सिँजा गाउँपालिकाका १३३ किसानलाई उन्नत बाख्रा

सागर परियार ।
जुम्लाको सिँजा गाउँपालिकाले किसानलाई उन्नत जातका विउ बाख्रा वितरण गरेको छ । किसानको जीवनस्तर उकास्न तथा व्यवसायीक बाख्रापालन बढाएर आम्दानी बढाउन किसानलाई उन्नत बाख्रा वितरण गरिएको हो ।

पुर्खेउली रुपमा पहिलेदेखि बाख्रापालन गर्दै आएका किसानलाई व्यवसायी बनाउन थप उन्नत बाख्रा वितरण गरिएको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“व्यवसाय प्रर्बद्धन संगै किसानलाई प्रोत्साहित गर्न बाख्रा दिइएका हौ । सिँजा क्षेत्र बाख्रापालनको लागि अनुकुल क्षेत्र हो । यहाँ चरन क्षेत्र र बाख्रापालनप्रति स्थानीयको आर्कषण भएकोले पनि बाख्रा पालन व्यवसायीक बन्ने आशा छ ।”

पहिलो चरणमा सिंजा गाउँपालिका ६ मा सक्रिय व्यवसायिक १ सय ३३ जना किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको अध्यक्ष रावलको भनाई छ । उहाँका सिंजाका रुघा,काँडागाउ,भाँडगाउ १ सय ३३ किसान लाई ५ ÷५ वटा बाख्रा दिइएको हो ।

१ सय ३३ जना किसालाई प्रति किसान ५÷५ वटा बाख्राका दरले पहिलोे चरणका ६ सय ६५ वटा बाख्रा बाँडिएको पशु शाखा संयोजक मित्रलाल धितालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“कोरोनाले गर्दा सबै व्यवसाय ठप्प छ ।

प्राकृति विपत्तीले गर्दा विगतमा सयौ भेडाबाख्रा मर्दै आएका छन् । किसानलाई राहत संगै आय–आर्जन बृद्धि गर्ने उद्देश्यल अति गरिब तथा विपन्न व्यवसायीक किसान छनौट गरी बाख्रा दिइएको हो ।”

किसानका घरमै पुगेर ५÷५ वटा बाख्रा दिँदा किसान खुसी भएका छन् । किसानको जीवनस्तर उकास्न तथा चरण क्षेत्रअनुसार बाख्रा पालनलाई व्यवसायीक बनाउन सिंजामा भेडा पालनलाई बढवा दिएकोमा एक किसानले खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस