आगामी बजेटमा सरकारले‘कर्णालीको सडक स्वास्थ्य र विद्युतमा’ प्रथामिकता दिनुपर्छःरजिष्टार काफ्ले

सागर परियार ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लले नेपाल सरकारको आगामी आवको बजेटमा कर्णालीको सडक स्वास्थ्य र विद्युत क्षेत्र विशेष प्रथामिकतामा हुनुपर्ने बताए । उनले भने,“नयाँ बजेट मार्फत मृत्यु मार्ग भनेर चिनिने कर्णाली राजमार्ग दुईलेन बनाउनुर्पछ ।

भने कर्णालीका प्रत्यक जिल्लामा ५० बेडको अस्पताल बनाउने नीतिलाई पुर्णता दिनुपर्छ । साथै कर्णालीका ९५ प्रतिशत नागरिक अझै अन्धकार भएकोले राष्ट्यि प्रशारण लाईन विस्तारमा जोड दिनुपर्ने बताए ।

सडक पूर्वाधार मजबुद नहुँदा पर्यटकलाई सास्ती छ । विद्युत नहुँदा उद्योग कलकारखा संचालन हुन सकेका छैनन् । जसले गर्दा लाखौ यूवा पलायन हुन बाध्य छन् । त्यसैले कर्णालीका सबै जिल्लामा विद्युत पहुँच पुराउने बजेट ल्याउनुपर्छ ।

रजिष्टार काफ्लले थपे,“सबै योजना बहुवर्षिय रुपमा संचालन हुनेगरी बजेट व्यवस्था गरेर कर्णाली राजमार्ग दुईलेन,जिल्ला जोड्ने सडक कालोपत्रे र कर्णालीका सबै जिल्लामा ५० बेडको अस्पताल निर्माण र राष्ट्यि प्रशारण लाईन माथिल्लो कर्णालीमा पुराउने कुरा नेपाल सरकारको बजेट र नीति कार्यक्रममा आउनुपर्छ ।”

एकातर्फ कोभिड रोकथाम,अर्कोतर्फ घोषित चुनाव सम्पन्न गराउनुपर्ने र बजेट कार्यान्वयन गर्नुपर्ने हालको काम चलाउ सरकार संग चुनौती छन् । त्यसैले धेरै महोत्वकाँक्षी नीति र बजेट भन्दा दुर्गम कर्णालीको स्वास्थ्य,शिक्षा, सडक विद्युतमा टेवा पुग्ने नीति कार्यक्रम र बजेट ल्याउन समेत रजिष्टार काफ्लेको माग छ ।

साथै,जुम्ला विमानस्थल विस्तार,रिफियूल सेन्टर स्थापना तथा जुम्ला रारा केवल कार र विद्युत निर्माण लागि समेत विशेष प्याकेज सहित कर्णालका लागि बजेटको व्यवस्था हुनुपर्छ ।

महामारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले समग्र कर्णालीलाई उपचार र भरोसा दिएपनि संघियताको मर्म अनुरुप प्रत्यक जिल्लामा ५० शैयाको अस्पताल अनिवार्य बनाउन सरकारको नीति कार्यक्रम केन्द्रित हुनुपर्नेमा जोड दिए ।

साथै कर्णालीमा उच्च शिक्षाका नाममा सबै विद्यालयमा डिप्लोतहमा मात्रै पढाई भईरहेकोले ब्याचुलर लेवलका कार्यक्रम संचालन गर्न समेत सरकारले जोड दिनुपर्छ ।

अझै पिठ्युमा भारी बोक्नु पर्ने,महामारीमा ज्यान जोगाउन ९÷१० लाख भाडा तिरेर सुगममा जानुपर्ने माथिल्लो कर्णालीका नागरिकको बाध्यता छ । खुसी नेपाली सृमद्ध नेपालका राष्ट्यि आकांक्ष पुरा गर्न कर्णालीको सडक,स्वास्थ्य, विद्युत तथा पर्यटन क्षेत्रको पूर्वाधार विकासमा राहत पुग्ने बजेट ल्याउन रजिष्टार काफ्लेको आग्रह छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस