माओवादी जनयुद्ध र मेरो परिबारको कहालीलाग्दो बेदना !


टोप बहादुर बुढा

जुम्ला । बि.स.२०५२ साल बाट तत्कालीन शासन ब्यबस्था र सम्पुर्ण राज्य प्रणालि माथी आम असहमति राख्दै नेपालमा नेकपा माओवादीले उसको भाषामा जनयुद्धको घोषण गरयो । जनयुद्ध आफ्नै राप,ताप,नेतुत्व,नीति,भाषा,शैली अनुसार चरम उत्कर्शमा पुगो ।

जनयुद्धका सकारात्मक र नकारात्मक दुबै पाटा रहे । जुन अहिले हामिले अनुभव,मुल्यांकन र प्रयोग गरि रहेका छौ । भनिन्छ हजारौंका सिंदुर पुछिए,लाखौका सङ्ख्यामा अपांग,पीडित,अशाय भए,अरबौको भौतिक तथा आर्थिक क्षति भयो तर हजारौंको रगतको बलिदानी बाट २५० बर्ष बाट चलिरहेको राजतन्त्रलाई चिहानमा पुगाउदै संघीयता सहितको गणतन्त्रत्मक शासन ब्यबस्थाको सुरुवात भयो । जनयुद्ध कै महत्वपूर्ण उपलब्धि त राज्यले अरबौ खर्च गर्दा पनि जीउका तिउ रहेका केही सामाजिक बिकृतिको उन्मुलन सहित गाउँ गाउँ बस्ती बस्तीमा जनचेतनाको पुर्ण बिकास भयो । जनयुद्धको नालिबेलिको बारेमा म मेरो अर्को अकमा सबिस्तार गर्ने छु तर आज जनयुद्धले मेरो परिबारमा पारेको असरका बिषयमा लेख्ने अनुमती चाहन्छु ।

जनयुद्धको सुरुवाती चरणका दिनमा के होला कसो होला के हो यो भन्ने अनुमान र अन्दाज मै जनयुद्धलाई आम मानिसले हेरिरहेका थिए। हामिलाई सानै भएर होला खासै बुज्ने र बुजाउने कोशिश पनि गरिएन । जब जनयुद्धले एक प्रकारको गति लिईसकेको थियो अनि मात्र माओवाद जिन्दावाद , नेकपा माओवादी जिन्दावाद यस्तै यस्तै नारा गाउँ घरका ढुङ्गा ,धारा,पाटि,पौवा,स्कुलका भितामा काल्पनिक जस्तो देखिने प्रचण्ड को तस्वीर सहित केही थान पोस्टर पम्प्लेट र भिते नारा देखिदै थिए ।

जतिबेला जनयुद्धले राज्य सत्तालाई आतु आतु पार्दै उसको भौगोलिक सिमा समेत खुम्च्याई दिएको थियो तेतिबेला म पढाइको शिलशिलामा घर बाहिर शहरमा भएकोले खासै दुखको अनुभुति गर्न पाएको थिईन तर रेडियो र छापा तथा आम मानिस बाट राज्य र बिद्रोही पक्ष बाट भएका घटना सुन्दा आङ सिरिङ हुन्थ्यो । जे होस देश अनिश्चितताको कालो बादल भित्र मडारिरहेको सहजै अनुमान गर्न सकिन्थ्यो । राज्य र बिद्रोहि दुबै पक्ष बाट जनताले पाएको दुख यति दर्दानक थियो कि अहिले सम्झिदा कथा जस्तो लाग्छ ।

हामी मध्यम स्तरको परिबार भए पनि बाबा पन्चायत काल देखि स्थायी रूपमा बिध्यालयको प्रधानाध्यापकमा काम गरिरहेको देखिएकोले हामिलाई माओवादी ले हेर्ने दृष्टिकोण दलाल,सामान्ती,पुजिपती,राज्यको नोकर,जस्ता अनेकन आरोप लाग्नु दैनिक खाना खानु जस्तै भएको थियो ।

विभिन्न जात,रङ,पद,व्यबहारका जनयुद्धका सिपाही हु हामी सर्बहारा बर्गको उन्न्मुकतिका लागि आफ्नो जीवन बलिदानी गरेका हु भन्दै केही आफैले बुज्ने नबुज्ने घोकिएका भाषामा बोल्दै चन्दाका लागि दिन दैनिक हाम्रो बाबा सङ आउने लिने र घरमा बस्ने खाने उनीहरुको नियमित दैनिकी भै सकेको कुरा बाबाले हामिलाई बताउने गर्नु हुन्थ्यो ।

दैनिक उनीहरुको चाहना बमोजिमको खाना र नाना ब्यबस्था गर्दा गर्दै पनि विभिन्न समयमा माओवादी बाट बाबाले भौतिक तथा आर्थिक कार्बाही भोगी सक्नु भएको थियो । जनयुद्धले राप,ताप लिदै थियो । के जाती हो कुन्नी सुच कस भन्ने अभियान आयो । जसको अभिप्राय एक घर एक पुर्ण कालिन सदस्य ९ध्त्० बन्नु पर्ने बाध्यतमक ब्यबस्था थियो ।

यो अभियानले धेरै गाउँ हरुलाई मशान घाट जस्तो बनाएको अनुभुति हुन्थ्यो रे । गाउँ बाट शहर पस्नु युबाहरुको बाध्यता थियो भने गाउमा सल्लाह गरि केही मानिस शुचकस अभियान मा लाग्नु पर्ने अनिवार्यता थियो । तर हाम्रो परिबार बाट यो सम्भावना भएन । रगत उमाल्ने क्रान्तिकारी गित र भाषण सुन्दा कति खेर जाउ जाउ जस्तो लाग्थ्यो भन्थे साथिहरु ।

शुचकस अभियानमा हाम्रो पारिबारिक सहभागीता नहुने निश्चित भए पछि हाम्रो कुनै सदस्यलाई जबर्जस्ती भए पनि लिनु पर्ने उनीहरुको योजना भएकोले जबर्जस्ति लिए । घरमा कालो बादल ले ढाक्यो , एकाएक सात दिन पछि आमाले म घर गएकोले होला मिठो मसिनो खाना बनाउदै खुआउने गर्नु हुन्थ्यो किनकी शहर बाट केही पढि लेखी म गाउँ गएको थिए । केही दिन बसेर पुर्न शहर फर्काउने योजना थियो बाबाको । भन्थे यहाँ कोहि तिमीहरु नबस हामी बुढा बुढी मात्र बस्छ्म ।

एक दिन जब आमाले भर्खरै भात र दहि हालेर थाली मात्र मुख मुखमा मात्र के दिनु भएको थियो एकाएक केही आबाज आयो र बाहिर देखि सामन्ती दलाल त जा भन्दै एक हुल घर भित्र पसो । हाम्रो मुटु ले काम गर्न छाडो । उनीहरुको निर्देशन बमोजिम हामी घर बाहिर निस्केउ । निर्देशन के थियो भने अहिले नै जो जस्तो अबस्थामा छ उस्तै अबस्थामा तु तेरो मालिककोमा गै हाल । मालिक भनेको राज्य पक्ष ।

खाली खुट्टा,खाना नखाएको,मङ्सिरको चिसो महिना,अशान्त मन गोठमा पशु चौपाया आज सम्म्को कमाई शताब्दी देखि पुर्खाको घर छोडेर हिड्नुको पिडा कस्तो थियो होला अनुमान गर्नुहोस त

हामी उकालो लागेउ । हाम्रो पुस्तौ पुस्ताको जे जति कमाई थियो त्यो सबैलाई छोडनु पर्दाको पिडा हामिलाई त महसुस भएन तर आमा बाबको अनुहार हेर्दा लाग्थ्यो पिडाको कुनै सिमा थिएन । आमाले चामल हाल्ने माटाको भाडा(ढरो)मा भएको अलिकति चामल आफ्नो शरीरमा बाध्ने पाउरोमा आङचा हाली लिन भने भ्याउनु भएको रहेछ । त्यो चामल हामिलाई खानको लागि होइन रहेछ,देबिबेबताका नाममा छर्किन थाल्नु भयो । भोग प्यास केही थिएन पनि । अध्यारो जङ्गलको बाटोमा हाम्रो कठिनाई पुर्ण अनिश्चित यात्रा चल्दै थियो ।

हाम्रो त्यो अबस्थालाई अनुमान गर्दै केही शुभ चिन्तक हरु लुकेर हामिलाई हाम्रो बिच बाटो सम्म सहज गर्न आफ्नो ज्यान लाई बलिदानी गर्दै हामी कहाँ आई पुग्नु भयो । यदि उनीहरु पुगाउन आएको मात्र थाहा भएको भए सायद आज उहाँ हरु जनयुद्धमा ज्यान गुमाएका ती हजारौं मानिसको खातामा थपिने थिए । धन्य केही भएन ।

उहाँ हरु प्रती हामी जिन्दगी भर आभारी छौ । हामी कति भाग्यमानी हु भने नि जाँदै थियौ एक्कासि बाईदारा भन्ने स्थानको ओरालोमा आमा चिप्लिनु भो तल कता जानू भो कति तल जानू भो मर्नु भो कि बाच्नु भो त्यो जङ्गलको अध्यारोमा हामी कसैले पनि अनुमान गर्न सकेनौ । लागो आमाको मुर्त्यु यहि स्थानमा यसरी नै लेखेको रहेछ । हामी आतियौ तनाबले सिमा नाघेको थियो , जति बोलाउदा नि बोली आएन । कति भाग्यमानी हामी किनकी सत्यको लडाइँमा थियौ हामी तल आउदा त आमा बाटोमा लडेर उठन खोज्दै गरेको अबस्थामा फेला पारेयौ ।

तेहि भएर त बाटो भरी आमाले आफू सङ भएको चामल देबि देबताका नाममा चढाइ सक्नु भएको थियो एक पटक फेरि पिडा भित्रको खुशीले छायो त्यो अध्यारो रात भित्रको मन सुर्यको चम्किलो किरण झै उदायो । हाम्रो खुशिको सिमा रहेन किनकी आमा आफै अब पुर्ण हिंड्न् सक्छु भन्दैहिंड्न् थाल्नु भो किनकी आमालाई बोक्न तेतिबेला सम्भब थिएन । यसमा मेरो जीवन सङनिले पुर्ण साथ सहयोग भरोसा दिईरहेकी थिईन ।

हिंड्दा हिंड्दा हामी छालाछौर हुँदै जलजला भन्ने ठाँउ पुगेउ करिब रातको द्द बजेको थियो । अब हामिलाई चोरिमाला पुगाउन गएका दुई जना घर फर्किनु पर्ने थियो किनकी अध्यारो मै उनिहरु घर नफर्किय अबस्था अर्कै हुने वाला थियो फेरि रातिको शुन्य समयमा रुवाबासी चल्यो । बिछोड कति दर्दानाक हुन्छ ,मैले तेतिबेला भोगे । हाम्रो यात्रा अगाडि जाँदै गर्दा रातको अन्त्य सङै बिहानिको सुरुवात हुने तरखरमा थियो । मंसिर को महिना भएकोले तुसारो परिसकेको थियो ।

खाली खुट्टा,रातभरिको हिंड्आई,तुसारो,पिडा ,भए डर केके केके जे भए पनि उज्यालो बिहानिको सुरुवातले हाम्रो जिबनमा केही नयाँ मोड लिने निश्चित थियो । आमा बाबाको लागि सबै भन्दा पृय आफ्नो सन्तान हुन्छ रे , यहि कुरा प्रमाणित हुँदै थियो आमा बाबा बाट । हामिहरुलाई यति उर्जा दिई रहनु भएको थियो मानौ हामी कुनै सपनाको शहरमा जादैछौ , जहाँ गए हाम्रा सम्पुर्ण दुख एकाएक छु मन्तर झै हराउने छ्न ।

बाटो भरी हामिलाई निराशा दिनु को सट्टामा जोस जागर मात्र दिनु भो । आफ्नो सललाई च्यातेर हाम्रा खुट्टामा बाधी दिनु भो किनकी तल तुसारो थियो । उज्यालो सङै चेरे चौर मा पुगियो । अब त हामी राज्य नियंत्रित इलाकामा पुगेका थियो लागो अब हाम्रो साथमा सरकार छ,सुरक्षा छ तर बिडम्बना हरियो पोषाक धारी सरकारी सेना जस्ता देखिनेहरु हाम्रो अगाडि लाम्बद्द भएर देखा परे ।

उनिहरुको गस्ती रहेछ केर । उनीहरु हामिलाई केरकार गर्न थाले । तिमीहरु माओवादी हो,यस्तै रुप र शैलिमा तिमीहरु बजार पसेर हाम्रो सुराकी गरिरहेका छौ,खै हात सिधा गर,कुईनु देखा उठ,बस भन्दै हामी माथी निर्दयी पन देखाउन थाले ।

दैनिक घरमा त्यो सम्पत्ति धानेर कृषि काम गर्ने आमाबाबा र जिबनसाथिका हात खुट्टा माओवादी सेना र सरकारी सेनाका तालिम लिएका भन्दा साना ठेला थिएनन् । मेरो भने कोमल शरीर थियो । मलाई काम गराउदैन थिए । धेरै बेरको अनुनय बिनय पश्यात हामिलाई बजार पस्ने अनुमती प्राप्त भयो ।

सायद मेरो बालापनले तेतिबेला यो राज्य ब्यबस्था कस्तो हो भन्ने बुजि सकेको थिएन । कर्णाली प्राबिधिक शिक्षालयको बाटो हुदै हामी निरीह प्राणिको रुपमा विभिन्न अबरोधका बाबजुद बजार पुगियो । बजार पुगि सके पछि हामिलाई खासै समस्या थिएन किनकी बाबाका धेरै चिर परिचीत साथीहरू थिए । बाबा बस्न्ने होटेल हरु हामिलाई हामिले मागे अनुसारको खाना नास्ता दिन तयार थिए किनकी उहीँ बाबा जागिरे थिए ।

हाम्रो सबै कुरा बताए पछि तत्कालीन जिल्ला शिक्षा कार्यलयले बाबालाई अशोक नमुना मा काज राख्ने निर्णय गरो । बाबाको नंया स्कुलमा जागिर सुरु भो । तेति बेला बिस्तपित भएर अएका लाई केके हो केके कोले हो कोले केके प दिन्थे तर त्यो पाउनको लागि जिल्ला प्रशासन कार्यलयमा नाम लेखाउनु पर्थो । मेरो बाबाको स्वाभिमान देखि आज गर्भ लाग्छ तर तेतिबेला रिस उठेको थियो । हामी बिस्तापित होइनौ म बिस्तापितको नाममा कुनै केही लिन्न भन्दै अठानमा रहनु भयो ।

न त नाम लेखाउन जानू भो नत केही लिनु भो धेरै संघ सस्था कोठामै आउथे लिनुस भन्थे किनकी सबै बाबाका परिचित थिए । तर बिस्थापितको नाममा लिएका पैसा र सामानले कतिले कति कमाए ताजा छ तर हामिले एक गेडा चामल र दाल पनि लियनौ आज धक्क मनले भन्न पाईएको छ । अब हामीले हाम्रो जन्म स्थान त्याग गरेर आई सके पछि उता माओवादी ले हाम्रो घरको सबै भएको सम्पत्ति लिदै हाम्रो घरलाई पाटि कार्यलय बनाएको जानकारी आउथ्यो ।

समय बित्दै गयो हाम्रा बारेमा माओवादी को केही माथिल्लो नेतुत्वले बुज्ने कोशिश गरेछ र बृहत रूपमा बुजेछ र हामी दोषी नभएको बरु बिस्तापित हुदा पाटि लाई चन्दा लगाएत अरु कुराले घाटा भएको महसुस गरेछ । बल्ल थाहा भो तल्लो तहका हाम्रो परिबार सङ ब्यतिगत रिसिबी भएका मामुली पापामारहरुको दुख दिने योजना रहेछ । करिब डेढ बर्ष पछी माओवादी उच्चस्तरको नेतुत्वले बाबालाई तु आफ्नो घर फर्किन आदेश दियो र हामी बाट कमजोरी भएको जानकारी गरो । जे जति गरे पनि न हाम्रो हामिले भोगेको त्यो कहालीलाग्दो दुख को घाउ दुख्न छोडेथ्यो नत हाम्रो पुर्खा देखि साचेर राखेको सानो तिनो धन सम्पत्ति फिर्ता हुन्थ्यो ।

तर पनि बाबा आमाको सल्लाह बमोजिम घर फिर्ता हुने निर्णय भयो । म त फर्किन बबा आमा जीवन साथी लगायत फर्किए । फर्किदा घरमा एउटा सिबेट भन्ने सस्थाले दिएको फलामको चुलो बाहेक अरु केही बाकी थिएन जगा जमिनमा झारपात बाहेक अरु के थियो र । तर जन्म भुमी हो आमाबाबालाइ धेरै पृय लागेछ पुर्नबास गर्नु भो । हामी पनि आओत जाओत गर्न थालेम । सायद तेतिबेला माओवादी ले र सरकारले तेति दुख नदिएको भए आज म नेपाल सरकारको अधिकृतको रूपमा कार्य गर्न पाउदिन थिएकी जस्तो लाग्छ । किनकी मैले दुख भित्र सुखको सम्भावना खोजे अनि अनायस्मै लोक सेवा रोजे।

आज एउटा सानो घर बनाएर जिल्ला सदरमुकाम परिबार सहित बस्छु । आमाबाबा लाई आफू सङ राखेर बस्न लाख अनुरोध गरिसके आउनु हुन्छ केही दिन बिताउनु हुन्छ अनि भन्नू हुन्छ बाबू हामी त हाम्रो घर छोडेर तिम्रो शहर बस्न सक्दैनम । हाम्रा आफ्नै साथी,सङी माटो,बन जङल,सहकाय,समन्वय,पबित्र मन भएका सोझा साझा गाउँ घर,नातागोता छ्न । हाम्रो चिन्ता नगर । तिमी अगाडि बढ । एक दिन अबस्य तिम्रो काखमा आउछु भनेर आफ्नै आज सम्म सामान्य काम गरिरहनु हुन्छ । आशा छ अबका केही दिनमा अबका सम्पुर्ण दिनहरु बाबा आमा सङ बिताउने छु । बाबा आमाको त्यो स्वाभिमान मेरो जिन्दगीको मार्गदर्शन हुनेछ ।

तपाईको प्रतिक्रिया