हिमाको नीति कर्यक्रम र बजेटमा शिक्षा ,स्वास्थ्य र कृषिलाई प्राथमिता

उमेश बुढा सिजा ।

हिमा गाउँपालिकाको नवौं गाउँ सभामाले शिक्षा ,स्वास्थ्य ,कृषि,प्रर्यटन तथा लक्षित वर्गको उत्थान र बेरोजगारीको अन्त्यलाई प्राथमिकता दिदै आगामी आवको नीति कार्यक्रम र बजेट ल्याएको छ । नवौ गाउँ सभामा हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले आगामी आवका लागि ३८ करोड १८ लाखको बजेट प्रस्तुत गरेकी छन् ।

हिमा गाउँ पालिकामा रहेको बड्दो बेरोजगारलाई मध्यनजर गर्दै प्राविधिक व्यवसायिक शिक्षालाई महत्त्व दिइनेछ । र प्राविधिक विदलय सञ्चालन गर्नको लागि आवश्यक बजेट विनियोजन गरिएको समेत उपाध्यक्ष रोकायाले बताईन् ।

गाउँ पालिकामा बेरोजगार युवायुवती विदेश पलाएन भयकालाई रोक्न र आर्थिक कमजोर भयका घरपरिवारको जीवन स्तर सुधार गर्न प्रधान मन्त्री रोजगार कार्यक्रम र मुख्य मन्त्री रोजगार कार्यक्रममा प्राथमिकता दिने सभाकि अध्यक्ष रोकायाले बताईन ।

युवनहरुका लागि सीप मुलक तालिम ९ कम्युटर,सिलाइकटाई,वाउस, वाइरिङ्ग ,हेरकटिङ्ग,मोटर साइकल मर्मत , घडिरेडियो मर्मत ,मोवाईल मर्मत ,कुक तालिम ,कृषि तालिम सञ्चालनमा विशेष जोड, दिने उनले बताईन ।

जेहेन्दार विध्यार्थिलाई छात्रवृत्ति कार्यक्रम लागू गरिने । दलित समुदायका विध्यार्थिलाई उच्च प्राथमिकता दिने आर्थिक वर्ष २०७८र०७९ को नितिमा उल्लेख गरिएको छ ।

समुदायमा सबैको सम्मानजनक सहभागीता प्रतिनिधित्व गर्दै आर्थिक सामाजिक तथा राजनैतिक हिसाबले पिछडिएका दलित समुदायलाई आत्मनिर्भर गर्न सीप र रोजगार मुलुक व्यावसायिक तालिम दिई दलित अध्यक्ष कार्यक्रमलाई निरन्तरता दिइएको हिमा गाउँपालिकाका अध्यक्ष रज बहादुर शाहिले बताए ।

उनका अनुसार नवौं गाउँ सभाले निर्णय गरेको गाउँ पालिकाको स्थायी ठेगाना बाँजागाडाँमा भवन निर्माण गर्नको लागि बजेटको व्यवस्था गरिने नीति तथा कार्यक्रममा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस