
जुम्ला ः जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुर्खेतका एक संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ सुर्खेत चौकुने गाउँपालिका – १० का ३८ वर्षीय जगत बहादुर शाहीको आइतबार विहान कोरोना संक्रमणका कारण मृत्यु भएको हो । १० देखि अस्पतालमा उपचाररथ थिए ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीका बाहिर जिल्लाका जुम्ला अस्पतालमा कोरोना संक्रमणका कारण मुत्यु भएको दोस्रो घटना हो ।
यसअघि जुम्ला अस्पतालमा कालिकोट तिलागुफा नगरपालिका – ३ का ६७ वर्षीय सिंहबहादुर शाहीको मुत्यु भएको थियो । नन्दावक्स गण जुम्लाका गणपति दिवाकर रायमाँझीका अनुसार जुम्ला अस्पतालमा दोस्रो पटक मृत्यु भएका कोरोना संक्रमितको शव यहाँको चन्दननाथ नगरपालिका १ दानसाँघुमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ ।
यसअघि शवघाटको व्यवस्थापन नहुदा संम्बन्धित जिल्लामा शव लिनु परेको थियो । उनले भने जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यहाँको चन्दननाथ नगरपालिका – १ को दानसाँघु र ९ नम्बर वडाको गमगाडमा शवघाट तोकेपछि सहज भएको हो । शव जलाउनका लागि भिडिजन वन कार्यालय जुम्लाले दाउराको व्यवस्थापन गरेको हो ।