
जुम्ला ः नेपाली कांग्रेस पार्टी जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले हिमा गाउँपालिका विभिन्न गाउँबस्तीमा पुग्ने गरी ६ हजार एक सय मास्क वितरण गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि उनले सर्वसाधारणलाई माक्स वितरण गरेका हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट हिमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका उनले निर्वाचनमा पराजित भएका थिए । अर्काे निर्वाचनमा जीत सुनिश्चित गर्नका लागि उनले गाउँवासीको हित हुने सर्वाजनिक सेवाका काम गर्दै आएका छन् । उनले अहिले दोस्रो लहरको कोरोना संक्रमणको बेला सबै वडामा मास्क वितरण गरेको जनाएका छन् ।
‘गत वर्षको कोरोना संक्रमणका बेलामा पनि नेता शाहीले सक्रिय भुमिका खेल्दै आएका थिए । गाउँपालिका मात्र नभएर जिल्लाका अन्य स्थानीय तहमा पनि मास्क, सेनिटाइजरका साथै स्वास्थ्य सामग्री वितरण गरेका थिए । अघिल्लो बर्ष पहिलो लहरको संक्रमणको बेला पनि उनले गत वर्ष पनि झण्डै १० हजारभन्दा मास्क वितरण गरेका थिए ।
उनले भने ‘गाउँवासीलाई अप्ठेरो पर्दा निश्क्रिय भएर बस्नु हुँदैन भनेर सक्रियता बढाउदै आएको हो । कोरोना संक्रमणले देश गाउँ समाज आक्रान्त भएको बेला जसले जुन ठाउँबाट भुमिका निर्वाह गर्न सकिन्छ त्यही काम स्वास्थ्य सुरक्षाका पामदण्ड अपनाउनुका साथै सहयोग समर्थन गर्नुको विकल्प छैन ।
संक्रमणको बेला तेरो मेरो गर्ने बेला होइन । यो अहसज बेलामा कसैले पनि राजनीतिक रुपले हेर्नु हुँदैन । संकटको सामना गर्न सबै एकजुट बन्नुपर्छ’ उनले भने ‘सरकारले जति गर्नुपर्ने हो त्यो गरेन त्यसैले पनि राजनीतिक दल र व्यक्ति सक्रिय भएर जनताको जीवन बचाउनेतिर लाग्नुपर्ने बेला भएको छ ।’ उनले आवश्यकता अनुसार आगामी दिनमा पनि यस्तै प्रकारको समाजसेवा गर्ने जनाएका छन् ।