एमाले स्थायी कमिटीको निर्णय : देउवालाई भोट दिने नेताहरु एमालेमा रहँदैनन्


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए ।

प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदैछन् ।

तपाईको प्रतिक्रिया