काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी नेतालाई पार्टीको स्थायी कमिटीमा स्थान दिइएको छ । रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटीमा थप गरिएको हो ।
त्यस्तै, एमालेबाट पनि रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघु पन्तलाई पनि पार्टीको स्थायी कमिटीमा थप गरिएको छ । साबिकको नेकपामा रहेका स्थायी समिति सदस्यहरुलाई एमालेमा सोही हैसियतमा स्थान दिइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।