जुम्लामा एक ४३ वर्षीय पुरुषको कोरोना संक्रमणले निधन


जुम्ला ः बैशाखदेखि यता कोरोना संक्रमणका कारण जुम्लामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एक जुना पुरुषको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेण्टिलेटरमा राखेर उपचार गरेका गुठीचौर गाउँपालिका – ४ का ४३ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । उनले भने संक्रमित विरामीमा मोटोपना थियो । बचाउनका लागि धेरै प्रयास गरिएपनि सकिएन ।

यसअघि गुठीचौर गाउँपालिका – ३ की ७० वर्षीया एक महिला, तिला गाउँपालिका – १ का ७७ एक जना पुरुष, हिमा गाउँपालिका – ७ का ६७ वर्षीय एक पुरुष र तातोपानी गाउँपालिका – १ राँका गाउँकी ३५ वर्षी एक महिला मृत्यु भएको थियो । यस्तै कोरोना संक्रमित अर्का जेष्ठ नागरिकको मृत्यु भएको थियो । उनी संक्रमण मृक्त(रिपोर्ट नेगेटिभ आएपछि मृत्यु (पोष्ट कोभिड) भएका कारणले जिल्ला प्रशासन कार्यालय जुम्लाले आप्mनो प्रतिवेदनमा समेटेको छैन ।

जुम्लामा कोरोना संक्रमितको संख्या ६९६ पुगेको छ । ८ बैशाखदेखिको तथ्यांक अनुसार संक्रमति मध्ये ४७१ जना कोरोना मृक्त भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताए । उनले भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसन कक्षमा ३४ जना उपचारथ छन् ।

जिल्ला बाहिरका जुम्ला अस्पतालमा तीनको मृत्यु
यसैगरी यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बाहिर जिल्लाका ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कालिकोटका तिलागुफा–११ का ८० वर्षीय पुरुष, सुर्खेत चौकुने गाउँपालिका–१० का ३८ वर्षीय पुरुष र कालिकोट तिलागुफा नगरपालिका–३ का ६७ वर्षीय एक पुरुषको कोभिड–१९ का कारण मुत्यु भएको हो ।

 

तपाईको प्रतिक्रिया