
जुम्ला ः प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटनको विरुद्ध जुम्लाका चार राजनीतिक दलले विरोध जनएका छन् । यहाँका राजनीतिक दलले प्रेस विज्ञप्ती जारी गरी संसद विघटनको विरोध जनाएको हुन् ।
संसद विघटनका असंवैधानिक भएको भन्दै जुम्लाका चार राजनैतिक दलले बिज्ञप्ति जारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले माधव नेपाल समुह, नेकपा माओवादी र जसपा नेपालले एक विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन् । दलहरुले प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधानको उलंघन गरेको विज्ञप्ति मा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस जुम्लाका सभापति दिपबहादुर शाही, नेकपा माओवादी केन्द्रका अध्यक्ष विरबहादुर कुँवर, नेकपा एमालेका अध्यक्ष तिर्थ बहादुर बुढा र जसपा जिल्ला अध्यक्ष उमाशंकर न्यौपानेको हस्ताक्षरित विज्ञप्तिमा १४९ सांसदको हस्ताक्षर सहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेपनि संवैधानिक दायित्व निर्वाह नगरिएको बताईएको छ ।
यसैगरी निर्वाचनको नाटक रचेर कोरोनाबाट आक्रान्त देशवासीको जीवनलाई झन गम्भिर संकटमा धकेलिएको छ । संसद विघटनको यस प्रतिगामी कदमको विरोध गर्न चार विपक्षी दलको केन्द्रीय निर्णयलाई स्वागत गर्दै सशक्त विरोध गर्ने नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष विरबहादुर कुवँरले बताए ।