तातोपानीका किसानलाई आधुनिक कृषि सामाग्री वितरण


सागर परियार ।


तातोपानी गाउँपालिकाका मार्सी धान रोप्ने किसानलाई जैविक मल, औजार, थ्रेसर लगायतका कृषि सामाग्री वितरण गरिएको छ । एक स्थानीयतह एक बाली उत्पादन विशेष साझेदारी कार्यक्रम अन्तरर्गत तातोपानीमा धान ब्लक कार्यक्रम संचालित छ ।

धानको उत्पादकत्व बृद्धि गर्न किसानलाई १८ लाख बराबको आबश्यक तालिम सहित कृषि सामाग्री वितरण गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने बताए ।

धान ब्लक संचालन समितिले खरिद गरेको कृषि सामाग्री आईतबार जिल्ला कृषि विकास कार्यालय,तातोपानी गाउँपालिका जनप्रतिनिधि कर्मचारी अनुगमन संगै किसानलाई वितरण गरेका छन् ।

आईतबारनै धान ब्लक संचालन समितिका सचिव नरेन्द्र खत्रीले कृषि समाग्री पालिकालाई हस्तान्तरण गरी सोहि क्रममा किसानलाई वितरण गरिएको थियो ।

जिल्ला कृषि विकास कार्यालयको ७५ प्रतिशत र पालिकाको २५ प्रतिशत लगानी गरेर करिब १८ लाख बराबरको धान ब्लक कार्यक्रम तातोपानीमा संचालन भएको छ । भने, १८ लाख मध्य १० लाख बराबरको सामाग्री खरिद भएको छ । बाँकी ब्लकमा समेटीएका तातोपानी गाउँपालिका ३ लिताकोटका ६५ जना किसानलाई तालिम अभिमुखिकरण सहित धान दिवसका लागि बजेट छुटाइएको धान ब्लक संचालक समितिका सचिव नरेन्द्र खत्रीले बताए ।

उनका अनुसार ३५ सेट सिटविन,किटबक्स ३ थान, थ्रेसर ३ थान, पाल ६० थान,जैविक मल १५० बाल्टी र बिउ ९ क्वीईन्ट कृषि सामाग्री खरिद गरिएको छ । पालिकाले आईतबार औपचारिक वितरण गरेपनि ब्लकका किसानलाई संचालन समितिले आबश्यकता अनुसार सामाग्री दिने सचिव खत्रीको भनाई छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने कृषिमा आधुनिकरण र यान्त्रीकरण बिना उत्पादन बृद्धि सम्भव नभएकोले अबको कृषि आधुनिकमैत्री हुनुपर्नेमा जोड दिए । ब्लक कार्यक्रमले कृषि बस्तुको उत्पादनमा जोड दिने उनको विश्वास छ ।

प्रदेश सरकारको एक स्थानीय तह एक बाली उत्पादन विशेष कार्यक्रम अन्तरर्गत तातोपानीमा धान ब्लक संचालन गरिएको कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत लछिराम महतले बताए ।

उनका अनुसार जुम्लाको तातोपानी र हिमा धान ब्लक,कनकासुन्दरीमा मौरी ब्लक,सिजा,गुठिचौर र तिलामा स्याउ ब्लक र चन्दननाथ र पातारासीमा आलु ब्लक कार्यक्रम संचालन भएका छन् ।

प्रत्यक स्थानीयतहलाई १४ लाख ४० हजारका दले ब्लक कार्यक्रम संचालनका लागि कृषि विकास कार्यालयले बजेट दिने र ४ लाख ३२ हजार स्थानीयतहको गरी १८ लाख बढी रकम ब्लक कार्यक्रममा लगानी भएको छ । चालु आर्थिक वर्षमा १ करोड २० लाख लगानीमा जुम्लाका आठै स्थानीयतहमा कृषि ब्लक कार्यक्रम संचालन भएको छ ।

 

 

तपाईको प्रतिक्रिया