‘न्यायपालिकालाई विघटन गर्नेतर्फ कार्यपालिका अघि बढ्यो’

काठमाडौं । वरिष्ठ अधिवक्ताहरुले कार्यापालिकाले न्यायपालिका विघटन गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्धामा सुनुवाइ गर्न वरिष्ठताका आधारमा गठित संवैधानिक इजलासमा सरकारी पक्षले आपत्ति जनाएको थियो । महान्यायाधिवक्ता रमेश बडाल स्वयंले  संसदीय सुनुवाइबाट अनुमोदन भएका न्यायाधीशहरुले संसद विघटनको मुद्दा हेर्न नमिल्ने तर्क गरेका थिए ।

रिट निवेदकको तर्फबाट बहस गरेका वकिलहरुले भने सरकारी तर्कको खण्डन गरेका छन् । अधिवक्ता टीकाराम भट्टराईले भने, ‘कार्यपालिका, न्यायपालिकालाई विघटन गर्नेतर्फ अघि बढ्यो ।’

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस