हुम्लाका युवाले निर्माण गरे गोठालाको कथामा म्युजिक भिडियो


नरजन तामाङ, हुम्ला– दुर्गम हिमाली जिल्ला हुम्लाका युवाहरुले गोठालाको कथामा म्युजिक भिडियो निर्माण गरेका छन् ।
पछिल्ला समय मध्यपश्चिम तथा सुदुरपशिचमको ढुकढुकी देउडा ठाडी भाका गित लोप हुदै गएपछि हुम्लाका युवाहरु मिलेर हुम्लामै छायाँङकन तथा भिडियो सम्पादन गरेका छन् ।
देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानिय स्तरमै युवाहरु मिलेर म्युजिक भिडियो उत्पादन गरेका छन ।
समयको परिवर्तनसँगै बजारमा रिमिक्स, आधुनिक लोक गीत संगीतहरुले छुटै पहिचान बोकेको चिन्ता व्यक्त गर्दै हुम्लामै स्थानीय स्तरमै देउडा ठाडी भाका गीतको हुम्लामै पहिलो पटक छायाँङकन गरेका छन् । दुर्गम हिमाली जिल्ला हुम्लाकै युवाहरु मिलेर गोठालाहरुको कथामा आधारित देउडा ठाडी भाका गितको छायाँङकन गरेको निर्देशक पदम राज हमालले जानकारी दिए ।
जीन्दगी अधुरो बनाई छोडी बाईगई माया देउडा ठाडी भाका नामको गीत हुम्लामै स्थानीय कलाकार,स्थानीय निर्देशक, स्थानीय छायाँङकार स्थानीय कलाकार मिलेर पहिलो पटक हुम्लामै निर्माण गरेको निर्देशक हमालले बताए ।
गोठालाहरुको दुख पिडामा आधारित बनाई माया प्रेमको भाव झल्काउने यो गितको भाव रहेको निर्देशक हमालको भनाई छ । स्थानीय गायक मन बहादुर थापाको स्वर र श्ब्द यो गित मा अभिनय हुम्लाका पत्रकार नरजन तामाङ स्थानीय कलाकार उर्मिला शाही र बिष्णु बुमिले अभिनय गरेको निर्देशक हमालले बताए ।
कर्णालीको वनपाँखामा गुनगुनाउदै आएका देउडा ठाडी हुम्लाकै जनश्रतिबाट छायाँङकन गरेको पहिलो म्युजिक भिडियो हो । यो गितका भिडियो छायाँङकार अविनाश लामाका अनुसार हुम्ला म्युजिक भिडियोको लागि सम्भावना छ कठिनाई रहेको बताए ।
देउडा म्युजिक भिडियो छायाँङकन हुम्ला जिल्लाकै पहिलो रहेको छायाँङकार लामाको भनाई छ । जिल्लामै पहिलो छायाँङकन तथा सम्पादन गरेको म्युजिक भिडियो बुधबार बजारमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस