा यस्तो समस्या देखिएमा कतै “देवी, देवता र भुत लागेको” त कतै “कलि लागेको” भन्ने गरिन्छ । तर, वास्तवमा के कारणले यसो भइरहेको छ भनेर सोंच्ने कसरत शायदै कम गरिन्छ । केही मानिसहरु आफ्ना समस्या तथा तनावीय अवस्थाहरु अरुलाई खुलेर भन्न सक्दैनन् । आपूmलाई केही परिआउला भन्ने कुराले उनीहरु डराइरहेका हुन्छन् । सबैलाई जस्तै उनीहरुलाई पनि मनमा अशान्ति, छटपटी, बेचैनी भए त्यसबारे कुरा गर्नु पर्छ भन्ने कुरा थाहा हुँदैन ।

आफ्नो पीर मर्का बारे अरुले थाहा पाउन् र आपूmलाई सहानुभूति देउन् र सहयोग गरुन् भन्ने सोंच्दछन् । यस्ता ब्यक्तिहरु बाहिरी वातावरणबाट चाँडै बिचलित हुने हुन्छन् । यस्ता मानिसहरुमा अरु रोगझै विभिन्न शारीरिक समस्याहरु देखा पर्न सक्छन् तर यी समस्याका लागि भने कुनै शारीरिक कारण भने हुँदैन । आफ्ना भावनात्मक समस्याहरु व्यक्त गर्न नसकी शारीरिक रुपमा ब्यक्त गर्ने गर्दछन् । परिणामरुवरुप रुपान्तरित विकृती हुन्छ ।

यस्तै रुपान्तरित विकृती हुनुमा ब्यक्तित्वले पनि ठूलो भूमिका खेलेको हुन्छ भन्नुहुन्छ, मनोचिकित्सकहरु । “व्यक्तिहरुले एकै प्रकारको तनावलाई आ–आफ्नो ढङ्गले ग्रहण गरेका हुन्छन्, बहुर्मुखि स्वभाव भएका ब्यक्तिहरुले तनावबारे अरुसँग खुलेर छलफल गरी समाधानका उपाय खोज्न सक्छन् तर, यसको ठीक विपरित अन्तरमुखी स्वभाव भएका ब्यक्तिहरु आफ्ना मनका कुरा मनभित्रै गुम्स्याएर राख्छन् ।” मनोचिकित्सक भन्नुहुन्छ “उनीहरु अरुबाट प्रसंशा बढी खोज्ने र अरुले आफूलाई ध्यान दिउन् भन्ने सोंचाई राख्छन् ।” यसका साथै कुनै पनि नौलो परिस्थितिमा छिटै बिचलित हुनेहरु पनि रुपान्तरित विकृतीको शिकार हुन पुग्छन् ।

रुपान्तरित विकृतीको उमेरसँग पनि सम्बन्ध छ । जब तनावयुक्त वातावरणमा पाइला टेक्ने उमेरमा पुग्दछ अर्थात् किशोरावस्थामा प्रवेश गर्दछ, रुपान्तरित विकृती पनि त्यही उमेरदेखि शुरु हुन्छ । किनभने यही “टिनएज” मा नै मानिसहरु अनेक तनावबाट गुज्रिन पुग्छन् । उनीहरुले पढाईको तनाव, प्रेम सम्बन्धको तनाव आदि बढी नै झेल्नु पर्ने हुन्छ । उनीहरुले तनावलाई सहजै व्यवस्थापन गर्न सकेनन् भने पनि रुपान्तरित विकृती हुन सक्छ ।

रुपान्तरित विकृती कहिलेकाहीं एक जनाभन्दा बढी वा सामूहिक रुपमा पनि हुन सक्दछ । यस्तो अवस्थालाई सामूहिक रुपान्तरित विकृती ९ःबकक अयलखभचकष्यल मष्कयचमभच० भनिन्छ । विद्यालय, छात्रावास जहाँ किशोर किशारीहरु समूहमा रहन्छन् । उनीहरुको भावनात्मक सम्बन्धका कारण एक जनालाई रुपान्तरित विकृती भयो भने अरुहरुलाई डर त्रासका कारण यो समस्या समूहमा उत्पन्न हुन्छ । केलाउँदै जाने हो भने सो समूहमा एक यस्तो व्यक्ति भेटिन्छ, जो कुनै तनावले ग्रस्त भएको हुन्छ र रुपान्तरित विकृती हुने प्रथम व्यक्ति हुन्छ । उसलाई रुपान्तरित विकृती भएपछि अन्य मास पनि हुन थालेको भेटिन्छ ।

कमजोर आत्मबल र मलाई पनि हुन्छ कि भन्ने सोंच्नेहरु पनि बेहोस हुन थाल्छन् । त्यसकारण यसलाई कुनै सरुवा रोग पो हो कि भन्ने चलन पनि हाम्रो समुदायमा छ । वास्तवमा यो कुनै सरुवा रोग वा शारीरिक रोग नभई नितान्त भावनात्मक समस्या हो, मानसिक समस्या हो । तर, कहिलेकाहीं शारीरिक समस्याका कारण पनि यस्तो हुन सक्छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीकहाँ जाँच गराएर शारीरिक समस्या वा मानसिक तनावको परिणाम के हो, निक्र्यौल गर्नु पर्छ ।

किन महिलामा बढी त ?
पुरुषमा पनि रुपान्तरित विकृती हुन्छ । तर, तुलनात्मक रुपमा हेर्दा पुरुषभन्दा महिलामा बढी देखिन्छ । अन्य विकसित मुलुकको तुलनामा नेपालमा यसो हुनु स्वभाविक पनि हो । यसलाई लैंगिक भन्दा पनि महिलाहरुको सामाजिक र मनोवैज्ञानिक अवस्थालाई विश्लेषण गर्न आवश्यक छ । नेपालका सबै ठाउँ र अवस्थामा नारीको भावनालाई खुलेर राख्ने वातावरण अझै तयार भइसकेको छैन । त्यसैले उनीहरु खुलेर बोल्न सक्दैनन् । उनीहरु मनका पीडा, वेदना अनि व्यथाहरु मनभित्रै गुम्स्याएर राख्न बाध्य छन् ।  यसो हुनाले पनि महिलाहरुमा यो समस्या बढी देखिएको पाइन्छ । तर, यसको अर्थ पुरुषमा चाहीं हुँदैन भन्न खोजिएको पटक्कै होइन ।

रुपान्तरित विकृती र मानसिक रोग ः
रुपान्तरित विकृतीको अन्य मानसिक रोगसँग गहिरो सम्बन्ध छ । यही भएर विश्व स्वास्थ्य संगठनले यसलाई कम कडा खाले मानसिक रोगको सूचिमा राखेको छ । यदि रुपान्तरित विकृतीको समयमै समाधान नभएमा व्यक्तिमा हिनताबोध उत्पन्न हुने, आत्मबल कमजोर भएर जानेदेखि विभिन्न प्रकारका मानसिक रोगहरु – डिप्रेसन, एङजाइटी आदि हुन सक्छ ।

समाधानको उपाय ः
रुपान्तरित विकृतीलाई “विवाह” सँग जोडेर हेर्ने प्रचलन हाम्रो समुदायमा व्याप्त छ । विवाह गरिदियो भने ठीक भइहाल्छ भन्ने मानसिकता छ । तर, रुपान्तरित विकृतीको विवाह र यौनसँग कुनै सम्बन्ध छैन । यो मनोसामाजिक सहयोग अन्तर्गत काम गर्ने सिलसिलामा जुम्ला जिल्लामा केही व्यक्तिगत र केही विद्यालयमा सामूहिक रुपान्तरित विकृतीको समस्याले पिरोलिरहेको भेटिएको छ । त्यसकारण यसको नियन्त्रणका लागि कुशल हेरविचार र भावनात्मक सहयोग आवश्यक हुन्छ ।\

बेहोस (विरामी) ले छोएको बेला विरामीलाई नोक्सान पुग्ने वस्तुहरु नजिक नराख्ने, अप्रत्यक्ष रुपमा विरामीको ध्यान दिई राख्ने, कोठा खुला राख्नु पर्छ । चोट नलाग्ने तरिकाले आराम गर्न दिनु पर्छ । केही बेरपछि उसलाई विस्तारै होस आउँछ । होसमा आएपछि विरामीको समस्या ध्यान पूर्वक सुन्ने र बुझ्ने, रोगीको समस्यालाई बुझेर ढाडस दिने, ऊ प्रति जहिले पनि सकारात्मक व्यवहार गर्ने, विरामीको विश्वासलाई प्राथमिकता दिने, जति सक्दो छिटो मनोबैज्ञानिक विमर्शकर्ताकहाँ सिफारिस गर्ने, लगातार कडा लक्षण देखाईरहेमा अस्पताल पठाउन उपयुक्त हुन्छ । यो रोगको निदान भनेको तनावको कारण पत्ता लगाई त्यसमा सबैले ख्याल गर्नु हो । ख्याल गरौं, विरामीलाई कुटपिट गर्ने, गाली गलौज गर्ने र दुव्र्यवहार गर्ने जस्ता नकारात्मक व्यवहार कहिल्यै नगरौं ।

रुपान्तरित विकृतीको नियन्त्रणका लागि कुनै औषधी प्रयोग गर्नु पर्दैन । किनभने यो कुनै शारीरिक रोग नभई व्यक्तिको भावनासँग गाँस्सिएको हुनाले भावनात्मक समस्या पत्ता लगाई यसको निदान गर्न सके राम्रो उपचार त्यही हुनेछ । तनावको निदान नभए रुपान्तरित विकृतीका लक्षणहरु बल्झिन सक्छ । निदानको लागि पहिचान आवश्यक छ । पहिचान त्यत्ति सजिलो नहुन सक्छ । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरुद्वारा पहिचान तथा निदान सम्भव छ ।

तपाईको प्रतिक्रिया