क्यानडा पठाइयो १८ टन जुम्ली मार्सी र सिमीःबढ्दो माग,घट्दो उत्पादन


सागर परियार ।


पहिलो पटक ठुलो मात्रामा जुम्ली मार्सीधानको चामल,सिमि र कोदो अन्तराष्ट्यि बजार क्यानडा निर्यात भएको छ । कोरोना कहरका बीच पनि आईतबार नेपालबाट १८ टन जुम्ली मार्सी,सिमिको दाल र कोदो क्यानडा निर्यात भएको हो ।

कर्णाली सेफ एण्ड सुपरफुट इन्ड्रस्ट्रीचका कार्यकारी प्रमुख राज शाहिले क्यानडा स्थित (लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो) कम्पन्नीका प्रमुख डा.पुर्ण कँडेलको समन्वयमा जुम्ली मार्सी सिमि र कोदो निर्यात गरिएको छ ।

जसमा १४ टन मार्सी चामल, ४ टन सिमिको दाल र १ टन कोदो निर्यात भएको कर्णाली सेफ एण्ड सुपरफुट इन्ड्रस्ट्रीचका कार्यकारी प्रमुख राज शाहिले बताउनुभयो । उहाँले भन्नुभयो,“नेपाली राष्ट्यि झण्डा अंकित सहित १८ टन अर्गानिक बस्तु कोरोना कहरका बीच निर्यात भएको छ । लेवलिङ र प्याकेजीङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्था गरेको हो ।”

करिब ५५ दिनमा क्यानडा पुग्ने अनुमान गरिएको छ । शाहिले थन्नुभयो,“आईतबार नेपालबाट हिडेको कन्टेनर ४÷५ दिनमा भारतको कोलकत्ता बन्दरगाह पुग्ने छ । कोलकत्ताबाट चाडै स्वीकृती दिएपछि श्रीलंकाको कोलम्बु हुदैं क्यानडा पुग्ने भएको छ ।”

जुम्लाको सिंजा क्षेत्रबाट १३ टन र तातोपानी गाउँपालिका ४ गिडीखोलाबाट १ टन मार्सी, काठमान्डौ पुगेको थियो । जुम्ली अर्गानिक घरले मार्सी सिमि र कोदो काठमान्डौ पठाएको हो । करिब ५२ लाख बराबरको कृषि बस्तु निर्यात भएकोमा ८÷९ लाख कन्टेनर भाडा लाग्ने र बाँकी रकम जुम्ली किसानले पाउने छन् ।

स्वादिष्ट र स्वास्थ्यका लागि निकै लाभदायीक मानिने जुम्लाको मार्सी चामल,सिमि,कोदो लगायत अन्य कृषि बस्तुको अन्तराष्ट्यि बजारमा माग बढ्दै गएपनि माग अनुसारको उत्पादन हुन सकेको छैन् ।

पहिलो पटक ठुलो परिणाममा जुम्ली मार्सि चामल, सिमि,कोदो लगायतको जुम्ली कृषि बस्तु अन्तराष्ट्यि बजारमा निर्यात भएपछि जुम्ली किसानले समेत गर्भ गरेका छन् । विगतमा नेपालको बास्मपति चामल लिएर बेच्ने क्यानडाको लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पन्नीले यस वर्ष जुम्ली मार्सी सिमिको माग गरेको थियो ।

गएको फागुन महिनामै निर्यात गर्ने तयारी भएपनि कोरोना प्रक्रिया नमिलेको र पछि कोरोनाले ढिलाई भएपनि आईतबार नेपाली झण्डा फरफराउदै जुम्ली अर्गानिक बस्तु क्यानडा निर्यात भएको छ ।

अन्तराष्ट्यि बजारमा जूम्ली मार्सीको बजारीकरण गर्नुका साथै आर्थिक आम्दानी हुने,किसानको जीवनस्तर उकास्ने संगै समग्र कृषि प्रधान देशको रुपमा नेपाललाई अन्तराष्ट्यि जगतमा चिनाउने लक्ष्य बल्ल सार्थक भएको व्यापारी शाहिको भनाई छ ।

क्यानडा स्थित (लायम फुड कर्पोरेशन)का प्रमुख डाक्टर पुर्ण कंडेलले जुम्लाको चर्चित ब्राण्ड मार्सीको स्वाद विश्व बजारमा चखाउने र बजार प्रर्बद्धन गर्ने भएपनि पहिलो पटक यति ठुलो मात्रामा कृषि बस्तु पठाइएको हो । यसले कर्णालीको कृषि प्रर्बद्धन संगै आर्थिक विकासमा टेवा पुराउ आशा गरिएको छ ।

कृषिबाटै कर्णालीको समृद्धी छ । कृषिमा लगानी बढाउनुहोस भन्दै सरकार संग माग गर्दै काठमान्डौ बसेर जुम्ली कृषि बस्तुको बजारीकरण र प्रर्बद्धन गरिरहेका राज शाहिको कदमलाई जुम्ली किसानले प्रंसशा गरेका छन् ।

राष्ट्यि अन्तराष्ट्यि बजारमा जुम्ली मार्सी, सिमिको माग बढ्दै गएपछि यसको लोकप्रियता संगै खेतीमा पनि आर्कषण बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

साथै,विश्व बजारमा जुम्ली मार्सीको माग बढेसंगै तत्तकाल अष्टेलियाबाट माग आएको छ । अबको ५÷६ दिनमा अष्टेलियामा ५ टन मार्सी सिमि निर्यात गरिने भएको छ । भने, बाँकी २० टन आगामी अगष्ट महिनामा अष्टेलियामा पठाईने राज शाहिले बताउनुभयो

तपाईको प्रतिक्रिया