तातोपानी गाउँपालिकाले अझै बजेट ल्याउन सकेन्,बजेट बाडफाँडमा बिवाद

सागर परियार ।
अझै बजेट आउन सकेन् जुम्लाको तातोपानी गाउँपालिकाले अझै आगामी आवको बजेट ल्याउन सकेको छैन् । जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा बजेट नआएको बुझिएको छ । असार १० गते स्थानीयतहले अनिवार्य रुपमा नीति कार्यक्रम तथा बजेट ल्याउनु पर्ने संबैधानिक व्यवस्था छ । तर तातोपानी गाउँपालिकाले गएको असार १० गते नीति तथा कार्यक्रम सार्वजानिक गर्दै असार २२ गते नीति तथा कार्यक्रम पारित गर्ने बजेट ल्याउने समयसिमा तोकेको थियो ।

असार १० मै जनता संग अध्यक्ष उपाध्यक्ष कार्यक्रममा बजेट बाडफाँडको कुरो नमिल्दा बजेट आउन सकेको थिएन् । तर तयारी पुरा नभएको भन्दै असार २२ गते बजेट ल्याउने भनिएपनि अन्तत भाडबन्डा नमिलेपछि बजेट ल्याउन तातोपानी गाउँपालिका निर्धारित समयमा बजेट ल्याउन असफल भएको छ ।

तातोपानीका अध्यक्ष नवराज न्यौपाने र उपाध्यक्ष गंगादेवि उपाध्यायले जनता संग अध्यक्ष उपाध्यक्ष कार्यक्रमका लागि १÷१ करोड छुटाउनु पर्ने अडान गरेका छन् । तातोपानी गाउँपालिका ६ नम्बर वडाध्यक्ष विशाल खड्काले भने,“सबै वडाध्यक्षले जनता संग अध्यक्ष उपाध्यक्ष कार्यक्रममा १÷१ करोड नभई ५०÷५० लाख बजेट छुटाउनु अनुरोध गरेका छौ । भने,बाँकी भुगोल जनसंख्या तथा आबश्यकताका आधारमा वडामा विनियोजन हुनुपर्छ भन्ने पक्षमा हामी छौ । तर अध्यक्ष उपाध्यक्ष सहमत छैनन् ।”

पालिकाको जम्मा पुजिगत बजेट ६÷७ करोड भन्दा बढी छैन् । त्यसमा सबै विषयगत कार्यालयलाई छुटाउनु पर्ने वडामा छुटाउनु पर्ने भएकोले अध्यक्ष उपाध्यक्षको कार्यक्रममा १÷१ करोड छुटाउँदा अन्य क्षेत्रमा बजेट अभाव हुने अबस्था रहेको तातोपानी गाउँपालिका ३ नम्बर वडाध्यक्ष डिल्ली रावलले बताए ।
उनले भने,“असार १० देखि २२ गते सम्म बजेट ल्याउने बारे छलफलनै भएन् । अध्यक्ष उपाध्यक्षले चासो पनि दिएनन् । हामीले हामीले अनुरोध गर्दा पनि अध्यक्ष उपाध्यक्षले आफ्नै अडान कायम राखेपछि हाल सम्म बजेट आउन नसकेको हो ।”

साथै कार्यपालिका सदस्य आदीप्रसाद न्यौपानले हाल सम्म बजेट ल्याउन सक्नु र आफ्नै अडान कायम राख्नुले अध्यक्ष उपाध्यक्षले अध्यादेश मार्फत बजेट ल्याउने संकेत देखिएको समेत बताए । मंगलबार सम्पन्न तातोपानी गाउँपालिकाको नवौं गाउँसभाको दोस्रो बैठकमा उपस्थित वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुले हाल सम्म पनि बजेट नल्याउँदा समग्र पालिकामाथिनै प्रश्न चिन्ह खडा गर्ने अबस्था सृजना भएकोले अध्यक्ष उपाध्यक्षको ध्यानकर्षण गराए ।

गाउँसभामा सबैका प्रश्न जिज्ञासा माथि सम्बोधन गर्दै तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भागबण्डा नमिलेर भन्दा पनि तयारी पुा नभएर बजेट आउन नसकेको बताए । उनले भने,“२२ गते बजेट ल्याउने लक्ष्य थियो । तर बीचमा अध्यक्ष उपाध्यक्ष विरामी हुनुभयो । भने, योजना अनुगमनले नभएर भुक्तानी रोकिएपछि अनुगमनमा गयौ । बजेटमाथि विस्तृप्त छलफल नहुँदा बजेट नआएको हो ।”

वडाध्यक्षहरुले पनि स्थानीयहको माग र आकश्यकता भन्दा आफ्ना रुचिका योजना र बजेट माग्ने गरेको बताए । नयाँ नीति कार्यक्रम ल्याउनु, सुझाब दिनुभन्दा आफुलाई बढी बजेट चाहियो भन्ने मानसिकता सबै वडाध्यक्षहरुमा रहेको पालिका अध्यक्ष न्यौपानेको भनाई छ ।
यसका साथै चन्दननाथ नगरपालिकाले पनि आन्तरिक तयारी नपुगेको भन्दै बजेट ल्याउन सकेको छैन्

प्रतिक्रिया दिनुहोस