सामुहिक खानेपानी धारा व्यक्तिले हडपेपछि समस्या


जुम्ला ः सिंजा गाउँपालिका – २ चुलेलगाउँस्थित दलित बस्तीको सामुहिक खानेपानी धारा व्यक्तिले हडपेपछि बटुवादेखि समुदायलाई पानी पिउन समस्या भएको छ । ६० घरधुरी भएका गाउँबस्तीदेखि बटुवादेखि समस्यामा परेका हुन् ।
स्थानीय व्यक्ति गोविन्द्रप्रसाद आचार्यले ३० हजार सरकारी बजेटमा बनेको सामुहिक खानेपानी धारो र ट्यांकी हडपेर निजिकरण गरेको रतन वडले बताए । उनले भने यो खानेपानी धारा निजिकरण नगर्न आग्रह गर्दा पनि आयार्यले मानेका छैनन् । उक्त धारा सार्वजनिकरण गर्न स्थानीय माग गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया