जुम्लामा ट्याक्टरले किच्दा एक जनाको मृत्यु, एक घाईते, दोषीलाई कडा कार्बाहीको माग गर्दैै धर्ना


सागर परियार जुम्ला । जुम्लामा सोमबार ट्याक्टरले किच्दा एकजा महिलाको घटना स्थलमै मृत्यु भएको छ । भने,एक जना घाईते भएकी छन् । चन्दननाथ  गरपालिका ३ निवासी २५ वर्षिय हिरा अधिकारीको ट्याक्टरले किचेर ज्यान गएको हो । सोमबार विहानको ठिक ९ बजे छोरीकै कपला बाट्दै थिईन हिरा अधिकारी ।
छोरीलाई स्कुल पुराउन तयारी गर्ने क्रममै सदरमुकामको पुर्वबाट पश्चिम तिर जादै गरेको ना.६ त. २५७२ नम्बरको ट्याक्टरले उनकै आँखा अगाडी अन्दाजी १२ वर्षिय सविना शाहिको खुटा किचिन लाग्दा उद्धार गर्न जाने क्रममा हिरा अधिकारीले आफ्नै ज्यान गुमाईन ।

होटल व्यवसाय गर्ने उनको कालेखोली लाईनको सडकमै होटल छ । सडकको दाया पटी खुटा किचिने अबस्थामा निकाल्न जादा कसरी उनको मुत्यु भयो भन्ने विषयमा सबै अन्यौलमा छन् ।  प्रत्यक्षदर्शीका अनुसार भने, दुर्घटनामा नभई टयाक्टरले हिरा अधिकारीलाई किचेर मारेको जिकिर गरेका छन् । प्रत्यक्षदर्शी लक्ष्मीकन्या बुढा भन्छिन, बचाउन जादा कसरी ज्यान जान्छ । ट्याक्टर चालकले नियतबस दुईपटक अघिपछि गरी हिराको मृत्यु भएको उनको भनाई छ ।

बचाउन गरी उनी सहित दुई जना गाडीको तल पसिसकेको हुन सक्ने अनुमान गर्दै चालकले अर्ध मृत्यु भन्दा पुरै ज्यान ज्यान गरी नियतले किचेको अर्का प्रत्यक्ष दर्शी मनोजबुढाथोकी मगरले बताए । घाईत शाहिलाई प्रतिष्ठानले जुम्लामा उपचार नहुने भनेपछि थप उपचारका लागि सोमबारनै नेपालगन्ज लगिएको छ । भने अबस्था गम्भीर रहेको आफन्तको भनाई छ । मृत्तक २५ वर्षिय हिरा अधिकारीको पेटमा ७ महिना छोरा पनि थियो ।

जुम्ला बजार तवान ग्रष्त

हिरा अधिकारीको मृत्युको घटनाले गर्दा जुम्ला बजार पुरै तनाव ग्रष्त भएको छ । मत्तकका आफन्त छानविन नहुन्जेल सम्म धर्ना तथा विरोधका कार्यक्रमहरु जारी राख्ने भन्दै होटल, पसल तथा स्टश्नरी लगायत सबै बन्द गरेका छन् । पुरै बजार ठप्प पारिएको छ ।  भने युवा, महिलाको छुटाछुटै समुहमा प्रहरी कार्यालय तथा प्रशासन अघि धर्ना दिएका छन् । भने मृत्तकका आफन्तले ट्याक्टर चालकलाई सुरक्षा दिएको भन्दै प्रहरी कार्यालयमा ढुंगा मुडा गर्दा स्थिती नियन्त्रण बाहिर गएको थियो । ढुंगा मुडामा परि दुइर्एजना प्रहरी र केहि स्थानिय घाईते भएका छन् ।

आफन्तहरुले टयाक्टरमा आगजनी गर्ने धम्की दिएपछि अबस्था नियन्त्रण गर्न प्रहरी १०÷१२ राउण्ड असुर ग्याँस समेत प्रहार गरेको छ । दोषीलाई तत्काल कार्बाहि नभए बरु मर्नु परेपनि तयार भएकोे समेत चेतनावनी दिएका छन् ।  यता ट्याक्टर चालक बम बहादुर नेपाली अहिले प्रहरी नियन्त्रणमा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । छानविन नहुन्जेल सम्म ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहने उनको भनाई छ ।

आबेगमा आई बजार बन्द गर्नु राम्रो होईन । प्रजिअ पौडेलले भने, यसले समग्र जिल्ला बासीलाई असर पुराएको छ । तत्तकाल छानविन प्रक्रिया अघि बढाई घटनाको दाषीलाई कानुन बमोजिक कार्बाहि गर्ने बताए ।  मृत्तकका आफन्तगरेको तनाव सृजना लाई व्यवस्थापन गर्न सुरक्षा व्यवस्था निकै मजबुद पारिएको उनको भनाई छ । स्थानिय आक्रोसित हुनु स्वाभिक कुरो हो । तर स्थिती नियन्त्रण गर्न प्रहरी प्रसशान निकै लागि परि गर्ने बताइएको छ ।

जुम्लामा यो घटना गरी फागुन महिना मात्रै सवारी दुर्घटनामा परी दुई मुत्यु चार जना घाईते भएका छन् । पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना प्रति प्रहरी प्रशासनको निकै ध्यानकर्षण भएको डिएसपी डाक्टर तपन कुमार दाहालको भनाई छ ।

तपाईको प्रतिक्रिया