
जुम्लाको चन्दननाथ नगरपालिका – ७ यहाँको सदरमुकाम खलंगा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सील गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णय अनुसार २८ जेठ बेलुका देखि सील गरेको हो ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचागाउँमा १९ जना सक्रमित छन् । त्यस्तै महत गाउँमा ६ जना संक्रमति रहेका छन् । उनीहरु सवैलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह अनुरोध गरेपछि बस्ने मानेनन् ।
उहाँले भन्नुभयोे संस्थागत आइसोलेसनमा बस्न नमानेपनि होम आइसोलेसनमा सुरक्षित बस्न आग्रह गरेका छौँ । होम आइसोलेनमा सवेका सवै जनालाई स्वास्थ्य सुरक्षा सामग्री घरमै पु¥याएको छ ।
स्थानीय यूवा विजय रावलका अनुसार गाउँमा कोरोना संक्रमण फैलिएर भयाभय स्थिति सृजना भएपछि विकास निर्माणका काम रोक्नुका साथै गाउँमा हुने भिडाभाड नगर्ने युवा परिचालन गरिएको छ । यस्तै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुका साथै संक्रमति व्यक्तिहरुको निगरानी गर्दै सुरक्षा मापदण्ड अपनाउन सुझाएको उहाँले बताउनुभयो ।
यस्तै यसअघि तातोपानी गाउँपालिका – १ राँकागाउँ र सोही गाउँपालिकाको – ६ रावतवाडा गाउँ पनि सील गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरिएको थियो ।
संक्रमितहरुको सम्र्पकमा रहेका व्यक्तिको कन्ट्रक टे«सिङ नहुन्जेलसम्म गाउँ नै सील गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयोे मावनीय लापरवाहीका कारण पछिल्लो समयमा गाउँ गाउँमा संक्रमण निकै बृद्धि भएकोले सील गर्नु परेको हो । सील गएको गाउँबाट बाहिरभित्र गर्न पाईने छैन । जिल्ला सुरक्षा समितिले प्रहरी परिचालन गरी यहाँको सुरक्षा अवस्था कडा पारिएको छ ।
अटेरी नियम उल्लघंन गरेको खण्डमा स्थानीय प्रशासन ऐन २०२८ र कोभिड संकट व्यवस्थापन आदेश २०७८ अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
८ बैशाखदेखि यता जुम्लामा कोरोना संक्रमितको संख्या ५८९ पुगेको छ । यस्तै संक्रमण मुक्त भएको संख्या ३३२ जना रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने २९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन कक्षामा उपचारतार्थ रहेका छन् ।