चौधबिसका कृषकलाई रैथाने वीउ सिमि वितरण



जुम्ला ः यतिबेला जुम्लामा बर्षेबाली सिमि खेती लगाउने सिजन सुरु भएको छ । यहाँको सिमि खेती पनि आम्दानीको मुख्य स्रोत हो । अन्न तथा कोशेबालीको उर्भर भुमिका रुपमा परिचित मुकाम खलंगादेखि पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकामा रैथाने वीउ सिमि वितरण गरिएको छ ।
यो गाउँपालिकाको वडा नम्बर ५ को ल्होर्पगाउँ २६ घरधुरी र वडा नम्बर ६ उर्थुगाउँका १६ घरधुरीका कृषकलाई वीउ सिमि वितरण गरिएको हो । यो क्षेत्रमा सिमि, आलु, मकै, फापर, कोदो, जौँ गहुँ खेती बढी हुने र उत्पादन बढी हुने गर्दछ । धानखेती भने कमै गर्ने गर्दछन् ।
कारितास नेपाल र पेस नेपाल जुम्लाद्धारा सञ्चालित एकिकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनिकरण जलवायू परिर्वतन अनुकुलन परियोजनाको सहयोगमा रैथाने वीउ सिमि वितरण गरिएको संयोजक हेमराज भट्टले बताए । उनले भने लोपउन्मुख रैथाने बाली प्रर्बद्धन गर्नका लागि कृषकलाई बीउ सिमि वितरण गरिएको हो ।
स्थानीय स्तरमै वीउ सिमि संकलन गरी प्रति घरधुरी पाँच केजीका दरले वितरण गरिएको उनले बताए । वीउ सिमि खेतीबाट उत्पादन भएपछि स्थानीय स्तरमै सिमि वीउ बैकको स्थापना गर्ने उद्देश्यका साथ सिमि खेतीको सुरुवात गरिएको जनाएको छ । यसबाट खाद्य सुरक्षा पनि हुने अपेक्षा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया