
महन्थ ठाकुर पक्षका जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमतिपछि १० जनाको नाम बुझाइएको र आजै साँझ ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको हो ।
त्यस्तै शरद सिंह भण्डारी ऊर्जा तथा जसस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव श्रम तथा रोजगार, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी, महिला तथा बालबालिका र एकबाल मियाँ युवा तथा खेलकूद मन्त्री बन्ने सहमित भएको छ ।
चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला बालबालिका राजयमन्त्रीमा सपथ लिने जसपा ठाकुर पक्षका नेताहरुले बताएका छन् ।
आफैंले चुनाव घोषणा गरेर कामचलाऊ बनेको ओली सरकारले नयाँ मन्त्रीहरु चयन गरेको हो ।
प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार