पर्यटन गुरुयोजना निर्माणमा पातारासीको जोड


आगाममी असार १० गते नीति कार्यक्रम तथा बजेट ल्याउनेगरी जुम्लाको पातारासाी गाउाँलिकाले गृहकार्य गरिरहेको छ । यसै सन्दर्भमा पातारासीका आगामी नीति तथा कार्यक्रम र बजेटका प्रथामिकताबा क्षेत्रका बारेमा पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाको संक्षिप्त विचार समटेका छौ ः

सागर परियार ।
जिल्लाको पुर्वमा पर्ने पातारासी गाउँपालिका कृषि,पर्यटनको विशेष सम्भावना भएको पालिका हो । जहाँ विश्वकै उच्च स्थानमा मार्सी धान फल्ने छुमचौर जिउलो, चंखेली हिमाली, पातारासी हिमाल, झरना,ताल तलैया देखि पाटन लगायतका प्राकृति पर्यटकिय सम्भावना थुप्रै छन् । पातारासी समृद्धीको सम्भावना मध्य पर्यटन क्षेत्र एक हो ।

तर प्रयाप्त लगानी र आबश्यक योजना नहुँदा पर्यटन क्षेत्रको विकासले खास्सै गती लिएको छैन् । त्यसैले गर्दा पातारासी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा पर्यटन गुरुयोजना निर्माणलाई पहिलो प्रथामिकता दिने भएको छ ।

पातारासी क्षेत्रको पर्यटन प्रर्बद्धनका साथै, रोजगारी सृजना गर्नका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन पर्यटन गुरुयोजना तयार गर्ने र सोहि अनुसारको बजेट व्यवबस्थापन गर्ने तयारीमा जुटेका छौ ।

पातारासी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले भने,“हाली यतिबेला बस्तीस्तरका योजना तर्जुमा गरिरहेका छौ । नागरिकका अभिमत बुझिरहेका छौ । सुझाब लिईरहेका छौ । बस्तीस्तरका योजना पश्चत एकिकृत योजना तर्जुमा गरी नीति तथा कार्यक्रम बनाउने छौ । पातारासीका ७ वटै वडामा कृषिका प्रचुर सम्भावना रहेका छन् । ती पर्यटन क्षेत्रबाट नागरिकले लाभ लिने,पालिकाको आर्थिक समृद्धी हुने र पर्यटकिय क्षेत्रको संरक्षण हुने गरी गुरुयोजना निर्माणमा पहिलो प्रथामिकता दिएर बजेट र नीति कार्यक्रम ल्याउने तयारी भईरहेको छ ।”

पर्यटन गुरुयोजनापछि पातारासीको प्रथामिकता भनेको कृषि, स्वास्थ्य,पूर्वाधार र शिक्षा क्षेत्र हो । करिब ४५ प्रतिशत जती मात्रै साक्षर दर रहेको पातारासीमा साक्षर दर बढाउन तथा कोरोनाले थलिएको शैक्षिक गुणस्तरलाई उकास्न टेवा पुग्नेखालको नीति र बजेटमा जोड दिने सोचमा छौ । भने, कृषिलाई यान्त्रीकरण,व्यवसायीकरण गर्न कृषिमा अनुदानमुखी संगै व्यवसायी कृृषि गर्नेलाई सहुलियत कर्जा दिने,सम्मान पुरुस्कृत गर्ने जस्तो कुरालाई पनि प्रथामिकतामा राखेका छौ ।

भने,पातारासीमा उत्पादित आलु,स्याउ, सिमि,ओखर लगायत अन्य नगदेबालीको बजारीकरणमा सहयोग पुग्ने नीति निर्माणमा जोड दिएका छौ ।
दोस्रो लहरको कोरोनाबाट आक्रान्त समुदाय र नागरिकलाई सुरक्षित राख्न औषधी उपचारलाई विश्वसनिय तथा गुणस्तरीय बनाउन स्वास्थ्य क्षेत्रमा पनि विशेष प्रथामिकता दिएर बजेट छुटाईने छ ।

भने, पातारासी क्षेत्र भौगोलिक हिसाबले विकटनै छैन् । शिक्षा,स्वास्थ्य,पर्यटन कृषि लगायत अन्य क्षेत्रको विकास पूर्वाधारको विकास बिना सम्भव छैन् । त्यसैले शिक्षा क्षेत्रका विद्यालय भवन,सामुदायिक भवन,सरकारी भवन निर्माण,स्वास्थ्य चौकी, देखि बर्थिङ सेन्टर निर्माण, पर्यटकिय पदमार्ग निर्माण,लगायतका पूर्वाधार निर्माणमा समेत उल्लेखीय बजेटको व्यवस्था हुने छ ।
विगतका वर्षमा यी क्षेत्रमा बजेट विनियोजन नभएको पनि हैन् काम पनि भएका हुन् । तर लगानी अनुसारको परिणाम अपेक्षित भन्दा कम पाइयो । त्यसैले हामीले पर्यटन गुरुयोजना मार्फत पातारासीको विकास र समृद्धीकोे ढोका खोल्ने जर्मको गरेका छौ । साथै जिल्लाकै विद्युतमा सम्पन्न पालिका पनि हो पातारासी ।

पातारासीका सबै वडामा लघुजलविद्युत छन् । विद्युतका दृष्टीले पातारासीले सदरमुकामलाईनै चुनौती दिएको छ । तर ती योजनाहरुको दिगो व्यवस्थापन तथा संचालनका लागि मर्मत सम्भार र संचारना निर्माणमा थप लगानीको आबश्यकता हामीले महसुश गरेका छौ । तसर्थ, जलविद्युत क्षेत्रको विकासलाई अघि बढाउने गरी नीति कार्यक्रम बजेटको तर्जुमा गरिने भएको छ । संघ र प्रदेशका योजना संग नदोहोरीले गरी प्राप्त बजेट सिलिङकै आधारमा स्थानीयको जनजीविका संग मेल खाने, जीवनस्तर सुधार हुने थोरै लगानीले नागरिकको जीविकोपार्जनमा सुधार आउने खालका योजनामा हाम्रो लगानी अभाव नहुने कुरा पनि म स्पष्ट भन्न चाहान्छु ।

अर्को कुरा पातारासीका ७ वटै वडालाई उत्पादनका हिसाबले पकेट क्षेत्र निर्धारण गरिसकेका छौ । खेतीप्रणालीमा एकद्धार संगै उत्पादन बृद्धि गर्ने लक्ष्यका साथ पकेट क्षेत्र निर्धारण गरिएको, आलु,कोदो,चिनो, फापर, कागुनो,मकै लगायतको अन्नबालीको उत्पादनको आधारमा पकेट क्षेत्र निर्माण गरिएको छ । पकेट क्षेत्रको दिगो व्यवस्थापन तथा स्थानीय कृषिको राहतका लागि भएपनि पकेट क्षेत्रको प्रभावकारी कार्यान्वयन हुने खालको नीति कार्यक्रम तथा बजेटमा जोड दिईने छ ।

हाल वडाध्यक्ष,पालिका अध्यक्ष उपाध्यक्ष सबै बस्ती स्तरमा पुगेका नागरिकका आशा अपेक्षा, गुनासा टिपिरहेका छन् । संघियतापछिको स्थानीय सरकारको पाँचौ वर्ष तथा अन्तिम बजेट भएकाले पनि भोली आउने जनप्रतिनिधिलाई सहज हुने, विकास निर्माण सहयोग पुग्ने नवितम खालको नीति कार्यक्रममा जोड दिने सोचका छौ ।

बजेटको सिलिङ संघ प्रदेशबाट प्राप्त भइसकेकोले गर्दा धेरै महत्वकाँक्षी योजना र आकारमा ठुलो बजेट ल्याउँनु भन्दा थोरै तर कार्यान्वयन,आयात प्रतिष्थापनमुखी बजेट निर्माणमा जोड दिने तयारी भएको छ ।

टेक बहादुर बुढ्थापा
प्रमुख प्रशासकिय अधिकृत,पातारासी गाउँपालिका,जुम्ला

तपाईको प्रतिक्रिया