जुम्लामै पाए ६२ जना पत्रकारले प्रेसपास,दुर्गममा पुग्दै सूचना विभागको सेवा

सागर परियार ।


जुम्लाका ६२ जना पत्रकारले जुम्लामै प्रेसपास पाएका छन् । सूचना तथा प्रशारण विभागले दिने सरकारी प्रेसपास भने जुम्ली पत्रकार यस वर्ष जुम्लामै प्राप्त गरेका हुन् । नेपाल पत्रकार महासंघ जुम्लाको आयोजना र सूचना तथा प्रशारण विभागको सहयोगमा जुम्लामा संचालित तीन दिने घुम्ती शिविरि मार्फत जुम्लाका ६२ जना पत्रकारलाई प्रेसपास वितरण गरेको छ । भने, जुम्लामा ५ वर्षदेखि अस्थायी रुपमा दर्ता भई नियमित संचालन भईरहेको कर्णाली पोष्ट दैनिक पत्रिकालाई पनि सूचना तथा प्रशारण विभागको टोलीले स्थायी रुपमा दर्ता गरेको छ ।

प्रेसपास ल्याउन, नविकरण गर्न तथा पत्रपत्रिका र अनलाईन दर्ता नविकरण गर्नका लागि जिल्लाबाट काठमान्डौ धाउनु पर्ने दुर्गमका पत्रकारहरुको समस्यालाइ मध्यनजर गर्दै विभागको टोली जुम्लामै पुगेर सेवा दिएको हो ।

प्रेसपास वितरणका साथै पत्रकारहरुका लागि तीन दिने क्षामता विकास तालिम समेत संचालन गरिएको थियो । सूचना तथा प्रशारण विभागको आयोजनामा पत्रकारहरुलाई र नेपाल पत्रकार महासंघ जुम्लाको आयोजना तथा सूचना विभागको सहयोगमा अपंगाता भएका व्यक्तिलाई तीन दिने तालिम सञ्चालन गरिएको हो । दुर्गमका पत्रकारहरुको समस्या बुझ्दै पछिल्लो समय सूचना विभागले आफ्ना सेवाहरु दुर्गम केन्द्रित गरेको छ ।

एकिकृत प्रेसपास घुम्ती शिविर समापन कार्यक्रममा बोल्दै सूचना तथा पूभाव विभागका महानिर्देशक गोगन बहादुर हमालले दुर्गमका पत्रकारहरुको राहतका लागि जुम्लामा शिविर संचालन गरिएको बताउनुभयो । रिपोटिङ संगै महत्वपुर्ण काममा प्रेस पास अति आबश्यक पर्छ । जुम्लाकै महानिर्देशक हमालले भन्नुभयो,“पत्रकारहरुको सुरक्षा बिमा तथा सरकारी सेवा सुविधा सुनिश्चित गर्नका लागि प्रेसपासको भुमिका विशेष रहन्छ । आगामी दिनमा पनि दुर्गम जिल्लाका पत्रकारहरुको राहत मुलक अन्य काम गरिने छ ।”
भौतिक उपस्थितीमै काडमान्डौ पुगेर प्रेसपास नविकरण गर्ने, अनलाईन दर्ता नविरकण गर्ने पद्धतीलाई अन्त्य गर्दै पत्रकार संग तथा संचार माध्यम संग सम्बन्धीत सेवाहरु आगामी दिनमा अनलाईन माध्यमबाट संचालन गरिने समेत विभागका महानिर्देशक हमालले उल्लेख गर्नुभयो ।

जुम्लामै पुगेर प्रेसपास वितरण गर्दा दुर्गमका पत्रकारहरुका लागि ठुलो राहत भएको जुम्लाका पत्रकार गोल्डेन बुढाले बताउनुभयो । उहाले भन्नुभयो,“काठमान्डौ पुगेर प्रेसपास लिन आर्थिक तथा भौगोलिक दुरीले समस्या हुन्थ्यो । तर विभागको टोली जुम्लामै टोली पुगेर दुर्गमका पत्रकारलाई राहत भएको छ ।”

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले जुम्ली पत्रकारहरुको समस्या र महासंघको अनुरोधलाई स्वीकार गरेर जुम्लामै कार्यक्रम गरिदिएकोमा धन्यबाद व्यक्त गर्नूभयो । उहाँले भन्नुभयो,“दुर्गमका पत्रकारहरुको क्षामता अभिबृद्धि देखि संचार गृहको व्यवस्थापनका लागि पनि विभागले आबश्यक सहयोग सहयोग गर्ने आशामा छौ । र महासंघले जुम्ला पत्रकारहरुको पेशागत सुरक्षाका लागि आगामी दिनमा पनि निरन्तर पहल तथा पैरबी गर्ने छ ।”

यसअघि विभागको टोलीले साविक कर्णालीको दुर्गम जिल्ला हुम्ला पनि प्रेसपास वितरणदेखि अनलाईन दर्ता शिविर संचालन गरेको थियो । विभागको टोलीलाई पत्रकार महासंघ जुम्लाले औपचारिकक रुपमा सम्मान तथा बिदाई गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस