कोरोना संक्रमणबाट पहिलो पटक जुम्ली नागरिकको मृत्यु

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ । जुम्ला हिमा गाउँपालिका ७ निबासी ५७ बर्षिय एक पुरुषको मृत्यु भएको हो

दम रोगले ग्रसित उनी जेठ ९ गते अस्पतालमा भर्ना भएका थिए । कोरोनो पोजेटिभ देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइराखेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले कर्णाली अस्पतालमा उपचार गराइरहेका ५७ बर्षिय संक्रमितको मृत्यु भएको जानकारी दिए ।

उनले भने,‘दम रोगले ग्रसित ५७ बर्षिय बिरामी सिकिस्त अवस्थामा अस्पताल ल्याउनुभएको थियो । भेण्टिलेटर उपचार गर्दा गर्दै मृत्यु भयो । प्रवक्ता भट्टराईका अनुसार विहान साढे ५ बजेतिर संक्रमितको मृत्यु भएको हो ।
अहिले एक जना कालिकोटको संक्रमितकोको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोछ । यसअघि कर्णाली अस्पतालमा उपचार गराइरहेका कालिकोट तिला गुफाका २ जना र सुर्खेतको एक जना गरि तीन जनाको मृत्यु भइसकेको थियो ।

जुम्लामा पहिलो चरणको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको थियो । दोस्रो लहरको कोरोना संक्रमणबाट हाल सम्म जुम्लमा ४ जनाको मृत्यु भएको छ । यसअघि मृत्यु भएका तीनै जना मध्य २ जना कालिकोट र एक जना सुर्खेतका संक्रमितमा जुम्ला अस्पतालमा उपचारथ हुनुहुन्थ्यो ।
कोरोना संक्रमणबाट पहिलो पटक जुम्ली नागरिकको मृत्यु भएपनि जुम्लाी नागरिक त्रसित भएका छन् । संक्रमण दर फैलिदो क्रममा रहेकोले निषेधाज्ञाको पालना संगै स्वास्थ्य मापदण्ड समेत अपनाउन आबश्यक छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस