‘निलाे काेटकाे यात्रा’: पुस्तक अंश


                                                                      जुम्ला । बाबा अङ्ग्रेजी  शिक्षक बनाउन चाहन्थे तर म निजामती बने । प्राचीन समयमा ऐतिहासिक तथा निकै शक्तिसाली रहेको सिन्जा राज्यको मध्य सिजामा पर्ने साबिक नराकाेट गाउँ बिकास समिती वडा न. ७ माथी लेखमा पर्ने दुर्गम बस्तीमा रहेको तत्कालीन प्राथमिक बिध्यालयमा मेरो बाबाको साथमा मेरो ५ बर्षको प्राथमिकशिक्षा ४ बर्षमा पुरा गरे ।

निम्न माध्यमिक शिक्षाको अध्यन गर्न मेरो सामु दुई विकल्प थिए । जसमा मैले नजिकको होइन टाढाको विकल्प रोजे । जहाँ मेरो घर बाट छिटो हिंड्दा दैनिक हिडेर करिब २ घन्टा मा पुगिने कैलाश निमाबी फुङ्र पुगे ।

जुन यात्रामा मेरो मावली गाउका मेरा मामाहरु रतन शाही,अख शाही पदम शाही,दिदी माया देबि शाही दाजु एन ब शाही लगायतले साथ दिनु भएको थियो । र साथमा गुल्मी घर भएका गुरु राम प्रशाद शर्माले हाम्रो घर देखि बिध्यालय र बिध्यालय बाट घर सम्मको अभिभाबकिय भुमिका निभाउनु भएको थियो ।

मेरो बाबा पनि प्रधानाध्यापक हुनु भएकोले फुङ्र बिध्यालयका सबै गुरुहरुले मलाई माया गर्नु हुन्थ्यो । बिष्णु लाल सरको शालिन्ता,जगत सरको ईतिहास पढाउने रोचक शैली,रामप्रशाद सरको भलिबल खेलाउने सीप,अर्जुन र नर बहादुर सरको नियमितता,अनि कृष्ण सर र भिम सरको बिद्द्ता र प्रधानाध्यापक लोक बहादुर भण्डारीको कठाेर प्रशाशनले मेरो अध्यन लाई मजबुद बनाउदै थियो ।

प्रथम हुन नसके पनि दोश्रो हुन भने सफल भए । जुन स्कुलले मेरो पढाईको आधार बनाई दियो । अब मैले माध्यमिक तहको शिक्षा लिन भैरब माबी नराकाेट मेरो एक मात्र विकल्प थियो । कक्षा ९ मा भर्ना भए त्यहाँ पनि सबै बाबाको परिचित साथी शिक्षक भएकोले मलाई खासै गारो भएन । अध्यन चल्दै थियो । एक दिन एक्कासि कक्षाको team leader चयन गर्ने कुरा चल्यो ।

कक्षामा हामी १०० जना भन्दा बढी दैनिक उपस्थित हुने गर्थेयौ , जसमा छात्रा जम्मा ४ जना थिए । सबै साथीहरूको बिछ बाट एउटा समुहले मलाई उम्मेदवार बनायो भने अर्को समूहले चलाख साथी अनि सबैको परिचित र कक्षा १ बाट सोही स्कुलमा अध्यन गर्ने जङ राज गिरि लाई उम्मेदवार बनायो । बास्तमा मेरो जित एकदम कठिन थियो ।

बिज्ञान बिषय अध्यापन गराउने गुरुले गाग्रोमा गोप्पे मतदान गर्ने गरि मतदान गरि सकियो र लगतै मतगणना सुरु भयो । बराबर मत हुँदै अन्तिम एक मत बाकी हुदा हामी बराबर मत प्राप्त गरेका थियौ , जुन मत जस्ले पाउछ उसको बिजय निश्चित थियो । निकालियो र मत मेरो पक्षमा आयो र मेरो समुहले जित्यो । जिबनको पहिलो समुहगत जित थियो मेरो ।

तेहि भएर होला म कुनै राजनीति,सिद्धान्त नबुजेको मानिसलाई ने.बि.संघले सोझै महामन्त्री मा मनोनयन गरो र जानी नबुजी जयनेपाल भन्न सिकायो,तथापि राजनैतिक मेरो मुख्य बिषय नभएकोले यसमा धेरै ध्यान दिइन । म पढाइमा मध्यम स्तरको बिद्यार्थीको रुपमा थिए । १०० जनामा स्थान न आए पनि TOP TEN मा भने पर्थे । मेरो नाम TOP (टप )बाट सुरु भए पनि कहिले TOP हुन सकिन ।

मेरो बाबा बिधालयको हिउदे बिदामा दाङ जिल्लामा ईन्डियाका कुल्लुचेक,बल्लाङ केट कम्मल ल्याएर व्यापार गर्नु हुन्थ्यो , जुन हामी सिजाका जनताको प्रमुख पेशा थियो र आज पनि छ । तेहि हिउदे बिदामा मेरो बाबाले मलाई र दाईलाई दाङका स्कुलमा पनि केही सिकुन भनेर आफू सङै दाङ लिने गर्नु हुन्थ्यो ,जहाँ बाबालाइ जुम्लि मास्टर भनी चिन्दथे । हामिलाई दाङका मानिसले खुबै माया गर्थे । मलाई लाग्छ अन्त भन्दा दाङका मानिस धनका पनि र मनका पनि धनी हुन्छ्न ।

जहाँका स्कुलमा पनि मैले अध्यन गर्ने अबसर पाए । जिबनमा पहिलो पटक नेपाली फिल्म श्री स्वसथानी हेर्ने अबसर दाङमा पाएको थिए । अब मेरो कक्षा १० को पढाइ सकिदै एस एल सि को तयारिमा लागेको थिए , त्यो बर्ष भने बाबाले मलाई आफू सङ नलगी भैरब माबिका जुम्ला जिल्लाका प्रख्यात शिक्षक ऋषि राम भट्टराई सरको जिम्मा लगाउनु भयो । र उहाँकै नजिक रहेर मैले तयारी थाले । किन हो खै त्यो बर्ष एस एल सि परिक्षा बैशाख महिनामा भयो ।

सिजाका सबै माबी स्कुलहरुको परिक्षा केन्द हाम्रो स्कुल थियो । जसलाई स्थापना गर्न को लागि मेरा मामा लालु शाही लगायतले जिल्ला प्रशासन कार्यलयमा अनशन समेत बस्नु भएको थियो सायद तेति बेला जिल्ला बाहिर एसएल सि परिक्षा केन्द तेहि थियो । परिक्षा सुरु भयो ।

सबै परिक्षा राम्रो सङ दिए । अन्तिम दिन शारीरिक बिषयको परिक्षा थियो । मैले ३५ मिनेट बाकी छ्दा परिक्षा सके र निरीक्षकलाई बुजाए मेरो बाबा पनि परिक्षा केन्द्रको घुमुवा निरीक्षक हुनु हुन्थ्यो । उहाँले मेरो कापी निरीक्षकबाट मागी पुर्न लेख्ने भन्दै मेरो हातमा थमाई दिनु भयो ।

मैले लेखी सकेकोले नलेख्ने निर्णय गरे। परिक्षा सकिएकोले म समयमै घर गए बाबाले त्यो दिन बेसरी गाली गर्नु भयो । अब नतिजा कुर्नुको विकल्प थिएन । ३ महिना पछि नतिजा आयो (Second division ) आज जस्तो सबै नम्बर तेति बेलै हेर्नको लागि मार्क लेजर कुर्नु पर्थ्यो । जब मार्क लेजर पाए बाबले लेख भनी फिर्ता गर्नु भएको बिषयमा पास अङक मात्र थियो जसको कारण करिब 1.67 % कम भै प्रथम श्रेणी हुन बाट रोकिय । जति बेला प्रथम श्रेणी भनेको आजको A पलस जस्तै थियो ।

अब सुरु भयो मेरो उच्च शिक्षाको तयारी । मेरो दाजु जुम्ला क्याम्पसमा कमर्स अध्यन गर्दै हुनु हुन्थ्यो । मलाई पनि दाइ सङ अध्यन गर्ने मन थियो तर बाबाले एक्कासि जुम्ला ल्याएर हेलिकप्टरबाट आफू सङै सुर्खेतको तातो घाममा पुगाउनु भयो । जुन तातो मैले कहिले अनुभव गरेको थिएन । यदि बाबाले मलाई फिर्ता गरि दिएको भए म सबै भन्दा बढी खुशी हुने थिए ।

बिबशता बाबाको आदेश अनुसार मलाई सुर्खेत क्याम्पस शिक्षामा अङ्ग्रेजी बिषय पढने गरि भर्ना गरि मेरो अध्यनको सबै चाजोमाजो मिलाई फर्किनु भयो । जति बेला मेरो नाममा bank खता खोली रु एक लाख छतिस हजार रुपैया जम्मा गरि दिनु भएको थियो ।
कक्षा ४ मा Abcd सिकेको र कक्षा ९ मा समान्या अङ्ग्रेजी वाक्य बनाउन सिकेको मलाई अङ्ग्रेजीमा बोल्न र लेख्न मुस्किल मात्र होइन , महा मुस्किल भयो । आफ्नो समस्या कसलाई बताउने,को बाट सिक्ने कुनै मेसो पाउन सकिन ।

जेनतेन रफ तरिकाले मेरो अध्यन सुरु गरे मैले । अब करिब करिब सुर्खेतमा मेरा पनि साथी बन्दै थिए । भने मेरो फुर्ती फार्ती पनि बढदै थियो । परिक्षा भयो दिए । दोश्रो बर्ष भर्ना भए । कक्षा सुरु भयो । अध्यन सुरु भयो । पहिलो बर्ष भन्दा दोश्रो बर्ष अङ्ग्रेजी बिषय बढी अध्यन गर्नु पर्ने भएकोले मैले अलि बढी समय र मेहनत गर्नु पर्ने थियो ।

परिक्षा दिएको करिब ८ महिना पछी प्रथम बर्षको नतिजा आयो म जिन्दगीमा पहिलो पटक फेल भए तर कति र कुन बिषय लाग्यो भन्ने थाहा पाउनको लागि मार्क लेजर कुर्नुको विकल्प थिएन । मार्क लेजर आयो हेरे सबै बिषय सफल भए पनि मनोबैज्ञान भन्नेमा जम्मा 17 नम्बर आएको रहेछ ।

खुशी थिए किनकी मेरो बाबाको अङ्ग्रेजी पढाउने धोको रहेको अङ्ग्रेजी बिषय लागेको थिएन बरु 78 नम्बर प्राप्त गरेको थिए । दोश्रो बर्षमा धेरै मेहनत गरे र नियमित परिक्षा उतिर्ण गरे । दोश्रो बर्षको परिक्षा दिए पछि नतिजा न आउन्जेल सम्म तेसै के बस्नु भनी मेरो मामा,दाइ ( राज बहादुर शाही) को सल्लाह बमोजिम घुम्न पनि हुने र अलिकती पैशा पनि हुने देखेर भारतमा हिङ,सिलाजित बेच्न हिडे ।

रमाइलो भो करिब करिब धेरै भारतका स्थानमा घुमे । जसमा मलाई सबै भन्दा बढी साथ दिने दाइ राज ब शाही थिए । भने मेरो मामा अभिभावकको रुपमा team leader हुनु हुन्थ्यो । त्यो समुहमा पनि आजको करिब राउटे सङ मिल्ने नियम अनुशासन पालन गर्नु पर्थ्यो । अलि धेरै दुख जस्तो भए पछि म ३५ दिन पछि नेपाल फर्के । ३५ दिनमा मेरो कमाई करिब २२ हजार आईसी थियो ।

जुन रुपैया मैले दाईलाई दिए र दाईले मलाई केही फिर्ता गरि दिनु भयो । नतिजा आयो दोश्रो बर्ष पास भए।जुम्ला फर्किय । बिहे गरे।बिहेको बारेमा पछी बिर्स्तृत व्याख्या गर्ने छु ।

अङ्ग्रेजी बिषयमा पास गरेको म बाबाको अङ्ग्रेजी शिक्षक बनाउने सपना नजिक थिए । एक दुई स्थान बाट अनुरोध आएको थियो । त्यो दुर्गम भएकोले मेरो बाबाले न पठाउने निर्णय गर्नु भो । र मलाई अङ्ग्रेजी बिषय लिएर BED अध्यन गराउन पुनः सुर्खेत पठाउनु भयो । पहिलो बर्ष अध्यन गर्दै थिए । परिक्षा के कारणले स्थगित भयो । मलाई बाबाले यति air हवाईजहाज मार्फत जुम्ला घर आउने सल्लाह दिनु भयो म आए ।

होटेल निलकन्ठमा मेरो बाबाको बस्ने भएकोले म तेहि बसे । जहाँ प्रेम बहादुर महत दाइ बस्नु हुन्थ्यो । मलाई थाहा थिएन । बन कार्यलय माताहत रहने बन कार्य सहायक (मुखिया स्तरको)पदमा मेरो पनि फारम लगाएका रहेछ्न । तत्कालीन जिएम डि स्कुलमा पहिलो पटक लोक सेबा आयोगको मैले परिक्षा दिए । प्रश्न कक्षा ९-१० का बिज्ञान,गणित,बाताबरण जस्ता बिषय बाट आएको थिए ।

मैले जाने जति सबैमा लगाए र म घर गए । घरमा केही दिन बसी म पुर्न सुर्खेत फर्के । स्थगित प्रथम बर्षको परिक्षा दिने तयारी गर्नको लागि लागि परे । कलम पेन रुलर किन्नको लागि सिस्ने पुस्तक पसलमा गएको बेला पसल मालिक उदिराम डागिले सर तपाईंको नाम लोक सेबा आयोगमा निस्केको छ भनी सुनायो जुन कुरा मैले बिर्सी सकेको थिए ।

उसले गोर्खापत्र पत्रीका निकाल्दै १० sit मा १३ जनाको नाम निस्केको र अन्तरबार्ता समय सकिएको सुनायो र अब जादा पनि निबेदन दिए ,अन्तरबार्ता दिन मिल्ने सुझायो साथिले । तेति बेला लोक सेबा आयोगको नतिजा बुधबारको गाेर्खापत्रमा आउथ्यो । म सुर्खेत बाट हवाईजहाजमा जुम्ला पुगे र अन्तरबार्ताको लागि निवेदन दिए र अन्तरबार्तामा समबेश भए र तत्काल घर सिजा फर्किय । यता उसै दिन नतिजा प्रकाशन गरि मेरो नाम ४ नम्बर मा जिल्ला बन कार्यलय जुम्लामा सिफारिस भएछ ।

यसरी अङ्ग्रेजी शिक्षक बनाउने बाबाको सपना पूरा हुन नपाउदै अन्जान्मै १९.५ बर्षको उमेरमा हरियो काेटकाे यात्रा निजामती सेबामा सुरु भयो । थाहा थिएन केहो निजामती जागिर अनि केहो तेसको मूल्य मान्यता र सस्कार भन्ने कुरा । सिफारिस लिएर जिल्ला बन कार्यलय मा हाजिर हुन गए ।

निमित्त हाकिमले मलाई हाजिर गराएनन के भएको रहेछ भने लोक सेबा माग्दा ६ sit मागेको तर सिफारिस भै आउदा एउटा अर्को sit मा अर्को मानिस सरुवा भै आई सकेको रहेछ । तर यदि हामी सङै हाजिर हुन गएको भए मलाई हाजिर हुने अन्तिम ६ नम्बर लाई मेरो जस्तो गारो हुने रहेछ तर म घर जादा यता म भन्दा पछाडी का पनि अगाडी हाजिर भै सकेकाले त्यो मारमा म परे ।

नियम अनुशार मेरो हाजिर गराउनु पर्ने भए पनि मलाई ती निमित्त ले दिनु दुख दिए । म त खान्न भन्दै सुर्खेत फर्किने भनी निर्णय गरि सकेको थिए । सिन्जाका तत्कालिन पशु कार्यलयका दाजु तिलक आचार्यले जान दिनु भएन र झगडा गरि मलाई हाजिर गराउनु भयो । हाजिर भैयो। काम केही थाहा थिएन । अब मलाई भने लोक सेबाको रस लागि सकेको थियो ।

खरिदार,सलेपा,गाबिस सचिब मा तयारी गरे र पहिलो पास गरेको ६ महिनामै मैले सलेपा र खरदारमा एकै पटक दुई स्थान बाट लोक सेबा पास गरे । जनयुद्धको चरम रुप थियो हामी बिस्तापित थियौ । बाबाको जागिर अशोक नमुना बजारमा काजमा थियो । खरदारको जागिर खादा गाबिस सचिब हुने र हामी माओवादी बिस्थापित भएकोले सो पदमा अन्तरबार्ता नदिने निर्णय भयो र लोक सेबामा ल्याप्चे गर्नु पर्ने रहेछ दिन्न भनेर । हाकिम , काम गर्ने धेरै कर्मचारीले अन्तरबार्ता दिन सुझाए ,दिनै पर्ने भनी एक दिन सोच्न मेरै हितको लागि लगाए ।

तर मैले मेरो आदर्श मेरो आमा बाबाको र मेरो श्रीमतिको सल्लाह बमोजिम अन्तरबार्तामा बस्न नसक्ने निर्णय सुनाए र ल्याप्छे सहिछाप गरि दिए भने सहलेखापालको परिक्षामा सहभागी भए र अशफल भए । तेसपछी यो खरदार तहको कुनै पनि परिक्षा नदिने निर्णय गरे र लोक सेबा पढाइ,जागिर र स्नातकको अध्यन सङसङै अगाडी बढाए र केही समयमै शिक्षा सेबाको सुब्बामा मध्यपश्चिम क्षेत्रबाट २ नम्बर मा सफल भए र मुगुमा सिफारिस भए । सङै स्नातक पनि regular पास गरे ।

बत्ती नभएको मुगुमा मैनबत्ती बालेर अध्यन गर्दै सुब्बा भएको १३ महिना मै मेरो अधिकृत पास गराउन उत्प्रेरित गर्ने दाजु जीवन भणडारिको उत्प्रेरणामा नेपाल सरकारको अधिकृत पदमा २७ sit मा ६ नम्बरमा सिफारिस भै शिक्षा,बिज्ञान तथा प्रबिधी मन्त्रालय अन्तर्गत जुम्लामा पदस्थापन भए ।

यसरी आजका दिन सम्म पनि लोक सेबा आयोग को आगामी पदको लागि अविरल रुपमा लागि रहेको छु । र बाबाको अङ्ग्रेजी शिक्षक बनाउने सपना पूरा गर्न नपाएकोमा बाबा सङ माफी चाहन्छु । तर अहिले मेरो बाबा अङ्ग्रेजी शिक्षक बनाउन नपाएकोमा दुखी हुनु हुन्न । म बाट खुशी हुनु हुन्छ ।

(माथि प्रकाशित कथा,सामाजिक विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख टाेप बहादुर बुढाले लेखिरहनु भएकाे किताब “निलाे काेटकाे यात्रा” काे पुस्तक अंश हाे ।)

 

तपाईको प्रतिक्रिया