नेपालको २०७६/७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । चालुमा ४.०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।
यसअघि केन्द्रिय तथ्याङ्क विभागले चालु आवमा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । त्यसअघि बजेट ७ प्रतिशतको हारामारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।
कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले निषेधाज्ञा अघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो गति लिएको दावी गर्दै अहिले त्यसले समस्या पैदा गरेको बताए ।
‘मध्यावधि समीक्षामा करिब ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौं, तर निषेधाज्ञाले समस्या गर्यो, उनले भने ।