एकल महिलाको सामाजिक सुरक्षा भत्ता हिनामिना


उमेश बुढा सिंजा ।


कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ बुढु गाउँकी आउसी बुढाको एकल महिलाको चार महिनाको ८ हजार रुपैयाँ हिनामिना भएको छ । कनकासुन्दरी गाउँपालिका ३ ककी एकल महिला आँउसि बुढाको सामाजिक सुरक्षा भत्ता हिनामिना भएको हो । चार महिनाको उनले पाउने ८ हजार रुपैयाँ हस्ताक्षर चोरेर अरु कसैले लिएको पाइएको छ । तर भरपाई हेर्दा आउसी बुढाको भत्ता हस्ताक्षर गरी लिएको देखिन्छ ।

भने, यता एकल महिला आउसी बुढा आफुले भत्ता नपाएको बताउँछन् । कनकासुन्दरी गाउँपालिकाको गोटिज्युलामा रहेको कुमारी बैंकमा खाता नखोलेका व्यत्तिहरुलाइ वडाको पायक पर्ने स्थानमा गएको जेठ २३ गतेका दिन बुढु,माझबुढु र गोठेलवाडा गाउँका लागि माध्यमिक विद्यायालय बुढु चौतारामा वडा सचिव जय वहादुर बुढा र कार्यलय सहयोगी भिम बुढाले वितरण गरेका थिए ।

आफ्नो छोरा बुहारीले पनि भत्ता बुझेर लिएका छैनन् । आउसी बुढाले भनिन,“अर्काको नामको रुपैया लिँदा सम्म कसरी दिएका होलान् । वडा सचिवको लापरबाहि हो । मैले लिएको छैन् । जसरी पनि भत्ता चाहिन्छ । कि लिने मान्छे सार्वजानिक गर्नुपर्छ ।”

सबै कागजात आफु संग भएको र अर्काले हस्ताक्षर समेत चोरेर भत्ता लिँदा वडा सचिव बेखर भएको उनको गुनासो छ ।भत्ता लिन जाँदा वडा सचिवले तपाईको भत्ता बुझि सकेको भनेपछि अचम्मीत भएको समेत बताईन् ।

सामाजिक सुरक्षा भत्ता बाँढेको एक हप्ता भन्दा वढि भईसकेको छ । वडा सचिव जय बहादुर बुढाले भने,“कसरी आउसी बुढाले भत्ता पाईनन् खोजीनीति गर्छौ । तर भरपाई हेर्दा लिएको देखिन्छ ।”

कनकासुन्दरी ३ नम्बरका वडाध्यक्ष मुनविर बुढाले सामाजिक सुरक्षा भत्ता कार्ड बनाए सम्म जुनसुकैलाई भत्ता बुझ्न नपाईने बताए । तर आँउसि बुढाको भत्ता लियको एक हप्ता पछि मात्रै कार्ड बनेको छ । भरपाईमा लिएको देखिने व्यक्तिले नलिएको भन्ने कुरा बिवादित भएकाले छलफल गरेर कहाँ गलत भएको निष्कर्ष निकालीने वडाध्यक्ष बुढाले जानकारी दिए ।

यसरी सामाजिक सुरक्षा भत्ता वितरण समस्या देखिनु भनेकै बैकिङ प्रणलीमा नगएकोले हो । सबै खाले भत्ताहरु अनिवार्य बैंक मार्फत पठाउने नीतिलाई कार्यान्वयन गर्न आबश्यक छ । साथै, बैंक खाता नखोल्नेलाई केहि महिना सुविधा नदिने र अनिवार्य खाता खोल्नु पर्ने नीति पालिकालेलिन आबश्यक देखिएको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया