जुम्ला विमानस्थलमा एजेण्डकै मनपरीःसर्वसाधारणलाई टिकट पाउन मुस्किल


सागर परियार ।


जुम्लाको हवाईसेवा अस्तव्यस्त बन्दै गएको छ । एजेण्डहरुले टिकट वितरणमा मनपरी गर्न थालेपछि हवाई यात्रुले सास्ती पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका छ ।

त्यस्तै नेपाल एयरलाइन्सले हरेक आइतबार उडान भर्छ । तर, लामो समयदेखि नै यी हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन् । एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिका अनुसार उडान नहुँदा यात्रुले सास्ती पाएका हुन् ।

जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने भएपनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्री वितरण गर्दा हवाई सेवा ठुलाबडामैत्री मात्रै भएको छ ।

भने सामान्य नागरिकले भनेकै बेला टिकट नपाउने पाएपनि हप्तादिन कुर्नुपर्ने समस्या छ । एजेन्टले यात्रु दुवैतर्फ हुँदा उडान गर्ने र एकतर्फी मात्रै हुँदा पनि महङगो भाडा उठाउने गरेको गुनासो सर्वसाधारणको छ । कतिपय अबस्थामा एकतर्फी मात्रै यात्रु हुँदा घाटा हुने भन्दै उडान गर्दैनन् ।

जुम्लादेखि नेपालगञ्जको यात्रा जहाजमार्फत गरेका एक यात्रुका अनुसार भन्नुभयो,“हवाइ सेवा अस्तव्यस्त छ । हामी समान्य नागरिकले टिकट पाउन तोकिएको भाडाभन्दा बढी दिनु पर्छ । नत्र सम्भव हुँदैन् । त्यो पनि भनेकै बेला पाउदैनन् ।”

टिकट वितरणमा मनपरी
तालिका अनुसार हुने उडान र चार्टर उडानमा कुनै भिन्नता नभएको पाइएको छ । नेपालगञ्जबाट खाली आउनुपर्ने वहाना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेका छन् । यसले गर्दा यहाँका जनताले तालिका अनुसार उडान भर्न सकेका छैनन् ।

यात्रुले गरिरहेका गुनासोबारे समिट एयरलाइन्सका स्टेशन म्यानेजर सन्तोष शाही भन्छन,“यसमा हाम्रो कुनै हात हुँदैन । हामी आफैँ टिकट पाउँदैनौँ । निजी विमान कम्पनी एजेन्टसँग सम्झौता गरेको हुन्छ । यसको जिम्मेवार कम्पनी र एजेन्ट हुन् ।”

म्यानेजर शाहीले भन्नुभयो,“जुम्लामा सञ्चालित हवाइ जहाजका स्टेशन म्यानेजरको गुनासो एउटै छ । हामी नुनको सोझो गर्न बसेका हौँ। टिकट बिक्रीवितरणको लागि हामीलाई कुनै जानकारी हुँदैन् । तर, नागरिक स्तरबाट टिकट बिक्रीवितरणमा अनियमितता भएको गुनासो आउँछु ।”
नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख प्रकाश शर्माले टिकट बिक्री वितरणमा भएको महङ्गीबारे यात्रुले लिखित रुपमै निवेदन दिएको खण्डमा कारबाही हुने बताउनुभयो उ

हाँले भन्नुभयो,“यात्रु ठगिएको गुनासो छ । तर तर, लिखित रूपमा उजुरी नदिएको खण्डमा हामीले कारबाही गर्न सक्ने अवस्था रहँदैनन् । जुम्लाको हवाई सेवा सुधार गर्न आबश्यक छ ।”
जुम्लाको हवाइजहाजको टिकटमा भएको महङ्गी र अनियमितताबारे नागरिक उड्डयन प्राधिकरणका केन्द्रीय विभागका प्रवक्ता राजकुमार क्षेत्रीसँग बुझ्न पटकपटक फोनसम्पर्क गर्दा फोन उठेको छैन ।

जुम्लादेखि नेपालगञ्जसम्मका भाडा ५ हजार ३ सय ३५ रुपैयाँ तोकिएको छ । जुम्लाका यात्रुबाट विमानका एजेण्डहरुले भने, ७ हजारदेखि ८ हजारसम्म असुल्ने गरेका छन् ।

गएकोआइतबारमात्रै परीक्षा दिन जाने एक यात्रु भीमा रावलले नेपालगञ्जसम्मको भाडा ७ हजार रुपैयाँ तिरेको बताउनुभयो । उहाँका अनुसार टिकट नपाउँदा परीक्षा छुट्ने भएपछि बढी पैसा तिर्न बाध्य भएकी हुँ । एजेन्टले टिकट नकाटेर पहिलानै उडान गर्ने गरेका छन् ।

फोन र पावरकै भरमा टिकट वितरण गर्ने एजेन्टकै मनोमानीका कारण सर्वसाधारणले सास्ती पाउनु पर्ने अबस्था छ । हवाई सेवा सुधारका लागि धेरै पटक प्रशासनले विभिन्न निर्णय गरेपनि कार्यान्वयन नहुँदा हवाई सेवाका समस्या जस्ताका त्यस्तै छन् ।

तपाईको प्रतिक्रिया