
सागर परियार ।
जुम्ला सदरमुकाम खलंगामा रहेको ईन्टरलक ईट्टा उद्योग कोरोना कहरका बीच पनि स्वास्थ्य सावधानी अपनाएर नियमित संचालन भईरहेको छ । स्थानीय स्रोत साधनबाटै जुम्लामै ईट्टा उत्पादन हुने भएकोले कोरोना रोकथामका लागि सिमा नाका बन्द भएपनि पनि (एम्स मल्टि म्यानुफ्याक्चरिङ कम्पन्नी) द्धारा संचालित ईन्टरलक इट्टा उद्योग,ग्रिल उद्योग नियमित संचालन भईरहेको हो ।
पछिल्लो समय ईन्टरलक ईट्टाबाट घर निर्माण गर्नेहरुको संख्यामा उल्लेखीय बृद्धि हुदै भएपनि माग पनि बढ्दै गएको छ । उद्योगका सञ्चालक मनोज बुढाथोकी मगर भन्छन,“स्थानीय स्रोतको सदुपयोग गर्ने,आयातित ईट्टा विस्तापित गर्ने,पुँजी पलायन रोक्ने,रोजगारी सृजना र भुकम्प प्रतिरोधी संरचना निर्माणमा टेवा पुराउने लक्ष्यका साथ उद्योग संचालन गरिएको हो । छोटो समयमै यसको माग बृद्धि बढेपछि आम्दानी संगै रोजगारी पनि बढेको छ ।”
हाल २६ जना महिला पुरुषले कोरोना कहरका बीच पनि नियमित रोजगारी पाएका छन् ।
स्थानीय स्रोत साधनबाटै इन्टरलक इट्टा उत्पादन हुने भएकोले गत वर्षपनि उद्योग बन्द नभएको र दोस्रो लहरको कोरोनाले पनि कुनै असर नपरेको उद्योगपती बुढाथोकीमगरले बताए । भुकम्पका दृष्टीले अति जोखिममा रहेको कर्णालीमा भुकम्प प्रतिरोधी संरचना बनाउन ईन्टरलक इट्टाको प्रयोग अनिवार्य छ ।