सदियौँ पछि छुईप्रथा उन्मूलन गरी सामाजिक न्याय प्राप्त गर्दै श्रीनगरगाउँका महिला

जुम्ला ः तातोपानी गाउँपालिका ५ श्रीनगर गाउँका महिलाले सदियौँ पछि छुईगोठ मुक्त सामाजिक न्याय प्राप्त गरेको छन् । १०८ औँ नारी दिवसको अवसरमा विहिबार एक औपचारिक कार्यक्रम गरी उक्त गाउँका महिलाले आजको दिन दिन देखि छुईप्रथा नमार्ने उद्घोष गर्दै छुईगोठबाट मुक्त भएका हुन् ।

श्रीनगर गाँउमा रहेका ४२ घरधुरीका ७० बढि महिलाहरु छुई (महिनावारी) हुँदा घरमा बस्न थालेपछि उक्त गाँउलाई छुईगोठ मुक्त गाँउ घोषणा गरिएको छ । यस अघि श्रीनगर गाँउका छुई (महिनावारी) हुने महिलाहरु छुईगोठमा बस्दै आएका थिए । छुई गोठमा बस्ने महिलाहरुको शाररिक तथा मानसिक रुपमा समस्या बल्झिन थालेपछि स्थानीय तह गाउँपालिका वडापालिका स्थानीय संघसंस्थाहरु सर्वोदय नेपाल, आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल, एक्सन वक्र्स नेपाल लगायतको पहलमा संचालन गरेको अभियानले श्रीनगर गाँउ छुईगोठ मुक्त गाँउ घोषणा हुन सफल भएको हो ।

छुईप्रथा मुक्तका अभियानता बसन्ती खत्री, मेनका चौलागाई लगायत १२ जना महिलालाई उक्त औपचारिक कार्यक्रममा सरसरफाई सामाग्री सहित दोसल्लाह ओडाएर सम्मान गरिएको छ ।

यस अघि तातोपानी गाउँपालिकाकै हियाखोला, तिला गाउँपालिकाको रावतवाडा, जोगीवाडा र ढिम्कोटगाउँ छुईगोठ मुक्त भएका छन् भने पातारासी गाउँपालिकाको तल्लोलोर्प गाउँ छुईगोठ मुक्त गरिएको थियो ।

छाउपडि मुक्त अभियानमा धामी झाँक्रीको साथ

धामीझाँक्रीले पनि छाउपडि मुक्त अभियानमा धामी झाँक्रीले साथ दिदै आएका छन् ।
धामीझाँक्रीले छुई अर्थात महिनावारी भएको अवस्थामा छुईगोठमा एक्लै बस्दा असुरक्षित र विभिन्न रोगबाट सक्रमति हुने अवस्था बुझेपछि घरभित्र बस्न सल्लाह दिन थालेका हुन् ।
तिला गाउँपालिका डुङरीगाउँका झाँक्री सन्तके रावतले महिनावारी भएको अवस्थामा घरभित्र सुरक्षित रुपमा बस्न सल्लाह दिए ।

अझै पनि गाँउका महिलाहरु छुईहुँदा घर बाहिर छुट्टै छाउ गोठमा बसाल्ने चलन छ । पहिले छाउपडि प्रथाको समस्याको जड मानिएका धामी झाँक्री नै छाउपडि मुक्त अभियानमा लागेपछि सबै दंग परेका छन् । आफ्नो गाँउ आफै बनाँउ भन्दै गाँउलाई छाउपडि मुक्त बनाउन धामी झाँक्रीहरुले गाँउका महिला र पुरुषहरुलाई भेला गराई छुई बार्न नहुने सन्देश दिन थालेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस