जोखिम मोलेरै जुम्लामा बन्यो कर्णालीकै पहिलो‘प्री–स्टे्स बक्स गर्डर पक्की पुल’


सागर परियार ।


जुम्ला जाजरकोट जोड्ने पक्की पुल करिब ६ वर्षपछि निर्माण सम्पन्न भई संचालनमा आएको छ । कर्णालीमै पहिलो नयाँ प्रविधिको प्रि–स्टे«स बक्स गर्डर पुल निर्माण भई सञ्चालनमा आएको हो ।
तिला गाउँपालिकाको त्रिवेणी हुदै टोप्ला जारजरकोट जोड्ने पक्की पुल संचालनमा आएसंगै अहिले सवारी आतवाजतमा सहज भएको छ । २०७३ सालबाट निर्माण शुरु भएको पुल २०७५ मा निर्माण गरिसक्नु पर्ने सम्झौता भएको थियो ।

तत्तकालिन जिल्ला विकास समिति अन्तरर्गत प्राविधिक कार्यालय जुम्लाले खरिद प्रक्रिया गरी निर्माण शुरुवात गरेको थियो । तर राज्य पुर्नरसंरचनामा जाँदा उक्त पुल कसले निर्माण गर्ने, कसले जिम्मेवारी लिने भन्ने कुरा अन्यौल भयो । जसका कारण ठेक्का पनि रद्द भयो ।

जुम्ला जाजरकोट जोड्ने पुल जस्तै अन्य दर्जनौ अधुरा संरचना निर्माणमा कसैलेपनि चासो दिएनन् । जसका कारण ०७३ देखि ०७७ सम्म जुम्ला जारकोट जोड्ने पुल अलपत्र अबस्थामै रह्यो ।

२०७३ देखि ०७५ को बीचमा बजेट सकाउने काम मात्रै भयो । काम चलाउ पुल बनाउदै खोलाले बगाउदै धेरै पटक भयो । भने कामदारले समेत ज्याला नपाएको भन्दै धेरै पटक आन्दोलन गरे । पुल निर्माणका लागि मिडियाले धेरै पटक ध्यानकर्षण गराउँदा पनि कुनै सरोकारवाला जुम्ला जाजरकोट जोड्ने पुललाई चासो दिएनन् ।

तर २०७७ सालमा पूर्वाधार कार्यालयको प्रमुखका रुपमा ईन्जिनियर रुप बहादुर रावल आएपछि पुल निर्माणको प्रक्रिया फेरी अघि बढेको थियो । प्रमुख रावलले भन्नुभयो, “सम्झौता भएको ३ वर्षमा निर्माण हुनु पर्ने हो । त्यतिबेला ठेकेदारको लापरबाहि र सरोकारवालाको गैरजिम्मेवारीपनले समयमै निर्माण भएन् । संघियतापछि पनि ०७५ देखि ०७७ सम्म अलपत्रनै रह्यो । कसैले चासै दिएनन् ।”

२०७७ सालमा पुन म्याद थपेर दुर्त गतीमा काम बढाएपछि पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख रुप बहादुर रावलको भनाई छ । उहाँका अनुसार विभिन्न प्राविधिक चुनौतीका बाजबुत नियमित फिल्डमा खटेर पुल निर्माण गर्न सफल भएको हो ।

करिब ५२ मिटर लम्बाई रहेको पुल निर्माणपछि गुणस्तरीयता मापनका लागि २० टनको सवारी संचालन गरेर समेत परिक्षण गरिएको छ ।

जोखिम मोलेरै पुल निर्माण

उच्चतम प्रविधिको प्रयोग गरे बलियो तथा गुणस्तरीय पुल बनाएका छौ । उहाँले भन्नुभयो,“तिला गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको पहल तथा पूर्वाधार विकास कार्यालयका जनशक्तिको सक्रियताले ढिलै भएपनि पुल संचालनमा ल्याउन सफल भयौ ।”

प्रमुख रावलले थपे,“यो पुल प्राविधिक दृष्टीकोणले अत्तिनै जटिल पुल हो । सामान्यत पुलको २५ मिटर दुरीको बीचमा पाएर सर्पोट हुन्छ । तर यो पुलको बीचमा कुनै सपोर्ट छैन् । निर्माणका क्रममा सानो क्रुटी मात्रै भएको भए खतरा हुन्थ्यो । तर जोखिम मोलेर भएपनि रातदिन नभी खटिएर कर्णालीकै नमुना पुल हो । निकै जोखिम मालेर निर्माण सम्पन्न गर्न सफल भयौ ।”

त्रिवेणी स्थित यो पुल अन्य आरसिसि पुल भन्दा सस्तो हुन्छ । तर निर्माणका हिसाबले अतिनै जोखिम थियो । तर पूर्वाधार कार्यालयका प्रमुख रुपक रावलको सक्रियताले गर्दा जोखिमकै बीच निर्माण गर्न सफल भएको पूर्वाधार कार्यालयका सूचना अधिकारी टेक हितालले बताए ।

जुम्लामा पहिलो पटक निर्माण भएको (प्री–स्टे«स बक्स गर्डर) पुल अन्य जिल्लामा निर्माण गर्दा असफल भएका समेत धेरै समचार सुनिएका छन् । तर जुम्लामा सफल हुँदा पूल निर्माणमा खटिएका जनशक्ती खुसी भएका छन् ।

(हिराचन अन्जना जेभी) निर्माण कम्पन्नी काठमान्डौले ४ करोड १२ लाख लागतमा पुल निर्माण सम्पन्न गरेको हो । पुल संचालनमा आए संगै दुर्गम टोप्ला सर्मी, हुदै ईमिल्छाका नागरिकलाई आवतजावतमा सहज हुने भएको छ । निकट भविष्यमा जुम्ला हुदै जाजरकोट सम्मको सवारी संचालन हुने आशामा समेत स्थानीय नागरिक छन् ।

यता तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले लामो संघर्षका बाबजुत पुल निर्माण सम्पन्न भइ संचालनमा आएको बताए । उनले वर्षौदेखि अलपत्र रहेको पुल निर्माणलाई पुर्णता पुर्वाधार कार्यालयले देखाएको सक्रियाले सम्भव भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया